सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, July 19, 2012

लडाकू कमान्डरद्धारा सामूहिक राजीनामा


४ साउन, काठमाण्डौ । एकीकृत माओवादीका लडाकू शिविरका कमाण्डर र सहायक कमान्डरहरुले सामूहिक राजीनामा दिएका छन् । शिविरभित्र रहेका वेला कमाण्डरहरुले आर्थिक अनियमितता गरेको भन्दै पूर्व लडाकूहरु विस्तारित वैठक नै रोक्नेगरि आन्दोलनमा उत्रिएपछि उनीहरुले विहीवार पार्टी नेतृत्वलाई राजीनामा वुझाएका हुन् ।
स्रोतका अनुसार विहान बसेको एकीकृत माओवादीको पदाधिकारी वैठकमा वोलाइएका सबै शिविरका कमान्डर तथा सहायक कमान्डरहरुलाई जाचबुझमा सजिलो बनाउने गरि राजीनामा दिन आग्रह गर्नुभएको थियो ।  
प्रचण्डको आग्रहपछि कमाण्डर र सहायक कमाण्डर गरि १२ जनाले प्रचण्डसमक्ष राजीनामा पेश गरेको बताइएको छ । तेस्रो डिभिजन शक्तिखोरका धनबहादुर मास्की, छैठौं शिविर सुर्खेतका महेन्द्रबहादुर शाही र  सातौं डिभिजन कैलालीका सन्तु दराई, एक नम्बर डिभिजन इलामका यमबहादुर अधिकारी, दुई नम्बर डिभिजन सिन्धुलीका सुकबहादुर रोक्का र चौथो डिभिजन नवलपरासीका तेजबहादुर ओलीले राजीनामा दिएका छन् । उनीहरुसंगै ६ वटै शिविरका सहायक कमान्डरहरुले पनि राजीनामा दिएका छन् । पााचौ शिविर भने लामोसमय देखि  कमान्डर विहिन छ ।
शिविरका कमान्डरहरुले लडाकूहरुवाट प्रतिमहिना १ हजार रुपैयाका दरले उठाएको, सरकारले दिएको रासन र भत्ता वापतको रकममा पनि अनियमितता गरेको पूर्व लडाकूहरुले आरोप लगाएका छन् । यसैवीच पार्टीको स्थायी समितिको वैठकले शिविरभित्र भएको आर्थिक अनियमितता तथा उनीहरुका माग सम्वोधनका लागि समिति गठन गर्ने निर्णय गरेको छ । समितिले छानविन गरि सत्यतथ्य बाहिर ल्याउने बताइएको छ ।

No comments:

Post a Comment