सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, July 27, 2012

पाँचवटी श्रीमतीसँग सुत्दासुत्दै गयो प्राण

सेक्स मान्छेका लागि अनिवार्य कुरा हो । तर धेरै खाएपछि चिनी पनि तितो हुन्छ भनेझैँ सेक्स भन्ने चिज बढि भयो भने पनि त्यसले हानी अवश्य गर्छ । सामान्य हानीको त के कुरा आवश्यकताभन्दा वा क्षमताभन्दा बढि सेक्स गर्दा ज्यानै समेत जाँदो रहेछ ।

यस्तै भएको छ नाइजेरियाका एक धनी उद्योगपतिलाई । ६ स्वास्नीका लोग्ने रहेका ती मान्छेको आफ्नी पाँचवटी श्रीमतीसँग लगातार सेक्स गर्दा ज्यानै गएको छ । छैटौँ श्रीमतीसँग मात्र सेक्स गर्दा अरु पाँचवटी श्रीमतीले डाहा गरेर कचकच गरेपछि ती मान्छेले पाँचवटी श्रीमतीसँग लगातार लामो समयसम्म सेक्स गरेका थिए ।
बेनु राज्यका ओनोजा नामका ती पुरुष रातको तिन बजे रेष्टुरेन्टबाट घर फर्किएर कान्छी श्रीमतीलाई मात्र लिएर कोठामा सुत्न गएपछि अरु पाँचवटी श्रीमती रिसले आगो बनेछन् । उनीहरु सामुहिक रुपमा चक्कु र लट्ठी लिएर लोग्ने भएको ठाउँमा गएर आफुहरुलाई पालैपालो सम्भोग गर्न आग्रह गर्दै नगरेमा ज्यानै लिने धम्की दिएछन् ।
बिचरा ती लोग्ने चारवटीलाई त सकिनसकी सेक्सको स्वाद चखाएछन् तर जब पाँचौँ स्वास्नी सँग सेक्सका लागि ओछ्यानमा सुते उनको सास त्यहीँ बन्द भयो । सेक्स गर्दागर्दै लोग्नेको ज्यान गएपछि ती पाँचवटी स्वानी डरले जंगलतिर भागेछन् ।
तर प्रहरीले २ जना महिलालाई भने पक्राउ गर्न सफल भएको छ ।

Wednesday, July 25, 2012

डिभिजन फोरको प्रारम्भिक टोली मेहबुब परेनन्

१० साउन, काठमाडौं । आगामी सेप्टेम्बर १ देखि मलेशियामा हुने आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन फोरका लागि पहिलो चरणमा १८ जना खेलाडी छनौट गरेको छ ।
छनौटमा परेका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखिने र प्रशिक्षणपछि टोलीको अन्तिम घोषणा गरिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । मेहबुब आलम प्रारम्भिक टोलीमा परेका छैनन् भने यज्ञमान कुमालले पहिलो पटक प्रारम्भिक टोलीमा स्थान बनाएका छन् ।
टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, अमृत भट्टराई, शक्ति गौचन, वसन्त रेग्मी, सञ्जम रेग्मी र राहुल वि.क. रहेका छन् । यस्तै महेश क्षेत्री, प्रदीप ऐरी, पृथु बाँस्कोटा, चन्द्र साउद, सागर पुन, विनोद भण्डारी, अनिल मण्डल, विनोद दा;m, सुवास खकुरेल र यज्ञमान कुमाल छन् ।

चुनाव सार्ने माओवादी प्रस्तावमा कांग्रेस-एमालेले छलफल गर्नै मानेनन्

१० साउन, काठमाडौं । विपक्षी नेपाली कांग्रेस र नेकपा एमालेले संविधानसभाको निर्वाचन सार्ने माओवादीको प्रस्तावमा छलफल गर्न अस्वीकार गरेका छन् ।
एमाले मुख्यालय बल्खुमा बुधबार बसेको बैठकमा माओवादीले मंसिर ७ गतेका लागि घोषित निर्वाचन सम्भव नभएको भन्दै नयाँ मिति तोक्न प्रस्ताव गरेको थियो । तर, कांग्रेस र एमालेले भने सरकार परिर्वतनबारे सहमति नभई चुनावबारे छलफल नगर्ने अडान लिएका छन् ।
बैठकपछि नेताहरुले दलहरुबीच सहमतिका लागि नयाँ शिराबाट छलफल सुरु भएको बताएका छन् । तीन दलको बैठक लगतै कांग्रेस र एमाले शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

कोरियामा एक नेपालीद्धारा आत्महत्या

१० साउन, काठमाण्डौं । वैदेशिक रोजगारको लागि कोरिया गएका एक नेपालीले आत्महत्या गरेका छन् । डेढ बर्ष अघि कोरिया गएका प्यूठान स्याउलीबाङ-५, का ओमप्रसाद शेरचनले मंगलबार झुण्डिएर आत्महत्या गरेका हुन् ।
कोरियाको छनान फेक्सकदोङमा रहेको सामा सिजन कम्पनीमा कार्यरत रहेका शेरचनलाई मंगलबार विहान मृत अवस्थामा भेटिएको थियो । उनलाई कम्पनीकै शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको उनीसँगै काम गर्ने एक नेपालीले जानकारी दिएका छन् ।
कम्पनीको व्यवस्थापन र अन्य कर्मचारीहरुसँग पनि राम्रो सम्बन्ध रहेका शेरचनको मृत्युको कारण भने खुल्न सकेको छैन् । विद्युतिय सामानको उत्पादन गर्ने कम्पनीमा शेरचन तीन महिना अघिमात्र आएका थिए । उक्त कम्पनीमा ११ जना नेपालीले काम गर्दै आएका छन् ।
सोही कम्पनीमा गत बर्ष पनि पाल्पाका मनबहादुर दर्लामीले झुण्डिएर आत्महत्या गरेका थिए । घटनाको अध्ययन गरी स्थानिय प्रहरीले मंगलबारनै कोरिया स्थित नेपाली दूतावासलाई प्रतिवेदन बुझाईसकेको छ ।

नयाँ निर्वाचनमा जानुको विकल्प छैन : यादव

१० साउन, वीरगन्ज । सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले दलहरुको सहमतिमा नयाँ निर्वाचनमा जानुको अर्को विकल्प नरहेको वताउनु भएको छ । उहाँले मुलुकमा जारी संक्रमण र राजनीतिक संकटको समाधानका लागि उपयुक्त विकल्प नयाँ निर्वाचन नै रहेको वताउनुभयो ।
विरगञ्जमा मधेसी जनअधिकार फोरम गणतान्त्रिकले वुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादबले मरिसकेको संविधानसभालाई ब्युँताउनु भन्दा संविधानसभाकै नयाँ निर्वाचन गर्नु सबैभन्दा उपयुक्त विकल्प भएको वताउनभुयो । लोकतन्त्रमा जनता नै निणर्ायक शक्ति भएकाले दलहरु नयाँ निर्वाचनमा जानुको विकल्प नरहेकेा यादबको भनाई छ । यादबले दलहरुको सहमतिमा सरकारले घोषणा गरेको नयाँ निर्वाचन हुनेमा आफू विश्वस्त रहेको वताउनुभयो ।
संसद् वा संविधानसभा केको निर्वाचन गर्ने भन्नेमा बहस जरुरी नरहेको भन्दै यादबले संविधानसभाको निर्वाचनबाट बन्ने संविधानसभाले नै मुलुकको अग्रगामी परिवर्तन गर्न सक्ने वताउनुभयो । उहाँले प्रतिपक्षी नेपाली काँग्रेस र नेकपा एमालेका कारण सहमतिको सरकार गठन हन नसकेको आरोप लगाउनुभयो 

विप्पा सम्झौता खारेज हुनुपर्छ : चन्द

१० साउन, चितवन । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले भारतसँग सरकारले गरेको बिप्पा सम्झौता खारेज हुनुपर्ने माग गर्नुभएको छ । राष्ट्रिय जनस्वयम्सेवक केन्द्रको दोस्रो पूर्ण बैठकको जानकारी गराउन चितवनमा आयोजित पत्रकार सम्मेलनमा चन्दले कालोबजारी, चेलीबेटी बेचबिखन, लुटपाटविरुद्ध एक भएर संर्घर्ष गर्ने चेतावनी दिनुभयो । बर्तमान अवस्थामा विभिन्न आपराधिक घटनाको बृद्धि भएपनि त्यसलाई नियन्त्रण गर्न सरकार उदासिन रहेको उहाँको आरोप थियो ।
चन्दले राजनैतिक गतिरोध अन्त्यका लागि सर्वपक्षीय गोलमेच सभा र अन्तरिम संयुक्त सरकार नै अहिलेको उपयुक्त र वस्तुवादी विकल्प रहेको बताउनुभयो ।
नेकपा-माओवादीले अगाडि सारेको जनवादी क्रान्तिको आन्दोलनमा सहभागी भए एकीकृत नेकपा माओवादी मात्र नभई जनसुकै कम्युनिस्ट घटकसँग पनि एकता हुने सचिव चन्दको भनाइ थियो ।
जनस्वयम्सेवक केन्द्रका इन्चार्ज चन्दले केन्द्रले मुख्यरुपमा जनताको सेवा, निर्माण र सुरक्षाका क्षेत्रमा काम गर्ने स्पष्ट पार्नुभयो 

मल्टिसेक्स घातक !


भन्नलाई त मन मिलेपछि जतिवेला, जोसँग सेक्स गरे पनि हुन्छ भनिन्छ । सेक्स शारीरिक आवश्यकता भएकोले पनि सन्तुष्टि पाउनको लागि सेक्स गर्दा अन्यथा मान्नु हुँदैन ।  

जसको कारण पनि सकेसम्म मान्छेहरू धेरैभन्दा धेरैसँग सेक्स गरेर आनन्दमात्र होइन, अनुभव पनि बटुल्न खोजिरहेका हुन्छन् । समाजमा सेक्सलाई हेर्ने दृष्टिकोण खुकुलो हुँदै गएकोले ‘मल्टिसेक्स’ गर्ने चाहना पूरा गर्न उति गाह्रो नहुने भएको छ ।

तर, यसरी पाइयो र चाहना भयो भन्दैमा धेरैसँग सेक्स गर्दा पछि पुर्परोमा हात राखेर बस्नुपर्ने खतरा हुने बताइएको छ । यौन चिकित्साशास्त्रका अध्ययनकर्ताहरूका अनुसार ‘मल्टिसेक्स’ मानवीय जीवनका लागि घातक छ । कुनै कोणबाट पनि यसले मानवीय स्वास्थ्यलाई फाइदा नपुर्‍याउने वैज्ञानिकहरूको दाबी छ ।

कतिसम्म भने उनीहरूले ‘मल्टिसेक्स’ले मान्छेहरूको आयु घटाउने दाबी गरेका छन् । धेरैसँग सेक्स गर्दा महत्त्वपूर्ण अंगहरू शिथिल हुने र यौन रोगहरूले पनि आक्रमण गर्ने भएकोले ‘मल्टिसेक्स’बाट टाढा बस्न वैज्ञानिकहरूले सुझाव दिएका छन् । त्यस्तै, पछिल्लो केही समययता ‘मल्टिसेक्स’कै कारण यौन रोगको संक्रमण बढ्दै गएको र यो मानवीय स्वास्थ्यको लागि चुनौती बनिरहेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

Tuesday, July 24, 2012

नागलाई जोडेर सामाजिक सञ्जालमा रमाइला कुरा

९ साउन, काठमाडौं । नागपञ्चमीलाई जोडेर फेसबुक र ट्वीटर प्रयोगकर्ताले राजनीतिक र सामाजिक व्यंग्य पनि हानेका छन् । कतिले डस्ने नाग र नेता उस्तै भनेका छन् । कतिले नेताको घरमा चाहिं नाग टाँस्नुभन्दा सक्कली नाग नै टाँस्नुपर्ने कुरा गरेका छन् । कतिले अरुथोक नै भनेर रमाइलो गरेका छन् ।

दिपेश दाहालले आफ्नो फेसबुक पेजमा आफूलाई नाग पञ्चमी पर्व नै मन नपर्ने बताउनुभएको छ । उहाँको यो स्टाटसमा टिप्पणी गर्दै टेकम सिपालीले लेख्नुभएको छ -’तपाइ र मेरो बिचार मिल्यो दिपेश जि यो नांगपञ्चमि भन्दा त नाक पञ्चमि भए रमाइलो हुन्थ्योहोला
आफ्ने नाकलाइ सिगान फाली सफा गरि पुजागर्नपायपनि राम्रै हो मैले भनेर हुनेभयत ढोकामा त्यो डरलाग्दोसर्पको चित्र भन्दा सुन्दर झुम्केबुलाकि र फुलि लायको नाककोफोटो ढोकामा′
यस्तै ट्वीटरमा सोमेश वर्माले लेख्नुभएको छ -’आज नाग पन्चमी।।। केही साथीहरुलाइ दूध खुवाउनु पर्ला।।। ′
घरबेटीसँग पर्ने गरेको झगडालाई व्यंग्य गर्दै अर्का ट्वीटर प्रयोगकर्ताले लेखेका छन् -′हाम्रो सधै झगडा हुन्छ।आज त बिहानै दूधको ख्वाउनु भयो । किन ? ल ! घरबेटीबा पनि !आज नागपञ्चमी त्यही भएर बिहानै तपाईंलाई दूध ख्वाएको नि !′
यस्तै युवराज लम्सालले आफ्नो ट्वीटरमा लेख्नुभएको छ -’आज त सांपले लखेट्ने प्रचूर सम्भावना छ गुरु फेरी कुनचै ले हो अजिङ्गरको फोटोमा नाग पन्चमि लेखेर राखेच′
पत्रकार नारायण अमृतले अझ रमाइलोसँग व्यंग्य गर्नुभएको छ । उहाँले लेख्नुभएको छ -’उहिल्यै उहिल्यै नागहरु नाग थिए मान्छे मान्छे थिए । मान्छेले नाग पुज्थे । अहिले नाग मान्छे भए र मान्छे नाग भए त्यसैले नागहले मान्छे पुज्छन् ।’
 अरु केही रमाइला स्टाटस यस्ता छन् -
′ए ! पुरेतबाहरु,नेताजीहरुको घरजाँदा चाहि स्वादेको सक्कली नाग नै लगेर छोडिदिनुस् न हो।त्यो नाथे कागजमा कोरेको चित्र के काम ′
′हल्का कर्मकाण्ड सिकेको बेफाइदा स्छिमेकका गोडा चारेक घर मा नाग टास्ने आग्रह लाई टार्न सकिएन स्′
′ढोकामा नागको फोटो टाँसेर सर्पबाट सुरक्षित भइन्छ भने।नागरूपी मान्छेको डसाईबाट बच्न पनि भित्तामा फोटो टाँसेर पुज्नै पर्ने हो तरु ′
′आज सबै मिली नेतालाई एकएक गिलास दुध ख्वाउने दिवस्१ संबिधान सभा भंग भएर नि झूरै भो सबै नाग एकै दुलाँ त भेटिन्थे नि१ हे दैब कता खोज्न जानु अबरु′
′होईन थरिथरिका छन कुनै फन फुलाएर डसुम्ला झै छ्न अझ फेबु त खोल्यो कि स्वागत पनि एत्रोमान को गोमन साँपले गर्च′

फेसबुकका भित्ताभरी साँप, डरलाग्दा तस्वीरसँगै रमाइला कुरा
तपाईं फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जाल चलाउनुहुन्छ भने आज बिहानैदेखि तपाईं थरीथरीका साँप हेरेर चकित पर्नुभयो होला । कतिपयले साँप, सर्प या नागका तस्वीर र कहानी बनाएर अरुलाई शुभकामना र मनोरञ्जन दिने प्रयास पनि गर्नुभयो होला ।
नागपञ्चमीको दिन घरघरमा नाग टाँस्ने र नागमन्दिरमा नागको दर्शन गर्नेहरुलाई जत्तिकै चटारो फेसबुक र ट्वीटर चलाउनेहरुलाई पनि छ । समसामयिक घटना र परिवेशलाई सामाजिक सञ्जाल मार्फत विचार आदानप्रदान गर्नेहरुले चाडपर्वलाई पनि महत्व दिने गरेका छन् । त्यसैले मंगलबार फेसबुक र ट्वीटरमा नागपञ्चमीको शुभकामना र नागका बारेमा चर्चा र टिप्पणी प्रशस्त देख्न पाइन्छ ।
ँअनन्तं वासुकिं शेषं पद्मनाभं च कम्बलम्।
शंखपालं धार्तराष्ट्रं तक्षकं कालियं तथा ।।
एतानि नवनामानी नगनां च महत्मनाम् ।
सायंकाले पठेन्नित्यं प्रातस्काले विशेषतस्।।
तस्मै विषभयं नास्ति सर्वत्र विजयी भवत्’
‘जय जय जय नग राज कि जय जय जय भन्दै आज श्रावण शुक्ल पञ्चमी साउन ९गते मंगलबार हिन्दुहरुको पर्ब नागपञ्चमी को पवन औसरमा हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दै श्री नाग देउता को कृपाले हजुरको मनको सारा कुरा पुरा गरोश हजुरको कल्याण होश सुभ होश मंगल होश जय होश भन्ने कामना गर्दै प्रणाम दर्सन को साथै सुनौलो बिहानीको कामना गर्दै हजुरको वाल मा आयहै हजुर ।।′
यसरी धेरैले नाग र नागपञ्चमीको महत्व दर्शाउँदै शुभकामना आदानप्रदान गरेका छन् । सँगै नाग, सर्प अर्थात साँपको थरीथरीका फोटो पनि पोष्ट गरेका छन् 

नदीमा डुबेर रुसमा नेपाली विद्यार्थीको मृत्यु

९ साउन, काठमाडौं । रुसको इदाहो विश्वविद्यालयमा अध्ययनरत एक विद्यार्थीको नदिमा डुबेर ज्यान गएको छ । काठमाण्डौका २२ वर्षका विशाल श्रेष्ठको शनिबार सेल्बे नदीमा  र्‍याफि्टङका क्रममा दुर्घटना हुँदा डुबेर ज्यान गएको एपीले जनाएको छ ।
 र्‍याफि्टङ बोट पल्टिएर भएको दुर्घटनामा उक्त विश्वविद्यालयमा अध्ययनरत अरु ४ विद्यार्थी भने पौडिएर बाँच्न सफल भएका छन् । श्रेष्ठले लाइफ ज्याकेट नलगाएका हुनाले नदीमा डुबेको बताइएको छ ।
उनको शव आइतबार बिहान स्थानीय समय अनुसार १० बजे नदिमा फेला परेको थियो । श्रेष्ठ इदाहो विश्वविद्यालयमा भौतिक शास्त्र तथा इन्जिनियरिङ विषयमा अध्ययनरत थिए ।

कांग्रेस-एमालेले भोली माओवादीसँग निर्णायक वार्ता गर्ने

९ साउन, काठमाडौं । विपक्षी नेपाली कांग्रेस र नेकपा एमालेले विद्यमान राजनीतिक गतिरोध अन्त्यको साँचो सत्तारूढ एकीकृत नेकपा माओवादीसँग रहेको बताएका छन् ।
एमाले मुख्यालय बल्खुमा मंगलबार बसेको शीर्ष नेताहरुको बैठकले माओवादी गतिरोध अन्त्यभन्दा पनि सत्ता लम्याउन मात्र केन्द्रीत भएको भन्दै भोली बुधबार निर्णायक वार्ता गर्ने निर्णय गरेको हो । कांग्रेस महामन्त्री प्रकाशमान सिंहका अनुसार माओवादी, कांग्रेस र एमाले शीर्ष नेताहरुको बैठक भोली ११ बजे बोलाइएको छ । बैठकमा राजनीतिक गतिरोध अन्त्य, सहमतीय सरकार गठन, निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।
तीन दलको बैठकमा कांग्रेस र एमालेले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामालाई सर्तका रुपमा अघि सार्ने सहमति गरेका छन् । ‘सहमतिको वातावरण बनाउन कुर्सी त छाड्नुपर्छ’ सिंहले भन्नुभयो-’संविधानसभाको कार्यकाल बाँकी छँदै एकलौटी अर्को निर्वाचन घोषणा गर्ने सरकारलाई कुर्सीमा बस्ने नैतिक र संवैधानिक अधिकार छैन ।’
दुर्इ दलबीच सरकार बन्ने पक्का भएपछि मात्र उम्मेदबार घोषणा गर्ने सहमति भएको छ । एमाले उपाध्यक्ष वामदेव गौतमले भन्नुभयो-’सरकार बन्ने पक्का भएपछि मात्र राष्टपतिलाई हाम्रो उम्मेदबार यो हो भन्छौं ।’यसअघि एमालेले तत्काल उम्मेदबार घोषणा गर्न नत्र आफ्नो दललार्इ जिम्मेबारी दिन माग गर्दै आएको थियो ।
माओवादीले भने निर्वाचन, शान्ति प्रक्रियाका प्राविधिक विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । लाकू समायोजनका प्रविधिक विषयमा कांग्रेस र एमालेले लचकता नअपनाए शिविरमा रहेको हतियार सरकारलाई नबुझाई संग्राहलय बनाएर राख्ने र सबै लडाकूलाई स्वेच्छिक अबकासमा पठाउने माओवादीको निर्णय छ । लडाकूहरुको उमेरमा विवाद देखिएपछि पछिल्लो समय लडाकू समायोजन प्रक्रिया अवरुद्ध भएको छ ।
संविधानसभा र संसद दुबैको काम गर्ने निकायको नयाँ निर्वाचनमा जान सहमत दलहरुबीच संविधानसभा कि संसदको भन्नेमा विवाद छ । माओवादीले संविधानसभा र कांग्रेस र एमालेले संसदको भन्दै आएका छन् ।

देशभर समानान्तर संगठन बनाउँदै जनजातिहरु

९ साउन, काठमाडौं । नयाँ पार्टी गठनको तयारीमा रहेका नेकपा एमालेका असन्तुष्ट आदिवासी जनजाति नेताहरुले देशभर समानान्तर संगठन बनाउन सुरु गरेका छन् ।
केन्द्रमा अग्रगामी विचार समूह गठन गरेका जनजाति नेताहरु समानान्तर संगठन निर्माणका लागि देश दौडाहामा निस्किएका छन् । ‘नयाँ पार्टी गठनका क्रममा जिल्ला दौडाहमा निस्किएका हौं’ नेता विजय सुब्बाले अनलाइनखबरसँग भन्नुभयो-’सम्भव भएसम्म भेला र बैठकहरु गरेर समितिहरु बनाउँछौं ।’
उपाध्यक्ष अशोक राईसहितका नेताहरुको उपस्थितिमा मंगलबार पोखरामा कार्यकर्ता भेला गरिएको छ । प्रमुख तीन दल मुलुकलाई निकास दिन असफल भएकाले नयाँ पार्टी खोल्न लागिएको उहाँले जानकारी दिनुभयो । अब बुटबल, पाल्पा, विराटनगर लगायतका मुख्य शहरहरुमा भेला तथा जिल्ला जिल्लामा बैठक गर्ने तयारी भइरहेको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सुरुमा देशभरी नै अग्रगामी विचार समूह गठन गर्ने र त्यसपछि नयाँ पार्टी गठन गर्ने उनीहरुको तयारी छ ।
श्रोतका अनुसार नेताहरुले आदिवासी जनजाति दिवसको अबसर पारेर नयाँ पार्टीको तदर्थ समिति गठनको तयारी गरेका छन् । नयाँ पार्टीको विधान लगायतका दस्ताबेज बनाउन कार्यदल गठन गरिएको छ भने अन्य पार्टीहरुसँग वार्ता गर्ने जिम्मा अशोक राईलाई दिइएको छ ।
विभिन्न जातीय संगठन, कांग्रेस, माओवादीका आदिवासी जनजाति नेताहरुलाई नयाँ पार्टीमा आवद्ध गराउने प्रयास भइरहेको छ । सुब्बाले भन्नुभयो-’कांग्रेस र माओवादीका अदिवासी नेताहरुलाई समेत नयाँ पार्टीमा सामेल गराउने प्रयास भइरहेको छ । वार्ता गर्ने जिम्मा अशोक राईलाई दिइएको छ ।’
महासंघ पनि पार्टीको हिस्सा 
अशोक राईको नेतृत्वमा बन्ने नयाँ पार्टीको एउटा मूख्य साझेदार नेपाल आदिवासी जनजाति महासंघ बन्ने भएको छ । त्यसका लागि राजकुमार लेखी लगायतको समूह पार्टी गठनका लागि देश दौडाहमा निस्किएको छ । ‘हामी दाहिने हात हो भने जनजाति महासंघ देब्र हात हो’ एमाले नेता सुब्बाले भन्नुभयो-’उहाँहरु हामीले गठन गर्न लागेको पार्टीको महत्वपूर्ण साझेदार हो ।’

पोर्न फिल्मले ज्यानै लिनसक्छ

तपाईले मनको यौनेच्छा मेट्न पोर्न फिल्म कत्तिको हेर्नुहुन्छ ? यदि पोर्न फिल्म हेर्ने लत बढि नै छ भने सावधान हुनुहोला । यसले अरु मानसिक समस्या त उत्पन्न गर्छ नै तपाइँको ज्यानै समेत लिनसक्छ । अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका यौन मनोविज्ञहरुका अनुसार अश्लिल भिडियो हेर्ने लत बसेका युवायुवतीहरुमा मृत्युको जोखिम बढिरहेको हुन्छ । अश्लिल भिडियो तथा चित्रहरु हेर्ने लत बसेका युवाहरुमा मानसिक अस्थिरता बढ्दै जाने, तनाव र एक्लोपना बढ्ने, एकलकाटे प्रवृत्ति हावी हुने तथा डिप्रेसन हुँदै अन्त्यमा आत्महत्याको बाटो सम्म रोज्नसक्ने उनीहरु बताउँछन् ।
पोर्न फिल्म बढि हेर्ने पुरुषहरु साँच्चीकै यौन जिवनमा निकै कमजोर सावित हुने र उनीहरुको पत्नी वा प्रेमिकासँगको सम्बन्ध दिर्घकालीन हुन नसक्ने बताइन्छ । यसरी अश्लील भिडियोहरु हेर्दा यौन चाहनाले चरम सिमा नाघ्ने तर खास जिवनमा दिगो यौन सम्बन्ध कायम गर्न असफल हुँदा व्यक्तिमा निरासा तथा हिनताबोधले डेरा जमाउँछ । यसले युवायुवतीको शैक्षिक तथा सामाजिक स्टाटस बिगि्रन जाने खतरा बढ्छ ।
शोधकर्ताहरुका अनुसार पोर्न फिल्म हेर्ने लतमा फसेका युवायुवती तथा किशोरकिशोरीहरुमा एक प्रकारको मानसिक समस्या हुन्छ, जसलाई एटेन्सन डेफिसिट डिसअर्डर अर्थात् स्थिरताको अभाव हुने समस्या भनिन्छ । मन अस्थिर हुने, यौन चाहना उत्कट हुने तथा तनाव र डिप्रेसन बढ्ने हुनाले एकातर्फ व्यक्ति शारीरिक रुपमा कमजोर त बन्छ नै अर्कोतर्फ मानसिक रुपमा समेत एक्लो तथा जिवन देखि हारेको अनुभुति हुन गै उसले मृत्युको बाटो समेत रोज्न सक्ने शोधकर्ताहरुको ठहर छ । त्यसैले होसियार पोर्न फिल्ममा अम्मलीहरु ।

गच्छदारले भने-तपाईले लेख्दैमा रक्त चन्दन तस्कर प्रमाणित हुन्छु ?

८ साउन, काठमाण्डौ । उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले जनतामा प्रहरीले पैसा नखाई काम नै गदैन भन्ने परेको भन्दै छवी सुर्धान निर्देशन दिनु भएको छ । ‘तपाईहरुको इमेज विग्रिएको छ । प्रहरी र ट्राफिकले पैसा नखाई कामै गर्दन भन्ने परेको छ’ ट्राफिक प्रहरीको एफएम मेट्रो ट्राफिकको नियमित प्रशारणको उद्घाटन गर्दै गच्छदारले भन्नुभयो-प्रहरीले पैसा नखाई काम गर्दो रहेछ भन्ने स्थापित गर्नुहोस् ।’
सबै प्रहरीको नियतमाथि आफूले शंका नगरेको भन्दै उहाँले जनतामा रहेको अविश्वासलाई भने हटाउन आग्रह गर्नुभयो ।
गृहमन्त्री गच्छदारले प्रहरी प्रशासनमा आफूले कुनै हस्तक्षेप नगरेको दावी गर्नुभयो । ‘राजनीतिक हस्तक्षेप शुन्य पार्छु । स्वयंम म पनि हस्तक्षेप गर्दिन’ उहाँले भन्नुभयो-’मैले अहिलेसम्म कसैलाई फोन गरेर फलानोलाई छुटाउनु पर्‍यो भनेर भनेको छ भने भन्नुस्, म आफूलाई पदच्यूत भएको ठान्नेछु ।’
बंशजका आधारमा नागरिकता दिनुस् भनेर प्रमुख जिल्ला अधिकारीलाई दबाव दियो भनेर केही सञ्चार माध्यमले आफूलाई बदनाम गरेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो-’मैले टेनिफोन समेत नगरेका सीडीओको बहुलठ्ठीपूर्ण अभिव्यक्तिको आधारमा समाचार बनाएर मलाई बदनाम गर्न खोजेयो र एउटा कर्मचारीलाई जहाहरुलाल नेहरु बनाइदियो ।’
आफूलाई रत्त चन्दन तस्कर बनाउन समेत केही मिडिया लागेको भन्दै गच्छदारले भन्नुभयो-’तपाईले छाप्दैमा मेरो निधारमा रक्त चन्दन तस्कर भनेर प्रमाणित हुन्छु ।

फिल्म निर्देशक देउजाद्वारा आत्महत्या प्रयास

८ साउन, काठमाण्डौ । नेपाली चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजाले विष सेवन गरि आत्महत्याको प्रयास गरेका छन् ।
आफ्नै निवासमा बिष सेवन गरि बिरामी परेका उनलाई साँझ पौने सात बजे जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरिएको हो । उनले रेडबुलमा बिष मुसाएर पिएको देखिएको प्रहरी श्रोतले बताएको छ ।
हाल उनलाई आइसियुमा राखिएको छ । अस्पताल श्रोतका अनुसार उनको अवस्था अहिले खतरामुक्त छ ।
उनले विष सेवन गर्नुको कारणवारे केही खुलेको छैन । चिकित्सकले उनको अबस्थाबारे अहिलेसम्म केही जानकारी गराएका छैनन् । पारिबारका सदस्य र उनका निकटबर्तीहरू पनि यसबारे केही बोल्न चाहँदैनन् ।
ज्ञानेन्द्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सफल कृति मुनामदनका निर्देशक समेत हुन् । उनको फिल्म मुनामदन काठमाण्डौंमा प्रर्दशन भइरहेको छ । उनले थुप्रै सफल चलचित्र निर्देशन गरेका छन् 

Monday, July 23, 2012

आमा-छोरालाई बिहे गर्न अनुमति !

बेमेल विवाहले कहिलेकाहीं अनौंठा समाजिक सम्वन्धलाई जन्म दिन्छ । यस्तै एक घटना भारतको बिहार राज्यमा पर्ने बक्सर जिल्लामा देखिएको छ । त्यहाँको एक महिला पञ्चायतले सौतेनी आमा र छोरावीच बिबाह गर्न अनुमति दिएको छ ।
जिल्लाको नावाजगर थाना अन्तरगतको भटौली गाउँ पञ्चायतले ५२ वर्षीय जवाहर पासवानकी दोस्री श्रीमती २२ वर्षीया पुनम र उनका २३ वर्षीय सौतेनी छोरा बिकाशकुमार पासवानबीच प्रेम सम्वन्ध रहेकाले दुबैलाई सँगै बस्ने अनुमति दिएको हो । ८ वर्षअघि पहिलो श्रीमतीको मृत्यु भएपछि जवाहरले पुनमसँग विवाह गरेका थिए ।
विकास जवाहरका पहिलो श्रीमतीपट्टीका छोरा हुन् । वन विभागका गार्ड रहेका जवाहरले १० दिन पहिले गाउँ पञ्चायतमा उजुरी दिए- छोराले आफ्नो वैवाहिक जीवन विगार्न खोजेको भन्दै ।
पञ्च मालती यादवले दुबै पक्षको कुरा सुनेपछि नातामा आमाछोरा पर्ने उनीहरुलाई बिहे गर्न पाउने फैसला सुनाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
उनले फैसला सुनाउँदै भनिन्-’दुबै बयस्क छन् र आपसी सहमतिमा पति पत्नीका रुपमा रहन चाहन्छन्, त्यसैले यो पञ्चायत उनीहरुलाई विवाह गर्ने अनुमति दिन्छ ।’ पुनमले जवाहरसँगको सम्बन्धबाट दुई बच्चा जन्माएकी छन् । लफडा यतिमै मात्र सिमित छैन, विकास र जवाहर दुबैले बच्चामा दावी गरेका छन् । १४ वर्षको उमेरमै पुनमले जवाहरसँग विवाह गरेकी थिइन् ।

Sunday, July 22, 2012

अर्घाखाँचीको दहखोलामा गाडी दुर्घटना, १६ को मृत्यु

७ साउन, काठमाडौं । अर्घाखाँचीको दहखोलामा आइतबार भएको गाडी दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ बालक मात्र बाच्न सफल भएका छन् ।
बुटवलबाट १७ जना यात्रु लिएर अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको लागि छुटेको देउराली यातायात समितिको बा २ ख ७९४८ नम्बरको फोर्स(किया)गाडी नरपानी गा.वि.स. वार्ड नम्बर-५ दहखोलामा दुर्घटना सडकबाट करिव ३ सय मिटर तल खोलाको खोंचमा खसेको प्रहरीले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म दुर्घटनामा मृत्यु हुनेमध्ये ६ जनाको मात्र सनाखत भएको छ । अर्घाखाँची वागी गाविसका गाडीधनी नारायण पन्थी, चालक कपिलवस्तुका राजेन्द्र चौधरीसहित प्रहरी अनुसन्धान व्युरोमा कार्यरत अर्घाखाँचीको केरुङ्गाका मेघराज खनाल र ठेगाना नखुलेका प्रहरी अनुसन्धान ब्युरोमै कार्यरत कृष्ण चौधरी र विदेशबाट फर्किएकी अर्घाखाँची वाङला गाविसकी सीता बस्नेतको सनाखत भएको छ । अन्यको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
गाडी सडकबाट करिव ३ सय मिटर तल खोलाको खोंचमा खसेको कारण उद्दारको लागि कठिनाई भएको थियो । स्थानीय युवा, प्रहरी तथा रेडक्रसले उद्दार गरेको थियो । दुर्घटनाबाट बाच्न सफल भएका एकमात्र बालकको गम्भिर अवस्थामा जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Saturday, July 21, 2012

कलेजका केटीलाई ‘फ्रि सेक्स’को अफर


विद्यालय तथा कलेजहरुमा विद्यार्थीको लागि बेलाबेलामा निशुल्क ट्युसनको अफर कतिपय संगठनहरुले ल्याउने गरेको कुरा त सुनिएको हो । तर कहिलेकाहीँ विद्यार्थीहरुका लागि निशुल्क रुपमा सेक्स गर्न पाउने सुविधा उपलब्ध हुन्छ भन्ने सुन्दा अनौठो र अपत्यारिलो लाग्न सक्छ । तर अब यसलाई अनौठो तथा असम्भव मान्नु पर्दैन । जर्मनीको एक कलेजका छात्राहरुको लागि अब आफ्नो इच्छा अनुसार निशुल्क रुपमा सेक्स गर्ने अवसर प्राप्त हुने भएको छ ।

दक्षिण पश्चिमी जर्मनीको म्यानहेम विश्वविद्यालयका छात्राहरुलाई निशुल्क सेक्सको यस्तो अफर प्राप्त भएको हो । कलेजका तीन जना युवक विद्यार्थीहरुले यस्तो अफर ल्याएका हुन् । आफ्ना सहपाठी महिला विद्यार्थीहरुलाई यौन सन्तुष्टी प्रदान गरी उनीहरुको पढाइमा सुधार ल्याउने अभिप्रायले तीन जना तन्नेरीले यस्तो योजना ल्याएका हुन् ।धेरै किशोरी तथा युवती छात्राहरु यौन इच्छाबाट कुण्ठित हुने गरेको, कतिपय अति यौनेच्छाका कारण गलत बाटोमा लाग्ने गरेको र कतिपयले असुरक्षित यौन व्यवहार अपनाउने गरेकाले उनीहरुले पढाइमा राम्रोसँग मन लगाउन नपाएको भन्दै तीन जना तन्नेरीले केटीहरुलाई स्वस्थ रुपमा यौन मनोरञ्जन दिने प्रस्ताव ल्याएका हुन् । आफुहरुसँग एक रात बिताएर पर्याप्त यौन सन्तुष्टी पाएपछि छात्राहरुमा तनाव घट्ने, यौनइच्छा पूरा हुने र पढाइमा राम्रोसँग मन लगाउन सक्ने उनीहरुको दाबी छ ।


बिब ः लभ नामको समूह गठन गरी छात्राहरुको लागि निशुल्क सेक्सको अवसर प्रदान गर्न जुटेका ती युवाहरुले उक्त कलेजका भित्ताहरुमा आफुहरुको सेवाबारे विज्ञापन समेत गरेका छन् । असल सेक्सबाट असल पढाइ भन्ने आफुहरुको नारा रहेको उनीहरुको भनाइ छ ।

यद्यपि यस्तो यौन अबसरको परियोजना डिजाइन गर्ने नवयुवकहरुले आफ्नो खास नाम सार्वजनिक गरेका छैनन् । तर उनीहरुले आफुहरुको नाम क्रिस्टोफर, ओस्कार र मार्कस रहेको बताएका छन् ।

आफुहरुसँग सेक्स गरेर आनन्द लिन चाहने छात्राहरुलाई इमेल गर्न उनीहरुले आग्रह गरेका छन् । इमले गर्नेहरुसँग आफुहरुले प्रत्यक्ष रुपमा भेट गर्ने र कुराकानी पछि उपयुक्त लागेमा एक रातमा एक जनासँग सेक्स गरेर सन्तुष्टी प्रदान गर्ने उनीहरु बताउँछन् । अहिलेसम्म ८० जना छात्राले आफुहरुलाई सेक्सको प्रस्ताव सहित इमेल गरिसकेको उनीहरुको दाबी छ । तर कहिलेदेखि आफुहरुको यौनसेवा सुरु हुन्छ भन्नेबारेमा भने उनीहरुले केही खुलाएका छैनन् ।


संविधान संशोधन गर्न सरकारलाई थप समय दिन्छौं: निर्वाचन आयुक्त


६ साउन, काठमाडौं । निर्वाचन आयोगका आयुक्त अयोधीप्रसाद यादवले मंसिर ७ गते निर्वाचन सम्पन्न गर्नका लागी संविधान र ऐन संशोधन गर्न सरकारलाई थप समय दिने बताउनु भएको छ ।
शनिबार राजधानीमा आयोजित साक्षात्कारमा यादवले सरकारले निर्वाचनका लागी संविधान र ऐन कानून संशोधन प्रक्रिया सुरु गरिसकेकोले एक सातासम्म थप समय दिने तयारीमा आयोग रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो-’थोरै समयमा पनि सहमति गरेर नेपालका राजनीतिक दलहरुले ठूला ठूला परिवर्तन गरेको ईतिहास छ । त्यसैले हामि अलि लचक भएर ग्रेस पि्रयड दिन सक्छौं ।’
निर्वाचन आयुक्त यादवले आइतबार आयोगको बैठक बसेर सरकारलाई थप समय दिने निर्णय हुने जानकारी दिनुभयो । निर्वाचन आयोगले मंसिर ७ को निर्वाचनका लागि संविधान र ऐन संशोधन गर्न दिएको समय आइतबार सकिँदैछ ।

अमेरिकाको सिनेमा घरमा आक्रमण, १४ को मृत्यु

अमेरिकाको कोलोराडो स्थित एक चलचित्र घरमा आक्रमण हुँदा कम्तिमा १४ जनाको ज्यान गएको छ । एक फिल्मको पि्रमियर शो भैरहेका बेला बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा अरु ५० जना गम्भीर घाइते भएका छन् ।
ब्याटम्यान सिरिजको नयाँ फिल्म द डार्क नाइट राइजेजको पि्रमियरका क्रममा उक्त घटना भएको हो । प्रहरीले घटनामा संलग्न एक व्यक्तिलाई गिरफ्तार गरेको जनाएको छ । रातको समयमा खचाखच दर्शकबीच पि्रमियर शो सुरु भएको झण्डै १५ मिनेट पछि गोलाबारी सुरु भएको थियो । गोलाबारीपछि त्यहाँ भागदौड भएको थियो ।
दर्शकहरुले गोलाबारीको आवाज सुन्दा सुरुमा आफुहरुलाई फिल्मको कुनै विशेष इफेक्ट जस्तो लागेको र पछि मान्छे ढल्न थालेपछि र भागदौड हुन थालेपछि मात्र आक्रमण भएको थाहा भएको बताए । स्थानीय मिडियाहरुका अनुसार दुइ जना बन्दुकधारीले अनियन्त्रित रुपमा गोलाबारी गरेका थिए । उनीहरुले त्यहाँ केही विस्फोटक पदार्थ समेत पड्काएको बताइएको छ । आक्रमणकारीहरुले मुखमा मास्क लगाएर आएका थिए । प्रहरीले आक्रमणकारीले छाडेको कारबाट मास्क, बन्दुक तथा ह्याण्डगन बरामद गरेको छ ।

Friday, July 20, 2012

बैद्य हिंडेपनि भट्टराईमाथि आरोपको चाङ उस्तै


५ साउन, काठमाडौं । पार्टीमा सँगै छँदा मोहन वैद्य किरण पक्षधरले प्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई कहिल्यै पनि राम्रो नजरले हेरेन । प्रधानमन्त्री भएदेखि नै भट्टराईको खेदो खन्न थालेको बैद्य पक्षधरले छुट्टएिर हिंड्ने बेलासम्म उसैगरी खोइरो खनिरहृयो । विपक्षी दलहरुबाट भन्दा पनि वैद्य पक्षबाट भट्टराईले चर्को आलोचना सहनु पर्यो ।
भारतसँग भएको बिप्पा सम्झौता तथा सेना समायोजन, हतियार हस्तान्तरण लगायत शान्ति प्रकृयासँग जोडिएका मुद्दामा भट्टराईले पार्टी र राष्ट्रहित विपरीत कदम चालेको उसको आरोप थियो । छुट्टएिर हिंडेपछि पनि बैद्य पक्षले भट्टराईलाई यो आरोप लगाइरहेको छ ।
बैद्य पक्ष हिंडेपछि यतिबेला भट्टराईले पार्टीभित्रबाट आउने यस्तो आरोपबाट मुक्त हुनुपर्ने हो । तर भएको छैन । राजधानीमा जारी विस्तारित बैठकमा अध्यक्षको प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्ने क्रममा नेताहरुले बिप्पाको कुरा पनि उठाउने गरेका छन् । प्रदिवेदनमा बिप्पाबारे प्रष्ट कुरा उल्लेख नभएको भन्दै प्रतिनिधिहरुले असन्तुष्टी जनाएका छन् । पार्टी नेतृत्ससँग छलफल नै नगरी भट्टराई बिप्पा सम्झौता गरेको कुरा बाहिर चर्चामा रहेपनि अध्यक्षको प्रतिवेदनमा यसबारे केही उल्लेख छैन । सम्झौता ठीक छ भने ठीक हो भन्नुपर्ने र ठीक होइन भने ठीक छैन भन्नुपर्नेमा नेतृत्व अस्पष्ट भएको भन्दै उनीहरुले आलोचना गरेका छन् ।

माओवादी बैठकमा प्रचण्ड र बाबुराममाथि नै आक्रमण


५ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीको राजधानीमा जारी विस्तारित बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री समेत रहेका उपाध्यक्ष डा. बाबुराम भट्टरार्इमाथि नै आक्रमण भएको छ ।
प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि भएको समहूतगत छलफलको रिपोर्टिङ गर्ने क्रममा भोजपुरा राज्य समितिको तर्फबाट को बोल्ने भन्नबारे सुरु भएको विवादले उग्ररुप लिएपछि प्रचण्ड र बाबुराम पक्ष एक-अर्का पक्षका शीर्ष नेताहरुमाथि नै जाइलागेका हुन् ।
विवाद बढ्दै गएपछि प्रचण्डका विश्वासपात्र पोलिटव्युरो सदस्य प्रभाकर बैठक स्थलबाट बाहिरिन खोजेका उपाध्यक्ष भट्टराईमाथि जाइलागेका हुन् । उनले भट्टराईलाई कठालो समाउने प्रयास गरेका थिए । आफ्ना नेतामाथि आक्रमण भएपछि आक्रोसित भट्टराई पक्षीय एक कार्यकर्ताले पार्टी अध्यक्षमाथि नै कुर्सी प्रहार गरे । बैठकमा सहभागी एक नेताका अनुसार कार्यकर्ताले हानेको कुर्सी प्रचण्डको ढाडमा लागेको थियो । प्रचार प्रसार उपसमिति संयोजक बिश्वभक्त दुलालले भन्नुभयो- ‘सामान्य बिषयमा सुरु भएको बिबाद, तानातान र हानाहानको स्थीतिमा पुगेको हो ।’
कसरी बढ्यो तनाव ?
शुक्रबार ११ बजे बस्ने भनिएको बन्दसत्र एकघण्टा ढिलो गरी शुरुभयो । बैठक सुरु भए लगत्तै नामावली सूची अनुसार भोजपुराका बलिदान साहलाई अध्यक्षको प्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्न मञ्चमा बोलाइयो । भट्टराई पक्षका साहले बोल्न थाल्नेबित्तिकै मञ्च र तल रहेका प्रचण्ड पक्षका नेता तथा प्रतिनिधिले आफ्ना पक्षका अशोक जैसवालले बोल्नुपर्ने भन्दै हुटिङ गरे ।
भट्टराई पक्षकाले भने साहले बोल्नथालिसकेकोले उनले बोलेपछि अशोकलाई बोल्न दिनुपर्ने बताए । तर, प्रचण्ड पक्षधरले एकोहोरो हुटिङ र होहल्ला गर्न छाडेनन् । यसको नेतृत्व नेतृ अञ्जना विशंखेले गरेकी थिईन् ।
बोल्न थालेका आफ्ना पक्षका नेतालाई अवरोध गरेको भन्दै मञ्चमा रहेका भट्टराई, देवेन्द्र पौडेल लगायतले विरोध जनाए । बोल्नै नपाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ भनेर भट्टराई र पौडेलले प्रतिवाद गरे लगत्तै त्यहीं रहेका प्रचण्ड पक्षधर नेता जनार्दन शर्मा प्रभाकरको पारो तात्यो । ‘गुटबन्दी गर्ने तिमी नै हौ’ भन्दै उनले भट्टराईमाथि हात हाल्न खोजे । सँगै रहेका पौडेल, डिलाराम आचार्य लगायतका नेताहरुले छेकेका कारण प्रभाकरको हात बाबुराममाथि पर्न पाएन । उनीहरुले नछेकेको भए बाबुरामले पिटाई खाने बैठकमा सहभागी एक नेताले अनलाइनखबरलाई बताए ।
उपाध्यक्षमाथि नै नै हातपात गर्न खोजेको भन्दै भट्टराई पक्षधरका नेताहरुले चर्को बिरोध र हुटिङ गरे । त्योबेला अध्यक्ष प्रचण्डले ‘हैन मिलाऔं, शान्त रहनोस्’ भन्दै थिए । तर, हातपातकै स्थिति आएपछि बाबुराम पक्षधर कार्यकर्ता पनि प्रतिवादमा उत्रिए । बझाङका एक प्रतिनिधिले पार्टी अध्यक्ष प्रचण्डमाथि कुर्सी प्रहार गरे । कार्यकर्ताबाट नै नेताहरु असुरक्षित रहेको थाहा पाएपछि प्रहरीले हस्तक्षेप गरेर शीर्ष नेताहरुलाई ‘रेस्क्यू’ गर्नु परेको स्रोतको भनाई छ ।

कोटेश्वरमा बसको ठक्करबाट एकको मृत्यु


५ साउन, काठमाडौं । कोटेश्वर चोकमा बसको ठक्कबाट एक युवकको मृत्यु भएको छ ।
अरनिको राजमार्गअन्तर्गत काठमाडौँ-जिरी चल्ने बा २ ख ८८६५ नम्बरको बसले किच्दा दोलखा सुन्दरावती-५ का १८ वषर्ीय अरुण खड्काको मृत्यु भएको हो । काठमाडौँ-बनेपा-धुलिखेलको बसबिसौनी कोटेश्वर चोकमा पानी बेच्दै गरेको अवस्थामा खड्कालाई बसले किचेको सोही स्थानमा घडी व्यवसाय गर्ने गणेश खड्काले जानकारी दिनुभयो ।
बस तथा बसका चालकलाई नियन्त्रणमा लिइसकेको ट्राफिक प्रहरी कार्यालय कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिनुभयो । रासस

सनकी लोग्नेको कस्तो चाला ? स्वास्नीको योनीमा ४ वर्ष ताला


भारतको मध्यप्रदेश स्थित इन्दौर जिल्लामा एक अनौठो घटना भएको छ । त्यहाँका एक जना पुरुषले आफ्नी पत्नीको गुप्तांगमा लगातार ४ वर्षसम्म तालाचाँबी मारेको घटना सार्वजनिक भएपछि सबै आश्चर्यमा परेका हुन् ।

पेशाले मेकानिक्स रहेका ३८ वर्षका सोहनलाल चौहानले आफ्नै पत्नीको योनीमा तालाचाँबी मारेको घटना तबमात्र सार्वजनिक भयो जब ती महिलाले आत्महत्या गर्ने प्रयास गरिन् । आफुले श्रीमतीको चाला ठिक नदेखेर यौनांगमा ताला ठोकिदिएको सोहनलाल बताउँछन् ।
ती पीडित महिलाका अनुसार सन् २००८ देखि उनको गुप्तांगमा दुइवटा ताला झुण्डिएको झुण्डिइ छन् । ४ वर्षअघि एक दिन अकस्मात लोग्नेले आफुलाई नशालु पदार्थ खुवाएर योनीको बाहिरी छालामा चारवटा प्वाल पारिदिएको र त्यसपछि हरेक दिन लोग्ने काममा जाँदा सोही प्वालबाट ताला ठोकिदिने गरेको उनले बताइन् । लोग्नेले उनको योनीको ताला ठोकिदिएर चाँबी आफ्नै बगलीमा राख्दोरहेछ ।
लोग्नेको यस्तो हिंसाबाट पीडित भएर सिताबाइले हालै आत्महत्याको प्रयास गरिन् । तर उनलाई स्थानीय मानिसले तत्कालै अस्पतालमा पूराएर बँचाए ।

Thursday, July 19, 2012

विदेशी नाम राख्र्ने कलेजलाई ध्वस्त पार्ने चेतावनी


४  साउन, काठमाडौं । 
विभिन्न विद्यार्थी संगठनका नेताहरुले विदेशी नाम राखेर कलेज सञ्चालन गर्ने र विज्ञापनको नाममा लाखौ रुपैया खर्च गर्ने उच्चमाध्यमिक विद्यालयहरुलाई ध्वस्त पार्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा एकीकृत नेकपा माओवादी निकट अनेरास्वीयू क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले विदेशी नाम झल्कने विद्यालय कलेजहरुले नेपाली नाम राख्नै पर्ने भन्दै त्यसो गर्न अटेर गरे ध्वस्त पार्ने चेतावनी दिनुभयो । सरकारले नाम परिवर्तन र विज्ञापनको विषयमा निर्देशन जारी गरे पनि त्यसलाई नमानेर कानूनको उल्लघन गरेको दावी गर्दै कानून उल्लघन गर्ने विद्यालयहरुलाई कुनै पनि हालतमा नछाड्ने स्पष्ट पार्नुभयो । उहाँले प्लसटु शिक्षासम्म निशुल्क हुनु पर्ने भन्दै अहिले भएका प्लस टुको शुल्कको सिलिङ तोकेर अनियमित शुल्क लिने प्रबृत्तिलाई निरुत्साहित गर्नु पर्ने धारणा राख्नुभयो ।
नेविसंघका अध्यक्ष रञ्जित कर्णले नीजि उच्च माविहरुले विदेशी नाम राखेर राष्ट्रियतामाथि ठाडो हस्तक्षेप गराएको भन्दै विदेशी नाम राखेर राष्ट्रियतामाथि खेलबाड गर्ने कार्य नसहने चेतावनी दिए । कर्णले विगतमा शिक्षामन्त्रालय र हिसान सहितका सरोकारबाला पक्षहरुसँग यस विषयमा सहमति भए पनि अहिलेसम्म कार्यान्वयन हुन नसकेकोले आफूहरु आन्दोलनमा उत्रिएको स्पष्ट पार्दै सहमति कार्यान्वयन नगरे आगामी दिनमा आन्दोलन अझै कडा पार्ने चेतावनी दिनुभयो ।
नेकपा-माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववीयू क्रान्तिकारीका संयोजक सरद रसाइलीले सहमति विपरित नाम, विज्ञापन गरेको भन्दै यस्तो कार्यलाई नरोके त्यस विरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिनुभयो । उहाँले नीजि शिक्षालय डिपार्टमेन्ट स्टोर जस्तो बनेको भन्दै नीजि र सरकारी उच्चमाविमा समान पाठ्यक्रम र शुल्क हुनु पर्ने माग गर्नुभयो ।
उच्च माध्यमिक शिक्षा परिषदका उपाध्यक्ष प्राडा हेमकुमार मिश्रले परिषदको विनियममा विदेशी नाम राख्ने वा नराख्ने विषयमा कुनै ब्यवस्था नभएको भन्दै नेपाली कला सस्कृति झल्कने नाम राख्ने विषयमा आफूहरुले निर्देशन दिन बाहेक कुनै पनि कारवाही गर्न नसक्ने स्पष्ट पानुभयो । हिसानका अध्यक्ष उमेश श्रेष्ठले स्विकृती दिने निकायले नै नामको विषयमा अनुमति दिएकोले अहिले नियन्त्रण गर्ने कुरा अब्यवहारिक भएको बताउनु भयो ।
अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले अग्रेजी नाम राख्नु राम्रो नभएको भन्दै नीजि विद्यालयहरुको नियतमै खोट रहेको आरोप लगाउनु भयो ।

लडाकू कमान्डरद्धारा सामूहिक राजीनामा


४ साउन, काठमाण्डौ । एकीकृत माओवादीका लडाकू शिविरका कमाण्डर र सहायक कमान्डरहरुले सामूहिक राजीनामा दिएका छन् । शिविरभित्र रहेका वेला कमाण्डरहरुले आर्थिक अनियमितता गरेको भन्दै पूर्व लडाकूहरु विस्तारित वैठक नै रोक्नेगरि आन्दोलनमा उत्रिएपछि उनीहरुले विहीवार पार्टी नेतृत्वलाई राजीनामा वुझाएका हुन् ।
स्रोतका अनुसार विहान बसेको एकीकृत माओवादीको पदाधिकारी वैठकमा वोलाइएका सबै शिविरका कमान्डर तथा सहायक कमान्डरहरुलाई जाचबुझमा सजिलो बनाउने गरि राजीनामा दिन आग्रह गर्नुभएको थियो ।  
प्रचण्डको आग्रहपछि कमाण्डर र सहायक कमाण्डर गरि १२ जनाले प्रचण्डसमक्ष राजीनामा पेश गरेको बताइएको छ । तेस्रो डिभिजन शक्तिखोरका धनबहादुर मास्की, छैठौं शिविर सुर्खेतका महेन्द्रबहादुर शाही र  सातौं डिभिजन कैलालीका सन्तु दराई, एक नम्बर डिभिजन इलामका यमबहादुर अधिकारी, दुई नम्बर डिभिजन सिन्धुलीका सुकबहादुर रोक्का र चौथो डिभिजन नवलपरासीका तेजबहादुर ओलीले राजीनामा दिएका छन् । उनीहरुसंगै ६ वटै शिविरका सहायक कमान्डरहरुले पनि राजीनामा दिएका छन् । पााचौ शिविर भने लामोसमय देखि  कमान्डर विहिन छ ।
शिविरका कमान्डरहरुले लडाकूहरुवाट प्रतिमहिना १ हजार रुपैयाका दरले उठाएको, सरकारले दिएको रासन र भत्ता वापतको रकममा पनि अनियमितता गरेको पूर्व लडाकूहरुले आरोप लगाएका छन् । यसैवीच पार्टीको स्थायी समितिको वैठकले शिविरभित्र भएको आर्थिक अनियमितता तथा उनीहरुका माग सम्वोधनका लागि समिति गठन गर्ने निर्णय गरेको छ । समितिले छानविन गरि सत्यतथ्य बाहिर ल्याउने बताइएको छ ।

बैद्य पथमा ‘नारानकाजी’


समाचार टिप्पणी । ‘राष्ट्रिय स्वाधिनता’को नारा लगाउँदै वैद्यहरुले माओवादी फुटाएपनि प्रचण्डलाई त्यसको भूतले नछाड्ने भएको छ । भारतीयहरुका नजिकका मित्र र निकै चतुर खेलाडी भनेर चिनिने माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ यतिखेर बैद्य पथमा लागेका छन् । अहिलेको सरकारमा उपप्रधानमन्त्री रहेका काजीले यतिखेर ‘राष्ट्रिय स्वाधिनता’को मुद्दालाई निकै चर्कोसँग उठाउन थालेका छन् ।
प्रधान सत्रु भारत हो कि हैन भनेर तोक्न प्रचण्डले आनाकानी गरिरहेका बेला काजीले राष्ट्रिय स्वाधिनतालाई पहिलो मुद्दा बनाउनुपर्ने भन्दै लविङ गरिरहेका छन् । प्रचण्डलाई भेटेर राजनीतिक प्रतिबेदनमा राष्ट्रिय स्वाधिनताको कुरा नपरे भिन्नै प्रस्ताव ल्याउने भन्दै घुर्काएका उनले विस्तारित वैठकको सुरुमै त्यसमा जोड दिए ।
नेपाली कम्युनिष्टहरु सामान्यतयाः राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई भारतविरोधी आन्दोलन ठान्छन् । नेपालीहरुको राष्ट्रबादी छविलाई ‘क्यास’ गर्दै राजनीक भबिष्य सुनिश्चीत गर्न इतिहासमा धेरै कम्युनिष्ट नेताहरुले राष्ट्रियताको मुद्दालाई चर्कोसँग उठाएका छन् । तर, लामो समय भारतीयको पि्रयपात्र रहेका काजीले किन अचानक स्वाधिनताको कुरा उठाए भनेर जिल्ल परिरहेका छन यतिखेर माओवादी कार्यकर्ता ।

एमालेले असन्तुष्ट जनजाति नेताहरुलाई जिम्मेबारीबाट हटायो


४ साउन, काठमाडौं । नेकपा एमालेले जातीय पहिचानसहितको संघीयताको पक्षमा उभिएका अदिवासी जनजाति नेताहरुलाई जिम्मेबारीबाट हटाएको छ ।
एमाले स्थायी समितिको बुधबार अबेरराति सकिएको बैठकले केन्द्रीय अनुशासन आयोगले सोधेको स्पष्टिकरणलाई सही भएको ठहर गर्दै उपाध्यक्ष अशोक राईसतिका असन्तुष्ट जनजाति नेताहरुलाई जिम्मेबारीबाट हटाएको हो । उपाध्यक्ष राईलाई मोर्चा तथा संगठन विभाग इन्चार्जबाट हटाइएको छ । राईको स्थानमा सचिव शंकर पोखरेललाई ल्याइएको छ ।
जनजाति महासंघको इन्चार्जबाट पृथ्वीसुब्बा गुरुङलाई हटाइएको छ । उहाँको स्थानमा रघुवीर महासेठलाई ल्याइएको छ । यस्तै जनसांस्कृतिक महासंघको इन्चार्जबाट बिजय सुब्बालाई हटाएर प्रदीप नेपाललाई ल्याइएको छ । यस्तै बुद्धिजिवी विभागबाट रकम चेम्जोङलाई हटाएर गोकर्ण विष्टलाई ल्याइएको छ ।
अन्य विभागहरुमा जिम्मेबारी फेरफेर गरेको एमालेले असन्तुष्ट नेताहरुलाई भने थया जिम्मेबारी दिइएको छैन । जातीय पहिचानसहितको सहितको पक्षमा उभिएका राईसहितका जनजाति र मधेसी नेताहरुले एमालेले अग्रगामी विचार सूमह गठन गरि पार्टीको औपचारिक बैठक तथा कार्यक्रम बहिस्कार गर्दै आएका छन् ।

बसबाट खसेर एकको मृत्यु


 ४ साउन, धुन्चे ।
 रसुवामा गुडिरहेको बसबाट खसेर एक जनाको मृत्यु भएको छ । कालिकास्थानबाट काठमाडौका लागि छुटेको ना ३ ख २५९० नम्बरको गुडिरहेको बसवाट खस्दा नुवाकोट तुप्चे-४, का १९ वर्षीय वृजन तामाङ रहेको प्रहरीले जनाएको छ ।
गुडिरहेको बसबाट खसेर तामाङको रसुवा लहरेपौवा- १ बोगटीटारको पासाङल्हामु मार्गमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायब उपरीक्षक अच्युतप्रसाद पुडासैनीले जानकारी दिनुभयो । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

हिरोइनका छातिमा तिनवटा स्तन (फोटो फिचर सहित)


सुन्दै अचम्म लाग्ने । तर पत्याउन करै लाग्ने । हलिउड अभिनेत्री केटलिन लीबले हालै एक कार्यक्रममा आफ्नो छातिमा रहेका ३ वटा स्तन प्रदर्शन गरिन् ।
महिलाका २ वटा स्तन हुन्छन् तर केटलिनको भने दुइ स्तनका बीचमा उत्रै आकारको तेश्रो स्तन पनि रहेछ ।
उनले हालै भएको एक फिल्मी समारोहमा आफ्ना ३ वटा स्तन दुनियालाई देखाइन् ।
यद्यपि उनले आफ्ना स्तनका टुप्पा सानो कपडाको त्यान्द्रोले ढाकेकी थिइन् ।
साँच्चीकै यी नायिकाका तल दिइएका तस्वीरहरु हेर्दा आङै जिरिंग हुन्छ । तिनवटा स्तन साँच्चीकै हुन् की भन्ने भान पर्छ ।
तिनैवटा स्तन ठ्याक्कै उस्ताउस्तै छन् त्यसैले बिचको स्तन बनाबटी हो की भनेर अनुमान गर्न पनि गाह्रो हुन्छ ।
उनले यतिधेरै भार छातिमा बोकेर कसरी जिवन कटाएकी होलिन् ? भनेर तपाइँहरुमा दया पनि जाग्ला ।
तर साथीहरु ढुक्क हुनुहोस् तपाइँले यी ३ थुने नायिकाप्रति कुनै दया गर्नु आवश्यक छैन । किनकी यिनका ३ मध्ये १ स्तन बनाबटी हो ।
उनले छातिको बिचमा कृत्रिम स्तन जडान गरेकी हुन् । वास्तवमा हलिउड फिल्म ‘टोटल रिकल’ मा तिन स्तन भएकी महिलाको भूमिकामा प्रस्तुत भएकी कटलिनको बिचको स्तन बनाबटी हो ।

Tuesday, July 17, 2012

कसले गरेको होला भयानक गल्ती ?


२ साउन, काठमाडौं । मुलुकमा बढ्दो राजनीतिक संकट र पार्टी विभाजनको आलो घाऊ बाँकी नै रहेको अवस्थामा एकीकृत नेकपा माओवादी पार्टीको विस्तारित बैठकमा व्यस्त छ । महाधिवेशनपछिको ठूलो भेलाको रुपमा लिइने यो बैठकले राजनीतिक कार्यदिशा र कार्ययोजना टुंगो लगाउनेछ । शान्ति प्रकृयासँग जोडिएको महत्वपूर्ण पाटो र अहिलेसम्मको ठूलो दल भएको हैसियतले माओवादीको नयाँ कार्यदिशा र कार्यनीति तथा कार्ययोजनाले पार्टीको आन्तरिक जीवनसँगै समग्र मुलुकको राजनीतिमा नै प्रभाव पार्छ । त्यसैले शान्ति र संविधानको बाटो अनिश्चित भएको अवस्थामा शुरु भएको माओवादीको विस्तारित बैठकले सबैले महत्वका साथ हेरेका छन् ।

माओवादीको सत्ता कब्जा नीतिले सहमति हुनसकेनः कोइराला


२ साउन, काठमाडौं । नेपाली काँगे्रसका सभापति सुशील कोइरालाले मुलुकमा एकीकृत नेकपा माओवादी निरङ्कुशता लादेर सत्ता कब्जा गर्ने रणनीतिकासाथ अगाडि बढिरहेकाले दलहरुबीच राष्ट्रिय सहमति हुन नसकिरहेको बताउनुभएको छ ।
नेपाल विद्यार्थी सङ्घ, काठमाडौँ-पाल्पा सम्पर्क समितिद्वारा मंगलबार आयोजित कार्यक्रममा उहाँले राष्ट्रिय सहमतिकासाथ अगाडि बढ्न एमाओवादी तयार भए जुनसुकै विन्दुमा पनि सहमति कायम हुनसक्नेमा जोड दिनुभयो । ‘माओवादी एकपक्षीयरुपले मुलुकमा निरङ्कुशता लाद्न खोज्दैछ, हामीहरु सहमति कायम गरेर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छौँ,’ सभापति कोइरालाले भन्नुभयो-’माओवादीको पछिल्ला गतिविधिले दलहरुबीच विश्वासको सङ्कट चुलिएको हो ।’
उहाँले आफूहरु जहिले पनि राष्ट्रिय सहमति, एकता, सहकार्य र मेलमिलापकै पक्षमा रहेको र यसबाटै निकास निकाल्नुपर्छ भन्नेमा अडिग रहेको बताउनुभयो ।

यसरी खेलिन् शर्लिनले नांगो होली (फोटो फिचर सहित)


बलिउड अभिनेत्री तथा मोडेल शर्लिन चोपडा प्रसिद्ध फेसन म्यागेजिन प्लेब्वायका लागि नांगिएको समाचार हामीले केही दिनअघि मात्र प्रस्तुत गरेका थियौँ ।
उक्त समाचारमा पहिलोपटक सार्वजनिक भएका शर्लिनका केही नांगा पोज उनको टि्वटरमार्फत साभार गरी प्रस्तुत गरिएको थियो ।
अहिले शर्लिनले प्लेब्वायका लागि भनेर खिचाएका अरु थप निर्वस्त्र पोज समेत सार्वजनिक भएका छन् ।
शर्लिनले प्लेब्वायका लागि खिचाएका निर्वस्त्र तस्वीरमा सरीरमा रंग दलेर पोज दिएकी छिन् ।
यी पोज हेर्दा लाग्छ शर्लिनले नांगै भएर होली खेलिरहेकी छिन् ।
हुनपनि प्लेब्वायका लागि शर्लिनले होलीको थेममा पोज दिएकी हुन् ।
यसैबीच शर्लिन चोपडा प्लेब्वायका लागि नांगा पोज दिएर अमेरिकाबाट भारत फर्किसकेकी छिन् ।
प्लेब्वायका लागि नांगिने पहिलो भारतीय महिला बनेका शर्लिन यसबीचमा बलिउडमा सबैभन्दा चर्चित व्यक्तिको रुपमा रहिन् त्यसकारण पनि उनको प्लेब्वाय अनुभव र साहसका कुराहरु सुन्न धेरै आतुर भएर बसिरहे । अन्ततः उनले भारत फर्किएर आफ्नो प्लेब्वाय अनुभवका विषयमा खुलस्त पारेकी छिन् ।
शर्लिनले प्लेब्वायका लागि निर्वस्त्र पोज दिनु निकै अचम्मको फोटोशूटको रुपमा आफुले लिएको भन्दै त्यसरी फोटो खिचाउनु आफ्नो जिवनको सबैभन्दा उत्कृष्ट क्षण भएको उनको भनाइ छ ।
आफुलाई नांगै फोटो खिचाउन कुनै अप्ठेरो नलागेको भन्दै शर्लिनले फोटोग्राफर लगायत पत्रिकाको टिमसामु आफुले निर्धक्क नांगिएर पोज दिएको खुलासा गरिन् ।
नांगा पोज दिूदा आफुले आफु भारतीय महिला भन्ने कुरा बिर्सिएको उनको भनाइ छ ।
सुरुमा आफुले फोटोग्राफ सँग एक पोज फोटो खिचाएर आफ्नो निर्वस्त्र फोटो कस्तो देखिँदोरहेछ भनेर हेरेको र आफैलाई आफ्नो नांगो फोटो निकै मन परेको उनी बताउँछिन् ।
आफ्नो नांगो फोटो खिचाउन सक्नु प्लेब्वाय म्यागेजिनको पनि उपलब्धी भएको जिकिर गर्दै उनले आफ्नो नांगो फोटो पत्रिकामा देखेर विश्वभरीका मानिस दंग पर्ने दाबी गर्छिन् ।

विस्तारित बैठकबारे के भन्छन् माओवादी कार्यकर्ता ?


२ साउन, काठमाडौं । बिघटित संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादीका नेता कार्यकर्ता यतिबेला सबै काम छाडेर विस्तारित बैठकमा व्यस्त छन् । मंगलवारदेखि शुरु भएको बैठकले पार्टीको भावी कार्यदिशा, कार्ययोजना र कार्यनीति पारित गर्नेछ । मुलुकमा राजनीतिक गतिरोध गहिरिँदै गएको र पार्टी फूटको पीडा कायमै रहेको बेला शुरु भएको विस्तारित बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।
विस्तारित बैठकको उद्घाटन सत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष एवं प्रधानमन्त्री डा. बाबुराम भट्टराई र अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । गुटबन्दी गर्ने नेताहरुले नै गुटबन्दी अन्त्य गर्ने कुरा गर्दा कार्यकर्तामा केही उत्साह देखिएको छ । तर उनीहरुले यसलाई व्यवहारमा देखाउनुपर्ने बताएका छन् । विस्तारित बैठकबाट सदस्यहरुको अपेक्षा र सुझाव यस्ता छन् ः

गुट-उपगुट अन्त्य गर्ने माओवादी शीर्ष नेताहरुको उद्घोष


२ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरुले पार्टीभित्रका सबै गुट तथा उपगुट अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गुट-उपगुटले अन्ततः पार्टीलाई कमजोर बनाएको भन्दै नेताहरुले निर्मम रुपमा त्यसका विरुद्ध शुद्धीकरण अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
भृकुटीमण्डपमा मंगलबारदेखि सुरु भएको पार्टीको सातौं विस्तारित बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र देखिएको गुट तथा उपगुट अन्त्य गर्ने अभियान आजैदेखि सुरु भएको बताउनुभयो । उहाँले भन्नुभयो- ‘सातौँ विस्तारित बैठकबाटै गुट अन्त्य भएर पार्टी नयाँ आधारमा एकताबद्ध भएर जानेछ, त्यो अभियान पार्टी नेतृत्व हुनाको नाताले अध्यक्षबाटै सुरु हुनेछ ।’
विगतमा आफूले उदार भएर पार्टीभित्र देखिएका विचार समूहलाई छुट दिँदा पार्टी विभाजनसम्म पुगेकाले आगामी दिनमा त्यस्तो छुट नदिइने चेतावनी दिनुभयो । उहाँले भन्नुभयो-’कम्युनिस्ट पार्टीको प्रमुख नीतिका रुपमा रहेको जनवादी केन्द्रीयतालाई कडाइका साथ लागु गरिन्छ, कोही कसैलाई छुट दिइँदैन ।’
प्रचण्डले पार्टी फुटको औचित्य पुष्टि गर्न नयाँ पार्टी निर्माण गर्नुभएको मोहन वैद्यलाई चुनौती दिनुभयो । उहाँले भन्नुभयो- ‘शान्ति र संविधान निर्माणको प्रक्रिया पूरा नभएको सन्दर्भमा वैद्यजीहरुले पार्टी फुटाएर भयानक कमजोरी गर्नुभएको छ, त्यसको औचित्य इतिहासले कुनै पनि अवस्थामा पुष्टि गर्ने छैन ।’ विचार र कार्यदिशामा कुनै फरक नभए पनि पार्टी फुटाएर नेपाली जनता, सहिद तथा घाइते योद्धाको भावना र चाहनामाथि गम्भीर धोका दिएको वैद्य पक्ष अन्ततः बाध्य भएर पार्टी एकतामा आउने र इतिहासले बाध्य पार्ने उहाँको भनाई थियो ।
शान्ति र नयाँ संविधान निर्माण गर्न आफ्नो पार्टी प्रतिबद्ध भएर लागे पनि संसद्वादी शक्तिका कारण पूरा हुन नसकेको भन्दै उहाँले संविधानसभाबाटै संविधान निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो-’केही संसद्वादी दल १२ बुँदे सहमतिभन्दा अगाडिको अवस्थामा मुलुकलाई लैजान चाहेका छन्, त्यस्तो पश्चगमन आफ्नो पार्टीलाई स्वीकार्य छैन, नेपाली जनतालाई स्वीकार्य हुन सक्दैन ।’
उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराईले चालु बैठकबाट पार्टीभित्रका गुट उपगुटको अन्त्य गरिने उद्घोष गर्नुभयो । उहाँले भन्नुभयो-’पार्टीभित्रका गुट उपगुटको खारेजी यो बैठकबाट गरिनेछ, यो नै यो बैठकको सबैभन्दा महत्वपूर्ण उपलब्धि हुनेछ ।’ उहाँले दसवर्षे जनयुद्धको क्रममा अहिलेभन्दा भीषण अन्तरसङ्घर्ष भए पनि पार्टीलाई नफुटाई यहाँसम्म ल्याइएको स्मरण गर्नुभयो । उहाँले पार्टी अध्यक्षको वरिपरि रहेको नेतृत्वको समूह कुनै पनि हालतमा नफुट्ने र अझ एकताबद्ध भएर जानेमा कार्यकर्ता पङ्क्तिलाई विश्वस्त हुन आग्रह गर्नुभयो ।

प्रचण्डको नजरमा १२ बुँदेपछि माओवादीका १२ कमजोरी


२ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीले तत्कालीन सात राजनीतिक दलहरूसँग १२ बुँदे समझदारीपछि पार्टीले १२ वटा कमजोरी गरेको बताउनुभएको छ ।
मंगलबारबाट सुरु भएको पार्टीको सातौँ विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै उहाँले सशस्त्र सङ्घर्षपछि शान्ति प्रक्रियामा आइसकेपछि पार्टी पङ्क्तिलाई स्पष्ट पार्न नसकिएको र पार्टीलाई नयाँ परिवेशमा नयाँ ढङ्गले परिचालन गर्नमा समस्या देखापरेको उल्लेख गर्नुभएको छ । यसैगरी संविधानसभाको निर्वाचनलाई व्यवस्थितरूपमा सम्पन्न गर्नका लागि पार्टीकातर्फबाट जुन खालको भूमिका खेल्नुपर्ने हो, त्योसमेत हुन नसकेको, संविधानसभाको निर्वाचनपछि नेपाली जनताले माओवादीलाई ठूलो शक्तिका रूपमा स्थापित गरे पनि जुन खालको परिपक्वता प्रदर्शन गर्नुपर्ने हो, त्यो गर्न नसकेको उल्लेख गरिएको छ । पार्टी पङ्क्तिमा अहङ्कार बढेका कारण समस्या पैदा भएको र जसका कारण संविधानसभामा ठूलो पार्टी भएर पनि महत्वपूर्ण स्थानहरूमा पार्टीको उपस्थिति हुन नसकेको र पार्टीले खेल्नुपर्ने भूमिकामा समस्या पैदा भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसैगरी मधेस आन्दोलनका क्रममा पार्टीले खेल्नुपर्ने भूमिका प्रभावकारी हुन नसकेको, जसका कारण पार्टीको अवस्था मधेसमा कमजोर रहेको र जुनरूपमा पार्टी मधेसका जनतामाझ स्थापित हुन नसकेको उल्लेख गरिएको छ । यसैगरी अध्यक्ष प्रचण्डले प्रस्तुत गर्नुभएको प्रतिवेदनमा कटुवाल प्रकरणमा पार्टीले नागरिक सर्वोच्चताको विषयलाई उठाएर आन्दोलन गरे पनि त्यसलाई व्यवस्थितरूपमा सञ्चालन गर्न नसक्दा कार्यकर्ता पङ्क्तिमा निराशा पैदा भएको तर सो आन्दोलनले नेपाल्ाी जनताका माझ नागरिक सर्वोच्चताको विषय स्थापित गरेको जनाइएको छ । प्रतिवेदनमा अगाडि भनिएको छ, ‘प्रमुख राजनीतिक दलसँग गत साल कात्तिक १५ गते भएको सातबुँदे सहमतिमा सेना समायोजनका सन्र्दभमा गरिएको सहमतिमा कमजोरी भएको, संविधान बन्छ भनेर लचकताका साथ सहमति गरिए पनि संसदवादी पुराना दलहरूले संविधान बन्न नदिएका कारण पार्टीको लचकताले काम गर्न सकेन ।’

Saturday, July 14, 2012

प्रधानमन्त्रीले बाध्य भएर बालुवाटार छोड्छन् : नेपाल


३० असार, चितवन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री डा वावुराम भट्टराईले बाध्य भएर आफै पद त्याग गर्ने वताउनुभएको छ । उहाँले मुलुकमा जारी राजनीतिक तथा संवैधानिक संकट र जनताको दबाबपछि भट्टराईले आफै बालुवाटार छोड्ने वताउनुभयो ।
शनिवार विहान चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै नेता नेपालले निर्वाचन आयोगले तोकेको साउन ७ को मिति अनुसार प्रधानमन्त्रीले आवश्यक कानुन तयार गर्न नसकेपछि बाध्य भएर पद छोड्ने बताउनुभयो । नेता नेपालले अब बन्ने राष्ट्रिय सहमतिको सरकारको नेतृत्व भने नेपाली काँग्रेस गर्ने वताउनुभयो ।
उहाँले भन्नभयो,’प्रमुख तीन दल र मधेशी मोर्चावीच गत बैशाख २१ मा भएको सहमति अनुसार नै काँग्रेसले नेतृत्व गर्छ । यो विषयमा एमालेमा कुनै द्विविधा छैन ।’ नेता नेपालले संघीयताको विषयमा भएका सहमतिलाई माओवादीले उल्टाउदा संविधानसभा विघटन भएको दाबी गर्नुभयो । नेपालले पहिचानका पाँच आधार नै संघ निर्माणको आधार हुने स्पष्ट पार्नुभयो ।
जातीय पहिचानका आधारमा कुनै पनि हालतमा सङ्घीय संरचनामा नजाने उल्लेख गर्दै उहाँले जातीय पहिचानका माग राखेर एमालेभित्र सङ्घर्ष गर्ने नेताहरुले छुट्टै विचार समूहका रुपमा अघि बढ्न राखेका माग पूरा गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो,’एउटै पार्टीमा बसेपछि सन्तुष्टी र असन्तुष्टी भन्ने कुरा भइहाल्छ । तर असन्तुष्ट भएकै कारण छलफलमै नबसि विचार समूह खोलेर पार्टी फुटाउने सपना कसैले देखेको भए त्यो सपाना साकार हुदैन ।’ नेपालले पार्टी भित्रका असन्तुष्ट नेताहरुलाई छलफलबाटै चित्त बुझाएर पार्टीलाई एकतावद्ध वनाउने वताउनुभयो 

मंसिर ७ निर्वाचन सम्भव छैन : खनाल


३० असार, सर्लाही ।
 नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सहमतिका लागि प्रधानममन्त्री डा वावुराम भट्टराईको राजीनामा पहिलो सर्त रहेको वताउनुभएको छ । प्रधानमन्त्री भट्टराईको राजीनामा नआउँदासम्म सहमति जुट्न नसक्ने भएकाले तत्काल राजीनामा दिएर वाटो खुला गर्न खनालले आग्रह गर्नुभयो ।
प्रेस चौतारीले सर्लाहीको लालबन्दीमा शनिवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अनालले प्रधानमन्त्री भट्टराईका कारण देश संकटमा फसेको आरोप लगाउनुभयो । उहाँले वर्तमान कामचलाउ सरकारले मुलुकलाई वर्तमान संकटवाट उम्काउन नसक्ने दावी गर्नुभयो ।
खनालले असंवैधानिक तवरले घोषणा गरिएको नयाँ निर्वाचन हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,’अबैधानिक तबरले मंसिर ७ का लागि घोषणा गरिएको निर्वाचन हुन सक्दैन । त्यसैले राष्ट्रिय सरकार निर्माण गरी अर्को निर्वाचनको घोषणा गर्नु पर्छ ।’ उहाँले मंसिर ७ का लागि घोषणा गरिएको निर्वाचनलाई नौटंकीको संज्ञा दिनुभयो ।

फेसबुकमा ‘लाइक’ देखेर मख्ख पर्नेहरु होसियार


तपाइँ आफ्नो फेसबुक पेजमा कसैले लाइक गर्यो भने निकै मख्ख पर्नुहुन्छ । सामान्य प्रयोगकर्ताको त के कुरा भयो र ठूलाठूला व्यापारिक कम्पनीहरु पनि आफ्नो फेसबुक पेजमा प्रयोगकर्ताको लाइक पाउनका लागि मरिहत्ते गर्छन् । तर

बीबीसीले गरेको पछिल्लो अध्ययनले यसरी विभिन्न कम्पनीहरुका पेजमा लाइक गर्नेहरु मध्ये अधिकांस प्रयोगकर्ताको उक्त कम्पनीको उत्पादनसँग कुनै चासो नरहेको भन्दैै यसरी प्रयोगकर्ताको लाइक प्राप्त गर्न कम्पनीहरुले व्यर्थैमा ठूलो पैसा खर्च गरिरहेको देखाएको छ ।
यसरी कुनै व्यवसायिक संस्था वा र्फमको फेसबुक पेजमा गएर लाइक गर्नेहरुमध्ये धेरै नक्कली फेसबुक प्रयोगकर्ता हुने गरेका र आफ्नो सही परिचय लुकाउने गरेका अध्ययनले देखाएको छ । अझ कतिपय अवस्थामा ह्याकरहरुले कम्प्युटर प्रोगाममार्फत नक्कली प्रोफाइल तयार पारी भाइरस पठाउन र पेज ह्याक गर्न समेत फेसबुक पेजमा लाइक गर्ने गर्छन् ।
तथापि फेसबुकले भने यो विषयमा खासै गम्भीरता देखाएको छैन र यस्तो प्रकारको समस्या वा गुनासो अहिलेसम्म नदेखिएको बताएको छ ।
स्मरण रहोस् विश्वका धेरै नामुद कम्पनीहरुले समेत आफनो फेसबुक पेजमा देखिएको लाइक संख्याको गणना गरी आफ्ना उत्पादक रुचाउने ग्राहकको आंकलन गर्ने गरेका छन् । कतिपयले दशौँ लाख लाइक प्राप्त गरेको भन्दै आफ्नो प्रोफाइल समेत तयार गर्ने गर्छन् । तर अब यसरी फेसबुक पेज मन पराउनेको संख्याबाट मात्र निकालिने निष्कर्ष गलत हुने देखिएको छ, किनकी यसरी लाइक गर्नेहरु मध्ये धेरैको लाइक झुटो वा देखावटी मात्र हुन्छ । अझ फेसबुकमा लाइक गर्नेहरु ह्याकर समेत हुनसक्ने र आफ्नो कम्पनीका महत्वपूर्ण सूचना चोर्नसक्ने खतरा समेत हुन्छ ।
फेसबुक कम्पनीले नै गएको वर्ष आफ्ना ९० करोड प्रयोगकर्ता मध्ये झण्डै साढे ५ करोड प्रयोगकर्ता नक्कली रहेको वा उनीहरुले झुटो विवरण पेश गरेको तथ्यांक सार्वजनिक गरेको थियो 

Tuesday, July 10, 2012

शान्ति ल्याउँछु भन्थे बिना पो लगेछन्


२६ असार, काठमाडौं । सबैभन्दा ठूलो पार्टीका शक्तिशाली नेताका छोराले आँटेपछि आँट्यो आँट्यो । उसले गर्छु भनेको काममा रोक लगाउने हिम्मत कसको ? आफ्नो बाबु र बाबु सरहका अरु नेताहरुले गर्न नसकेका काम उनले आफैं गरेर देखाउँछु भनेर ढिपी गरे । शीर्ष नेताहरुले दिनरातको वार्ता र छलफलबाट पूरै ल्याउन नसकेको शान्ति आफूले सगरमाथाको चुचुरोमा पुगेर ल्याउँछु भनेर उनले उल्कै गरे ।
आखिर बालहठको अगाडि कसको के लाग्थ्यो ? बाबुआमालाई यो र त्यो चाहियो भनेर कराइरहने छोराले झैं उनले सगरमाथा जान भनेर सरकारसित करोडौं मागे । जिद्दी छोरालाई टार्न नसक्ने बाबुआमाले झैं सरकारले पनि जे जे भन्यो त्यही पुर्याउन खोज्यो । पछि जनस्तरबाट बिरोध भएपछि पैसा दिने कुरा त फिर्ता भयो । तर रोयल्टी निःशुल्क भयो ।
तिनै शक्तिशाली बाबुका छोराले शान्ति ल्याउँछु भन्दै दलबल सहित सगरमाथा चढे । सगरमाथा जानुअघि र फर्केपछि पनि उनको चर्चा उत्तिकै रहृयो । पहिले सगरमाथा चढ्नको लागि चन्दा मागेकोमा चर्चा भयो । पछि शक्तिशाली नेताका छोराले सगरमाथा चढेकोमा चर्चा भयो । सगरमाथाबाट फर्केर आएपछि धेरैले उनको जयजयकार गरे ।

ज्ञानेन्द्र फर्कन सक्छन्ः प्रधानमन्त्री पत्नी यमी


२६ असार, काठमाडौं । 
एकीकृत नेकपा माओवादीकी पोलिटब्यूरो सदस्यहिसिला यमीले दलीय प्रणाली असफलता तिर बढेका भन्दै राजतन्त्र र्फकन सक्ने बताउनु भएको छ । ‘दलीय प्रणाली असफलतातिर बढ्दैछ, असफल भए ज्ञानेन्द्र र्फकनसक्छन्,’ रिपोर्टर्स क्लब नेपाल साक्षात्कारमा प्रधानमन्त्रीपत्नी समेत रहेकी यमीले भन्नुभयो-बूढी मरी भन्दा काल पल्केला भन्ने डर भइसक्यो ।’ दलहरु सत्ताको लुछाचुडी गर्दा पूर्वराजालाई फाइदा पुगिरहेको उहाँको टिप्पणी थियो ।
काँग्रेस र एमाले सत्तामा मात्र केन्दि्रत भइरहको भन्दै उहाँले सहमतिका लागि लचिलो नभए ठूलो क्षति भोग्नुपर्ने चेतावनी दिनुभयो । प्रधानमन्त्री भट्टराई तानाशाह आउनसक्ने खतरालाई रोक्न जिम्मेवारीका साथ प्रस्तुत भइरहको उहाँको भनाई छ ।
नेतृ यमीले शान्ति र संविधानमा प्याकेजमा सहमति भए प्रधानमन्त्री डा.बाबुराम भट्टराई राजीनामा दिन तयार रहेको समेत बताउनु भयो । ‘बाबुराम भट्टराई जेठ १४ मै राजीनामा दिन ठिक्क परिसक्नुभएको थियो,’ उहाँले भन्नुभयो-’प्याकेजमा सहमति मात्र होस् एक मिनेट पनि पदमा बस्नुहुन्न ।’ प्रधानमन्त्री भट्टराईमाथि पदलोलुप भनी लागेको आरोपको खण्डन गर्दै उहाँले देशलाई र्दुगतिमा जानबाट रोक्न जिम्मेवारीपूर्वक काम गरिरहेको दावी गर्नुभयो ।
कांग्रेस नेता दीपकुमार उपाध्यायले प्रधानमन्त्रीले सत्ता छाडेर सहमतिको ढोका खोल्नुपर्ने बताउनु भयो । ‘बाबुरामजी नेपाली जनताले भन्दा विदेशीले प्रधानमन्त्री बनाइदिएको जस्तो व्यहोरा गरिरहनुभएको छ ‘ उहाँले भन्नुभयो-’अत्तो थापेर सत्ता टिकाउने प्रवृत्ति छाड्नुपर्छ ।’ एमाले नेता गंगालाल तुलाधरले प्रधानमन्त्री बाबुराम भट्टराईले पद त्याग नगरे सडक तताउने चेतावनी दिनुभयो ।

प्रधानमन्त्रीकै कारण ज्ञानेन्द्र सक्रिय हुन खोजे : पोख्रेल


२६ असार, कञ्चनपुर ।
 नेकपा एमालेका सचिव शंकर पोख्रेलले प्रधानमन्त्री डा वावुराम भट्टराईकै कारण पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय हुन खोजेको आरोप लगाउनुभएको छ । उहाँले प्रधानमन्त्री भट्टराईको व्यवहार र राणशाही प्रवृतिका कारण पूर्वराजा ज्ञानेन्द्रले ठाउँको उठाउन थालेको वताउनुभयो ।
मंगलवार प्रेस चौतारी कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोख्रेलले मुलुक संवैधानिक र राजनैतिक संकटमा फसेकाले पूर्व राजा समेत जुर्मुराएको वताउनुभयो । पोख्रेलले वर्तमान सरकार रहेसम्म सहमति हुन नसक्ने भएकाले तत्काल राजीनामा दिन प्रधानमन्त्रीलाई आग्रह गर्नु भयो । उहाँले छिटो भन्दा छिटो राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर देशलाई निकास दिनु पर्ने वताउनुभयो ।
काँग्रेसलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न आग्रह गर्दै पोख्रेलले काँग्रेसले घोषणा गर्न नसके त्यसको विकल्प एमालेले दिन पनि तयार रहेको वताउनुभयो । पोख्रेलले कमचलाउ सरकारलाई बजेट ल्याउने नैतिक आधार नभएको वताउनुभयो ।

कसरी पत्ता लगाउने कम्प्युटरमा खतरनाक भाइरस छ–छैन ?


२५ असार, काठमाडौं । 
सोमबार तपाईको कम्प्युटरमा इन्टरनेट बन्द हुनसक्छ । किनकी ह्याकरहरुले भारइस पठाएकाले अमेरिकी जाँच एजेन्सी एफबीआईले विश्वभरका तीन लाखभन्दा बढी कम्प्युटरमा इन्टरनेट बन्द गर्दैछ । इन्टरनेट सेवा ठप्प हुने अधिकतम कम्प्युटर अमेरिकाका पर्नेछन् भने एक भाग अन्य देशका पनि हुनेछन् ।
एफबीआईले सन् २०११ को नोभेम्बरमा ह्याकरहरुको एक गिरोहलाई पक्राउ गरेको थियो, जसले ४० लाख कम्प्युटरमा भाइसर पठाएका थिए । उक्त गिरोहले विभिन्न सरोबरबाट भाइसर पठाएका कम्प्युटरको प्रयोगकर्ताले जबरजस्ती विभिन्न विज्ञापन हेर्नु पर्नेछ, जसका कारण उक्त गिरोहले पैसा पाउने छ । बताइएअनुसार उक्त गिरोहले यसरी १.४० करोड डरल कमाएको छ ।
उनीहरुले इन्टरनेटमा डोमेन नेम लुक अप नामक एक कार्यप्रणाली कब्जा गरेर यस्तो गरेका हुन् । अहिले पनि थुप्रै कम्प्युटरहरुमा उक्त गिरोहले पठाएको भाइरसको असर बाँकी रहेको एफबीआईका आधिकारीह्रुले बताएका छन् । समाचार एनेज्सी रोयटर्सका अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनहिरुले अवरुद्ध गरिने इन्टरनेट सेवा छिट्टै सुचारु गर्ने आश्वासन दिएका छन् ।

सरीरमा रंग पोतेर २ सय महिला नांगिए (फोटो फिचर सहित)


अस्टि्रयाको पोष्टचाच सहरमा हालै विश्व बडी पेन्टिङ च्याम्पियनसीप अर्थात् सरीरमा रंग पोत्ने प्रतियोगिता भएको छ ।

हुने प्रतियोगिता अन्तरगत यो वर्ष झण्डै दुइ सय जना महिलाले आफ्नो नांगो सरीरमा विचित्रको पेन्टिङ गरी कलाकारिता प्रस्तुत गरेका छन् ।
यो प्रतियोगितामा सहभागी महिलाहरुले विभिन्न रंग तथा थिममा आफ्नो नग्न सरीरमा पेन्टिङ गरेका छन् ।
तिन दिनसम्म चल्ने प्रतियोगिता अन्तरगत कतिपयले सरीरमा टाटेपाटे रंग पोतेर विभिन्न आकृतिहरु पनि बनाएका छन् ।
कतिपय भुतको आकृतिमा आफुलाई प्रस्तुत गरिरहेका छन् । उनीहरु निर्वस्त्र थिए र सरीरका ढाक्नुपर्ने अंगहरुमा रंग नै पोतेर लुगा लगाएजस्तो बनाइदिएका छन् ।
यो प्रतियोगितामा विभिन्न ४४ देशका गरी २ सय जना महिलाहरुले आफ्नो कलाकारिता प्रस्तुत गरेका छन् ।
स्मरण रहोस् यो प्रतियोगिता विश्वकै सबैभन्दा ठूलो नग्न कलाकारिता प्रतियोगिता हो । जुन १५ वर्षदेखि हरेक साल हुँदै आएको छ ।