सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, July 24, 2012

नागलाई जोडेर सामाजिक सञ्जालमा रमाइला कुरा

९ साउन, काठमाडौं । नागपञ्चमीलाई जोडेर फेसबुक र ट्वीटर प्रयोगकर्ताले राजनीतिक र सामाजिक व्यंग्य पनि हानेका छन् । कतिले डस्ने नाग र नेता उस्तै भनेका छन् । कतिले नेताको घरमा चाहिं नाग टाँस्नुभन्दा सक्कली नाग नै टाँस्नुपर्ने कुरा गरेका छन् । कतिले अरुथोक नै भनेर रमाइलो गरेका छन् ।

दिपेश दाहालले आफ्नो फेसबुक पेजमा आफूलाई नाग पञ्चमी पर्व नै मन नपर्ने बताउनुभएको छ । उहाँको यो स्टाटसमा टिप्पणी गर्दै टेकम सिपालीले लेख्नुभएको छ -’तपाइ र मेरो बिचार मिल्यो दिपेश जि यो नांगपञ्चमि भन्दा त नाक पञ्चमि भए रमाइलो हुन्थ्योहोला
आफ्ने नाकलाइ सिगान फाली सफा गरि पुजागर्नपायपनि राम्रै हो मैले भनेर हुनेभयत ढोकामा त्यो डरलाग्दोसर्पको चित्र भन्दा सुन्दर झुम्केबुलाकि र फुलि लायको नाककोफोटो ढोकामा′
यस्तै ट्वीटरमा सोमेश वर्माले लेख्नुभएको छ -’आज नाग पन्चमी।।। केही साथीहरुलाइ दूध खुवाउनु पर्ला।।। ′
घरबेटीसँग पर्ने गरेको झगडालाई व्यंग्य गर्दै अर्का ट्वीटर प्रयोगकर्ताले लेखेका छन् -′हाम्रो सधै झगडा हुन्छ।आज त बिहानै दूधको ख्वाउनु भयो । किन ? ल ! घरबेटीबा पनि !आज नागपञ्चमी त्यही भएर बिहानै तपाईंलाई दूध ख्वाएको नि !′
यस्तै युवराज लम्सालले आफ्नो ट्वीटरमा लेख्नुभएको छ -’आज त सांपले लखेट्ने प्रचूर सम्भावना छ गुरु फेरी कुनचै ले हो अजिङ्गरको फोटोमा नाग पन्चमि लेखेर राखेच′
पत्रकार नारायण अमृतले अझ रमाइलोसँग व्यंग्य गर्नुभएको छ । उहाँले लेख्नुभएको छ -’उहिल्यै उहिल्यै नागहरु नाग थिए मान्छे मान्छे थिए । मान्छेले नाग पुज्थे । अहिले नाग मान्छे भए र मान्छे नाग भए त्यसैले नागहले मान्छे पुज्छन् ।’
 अरु केही रमाइला स्टाटस यस्ता छन् -
′ए ! पुरेतबाहरु,नेताजीहरुको घरजाँदा चाहि स्वादेको सक्कली नाग नै लगेर छोडिदिनुस् न हो।त्यो नाथे कागजमा कोरेको चित्र के काम ′
′हल्का कर्मकाण्ड सिकेको बेफाइदा स्छिमेकका गोडा चारेक घर मा नाग टास्ने आग्रह लाई टार्न सकिएन स्′
′ढोकामा नागको फोटो टाँसेर सर्पबाट सुरक्षित भइन्छ भने।नागरूपी मान्छेको डसाईबाट बच्न पनि भित्तामा फोटो टाँसेर पुज्नै पर्ने हो तरु ′
′आज सबै मिली नेतालाई एकएक गिलास दुध ख्वाउने दिवस्१ संबिधान सभा भंग भएर नि झूरै भो सबै नाग एकै दुलाँ त भेटिन्थे नि१ हे दैब कता खोज्न जानु अबरु′
′होईन थरिथरिका छन कुनै फन फुलाएर डसुम्ला झै छ्न अझ फेबु त खोल्यो कि स्वागत पनि एत्रोमान को गोमन साँपले गर्च′

फेसबुकका भित्ताभरी साँप, डरलाग्दा तस्वीरसँगै रमाइला कुरा
तपाईं फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जाल चलाउनुहुन्छ भने आज बिहानैदेखि तपाईं थरीथरीका साँप हेरेर चकित पर्नुभयो होला । कतिपयले साँप, सर्प या नागका तस्वीर र कहानी बनाएर अरुलाई शुभकामना र मनोरञ्जन दिने प्रयास पनि गर्नुभयो होला ।
नागपञ्चमीको दिन घरघरमा नाग टाँस्ने र नागमन्दिरमा नागको दर्शन गर्नेहरुलाई जत्तिकै चटारो फेसबुक र ट्वीटर चलाउनेहरुलाई पनि छ । समसामयिक घटना र परिवेशलाई सामाजिक सञ्जाल मार्फत विचार आदानप्रदान गर्नेहरुले चाडपर्वलाई पनि महत्व दिने गरेका छन् । त्यसैले मंगलबार फेसबुक र ट्वीटरमा नागपञ्चमीको शुभकामना र नागका बारेमा चर्चा र टिप्पणी प्रशस्त देख्न पाइन्छ ।
ँअनन्तं वासुकिं शेषं पद्मनाभं च कम्बलम्।
शंखपालं धार्तराष्ट्रं तक्षकं कालियं तथा ।।
एतानि नवनामानी नगनां च महत्मनाम् ।
सायंकाले पठेन्नित्यं प्रातस्काले विशेषतस्।।
तस्मै विषभयं नास्ति सर्वत्र विजयी भवत्’
‘जय जय जय नग राज कि जय जय जय भन्दै आज श्रावण शुक्ल पञ्चमी साउन ९गते मंगलबार हिन्दुहरुको पर्ब नागपञ्चमी को पवन औसरमा हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दै श्री नाग देउता को कृपाले हजुरको मनको सारा कुरा पुरा गरोश हजुरको कल्याण होश सुभ होश मंगल होश जय होश भन्ने कामना गर्दै प्रणाम दर्सन को साथै सुनौलो बिहानीको कामना गर्दै हजुरको वाल मा आयहै हजुर ।।′
यसरी धेरैले नाग र नागपञ्चमीको महत्व दर्शाउँदै शुभकामना आदानप्रदान गरेका छन् । सँगै नाग, सर्प अर्थात साँपको थरीथरीका फोटो पनि पोष्ट गरेका छन् 

No comments:

Post a Comment