सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, July 24, 2012

फिल्म निर्देशक देउजाद्वारा आत्महत्या प्रयास

८ साउन, काठमाण्डौ । नेपाली चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजाले विष सेवन गरि आत्महत्याको प्रयास गरेका छन् ।
आफ्नै निवासमा बिष सेवन गरि बिरामी परेका उनलाई साँझ पौने सात बजे जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरिएको हो । उनले रेडबुलमा बिष मुसाएर पिएको देखिएको प्रहरी श्रोतले बताएको छ ।
हाल उनलाई आइसियुमा राखिएको छ । अस्पताल श्रोतका अनुसार उनको अवस्था अहिले खतरामुक्त छ ।
उनले विष सेवन गर्नुको कारणवारे केही खुलेको छैन । चिकित्सकले उनको अबस्थाबारे अहिलेसम्म केही जानकारी गराएका छैनन् । पारिबारका सदस्य र उनका निकटबर्तीहरू पनि यसबारे केही बोल्न चाहँदैनन् ।
ज्ञानेन्द्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सफल कृति मुनामदनका निर्देशक समेत हुन् । उनको फिल्म मुनामदन काठमाण्डौंमा प्रर्दशन भइरहेको छ । उनले थुप्रै सफल चलचित्र निर्देशन गरेका छन् 

No comments:

Post a Comment