सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, July 22, 2012

अर्घाखाँचीको दहखोलामा गाडी दुर्घटना, १६ को मृत्यु

७ साउन, काठमाडौं । अर्घाखाँचीको दहखोलामा आइतबार भएको गाडी दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ बालक मात्र बाच्न सफल भएका छन् ।
बुटवलबाट १७ जना यात्रु लिएर अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको लागि छुटेको देउराली यातायात समितिको बा २ ख ७९४८ नम्बरको फोर्स(किया)गाडी नरपानी गा.वि.स. वार्ड नम्बर-५ दहखोलामा दुर्घटना सडकबाट करिव ३ सय मिटर तल खोलाको खोंचमा खसेको प्रहरीले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म दुर्घटनामा मृत्यु हुनेमध्ये ६ जनाको मात्र सनाखत भएको छ । अर्घाखाँची वागी गाविसका गाडीधनी नारायण पन्थी, चालक कपिलवस्तुका राजेन्द्र चौधरीसहित प्रहरी अनुसन्धान व्युरोमा कार्यरत अर्घाखाँचीको केरुङ्गाका मेघराज खनाल र ठेगाना नखुलेका प्रहरी अनुसन्धान ब्युरोमै कार्यरत कृष्ण चौधरी र विदेशबाट फर्किएकी अर्घाखाँची वाङला गाविसकी सीता बस्नेतको सनाखत भएको छ । अन्यको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
गाडी सडकबाट करिव ३ सय मिटर तल खोलाको खोंचमा खसेको कारण उद्दारको लागि कठिनाई भएको थियो । स्थानीय युवा, प्रहरी तथा रेडक्रसले उद्दार गरेको थियो । दुर्घटनाबाट बाच्न सफल भएका एकमात्र बालकको गम्भिर अवस्थामा जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment