सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, July 20, 2012

बैद्य हिंडेपनि भट्टराईमाथि आरोपको चाङ उस्तै


५ साउन, काठमाडौं । पार्टीमा सँगै छँदा मोहन वैद्य किरण पक्षधरले प्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई कहिल्यै पनि राम्रो नजरले हेरेन । प्रधानमन्त्री भएदेखि नै भट्टराईको खेदो खन्न थालेको बैद्य पक्षधरले छुट्टएिर हिंड्ने बेलासम्म उसैगरी खोइरो खनिरहृयो । विपक्षी दलहरुबाट भन्दा पनि वैद्य पक्षबाट भट्टराईले चर्को आलोचना सहनु पर्यो ।
भारतसँग भएको बिप्पा सम्झौता तथा सेना समायोजन, हतियार हस्तान्तरण लगायत शान्ति प्रकृयासँग जोडिएका मुद्दामा भट्टराईले पार्टी र राष्ट्रहित विपरीत कदम चालेको उसको आरोप थियो । छुट्टएिर हिंडेपछि पनि बैद्य पक्षले भट्टराईलाई यो आरोप लगाइरहेको छ ।
बैद्य पक्ष हिंडेपछि यतिबेला भट्टराईले पार्टीभित्रबाट आउने यस्तो आरोपबाट मुक्त हुनुपर्ने हो । तर भएको छैन । राजधानीमा जारी विस्तारित बैठकमा अध्यक्षको प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्ने क्रममा नेताहरुले बिप्पाको कुरा पनि उठाउने गरेका छन् । प्रदिवेदनमा बिप्पाबारे प्रष्ट कुरा उल्लेख नभएको भन्दै प्रतिनिधिहरुले असन्तुष्टी जनाएका छन् । पार्टी नेतृत्ससँग छलफल नै नगरी भट्टराई बिप्पा सम्झौता गरेको कुरा बाहिर चर्चामा रहेपनि अध्यक्षको प्रतिवेदनमा यसबारे केही उल्लेख छैन । सम्झौता ठीक छ भने ठीक हो भन्नुपर्ने र ठीक होइन भने ठीक छैन भन्नुपर्नेमा नेतृत्व अस्पष्ट भएको भन्दै उनीहरुले आलोचना गरेका छन् ।

विस्तारित बैठकमा विप्पाको कुरा उठाएर भट्टराईको आलोचना हुन थालेपछि प्रधानमन्त्री पत्नी हिसिलाले बिप्पा सम्झौताको पुस्तिका नै बोकेर हिंडेकी छिन् । शुक्रबार उनले बैठक स्थलमा पुस्तिका लगेर बाँडेकी हुन् । उनले छोरीको रातो झिल्को नाम गरेको जर्नल र विप्पाको पुस्तिका सँगै लगेर कार्यकर्तालाई बाँडेको बैठकमा सहभागी एक नेताले बताए । बिप्पा बारेको भ्रम हटाउन भन्दै उनले यसो गरेकी हुन् ।
यस्तै विस्तारित बैठकमा सहभागी प्रचण्ड पक्षधर नेताहरुले गृहकार्य नै नगरी समायोजन प्रकृया थालेको भनेर पनि भट्टराईको आलोचना गरेका छन् । पूर्व लडाकुलाई सेनामा समायोजन गर्ने विषयमा पहिल्यै उमेर र शिक्षाबारे प्रष्ट अडान नलिँदा अहिले प्रकृया अवरुद्ध भएको उनीहरुको भनाई छ । पहिले प्रचण्डकै सहमतिमा हतियार बुझाउने निर्णय भएपनि यसमा बाबुरामको हात रहेको भन्दै प्रचण्ड पक्षधरले पनि वैद्य पक्षले जस्तै आरोप लगाउने गरेका छन् ।
बैद्य पक्ष छोडेर हिंडेपछि प्रचण्ड पक्षधर झनै निरंकुश बन्दै गएको भट्टराई पक्षधरको बुझाई छ । शक्तिशाली प्रचण्डको अघिल्तिर प्रतिवाद गर्न सक्ने हालतमा नरहेकाले भट्टराई पक्ष निरीह बन्दै गएको प्रष्टै देखिन्छ ।

No comments:

Post a Comment