सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '
Showing posts with label समाचार. Show all posts
Showing posts with label समाचार. Show all posts

Wednesday, July 25, 2012

डिभिजन फोरको प्रारम्भिक टोली मेहबुब परेनन्

१० साउन, काठमाडौं । आगामी सेप्टेम्बर १ देखि मलेशियामा हुने आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन फोरका लागि पहिलो चरणमा १८ जना खेलाडी छनौट गरेको छ ।
छनौटमा परेका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखिने र प्रशिक्षणपछि टोलीको अन्तिम घोषणा गरिने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । मेहबुब आलम प्रारम्भिक टोलीमा परेका छैनन् भने यज्ञमान कुमालले पहिलो पटक प्रारम्भिक टोलीमा स्थान बनाएका छन् ।
टोलीमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, अमृत भट्टराई, शक्ति गौचन, वसन्त रेग्मी, सञ्जम रेग्मी र राहुल वि.क. रहेका छन् । यस्तै महेश क्षेत्री, प्रदीप ऐरी, पृथु बाँस्कोटा, चन्द्र साउद, सागर पुन, विनोद भण्डारी, अनिल मण्डल, विनोद दा;m, सुवास खकुरेल र यज्ञमान कुमाल छन् ।

चुनाव सार्ने माओवादी प्रस्तावमा कांग्रेस-एमालेले छलफल गर्नै मानेनन्

१० साउन, काठमाडौं । विपक्षी नेपाली कांग्रेस र नेकपा एमालेले संविधानसभाको निर्वाचन सार्ने माओवादीको प्रस्तावमा छलफल गर्न अस्वीकार गरेका छन् ।
एमाले मुख्यालय बल्खुमा बुधबार बसेको बैठकमा माओवादीले मंसिर ७ गतेका लागि घोषित निर्वाचन सम्भव नभएको भन्दै नयाँ मिति तोक्न प्रस्ताव गरेको थियो । तर, कांग्रेस र एमालेले भने सरकार परिर्वतनबारे सहमति नभई चुनावबारे छलफल नगर्ने अडान लिएका छन् ।
बैठकपछि नेताहरुले दलहरुबीच सहमतिका लागि नयाँ शिराबाट छलफल सुरु भएको बताएका छन् । तीन दलको बैठक लगतै कांग्रेस र एमाले शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।

कोरियामा एक नेपालीद्धारा आत्महत्या

१० साउन, काठमाण्डौं । वैदेशिक रोजगारको लागि कोरिया गएका एक नेपालीले आत्महत्या गरेका छन् । डेढ बर्ष अघि कोरिया गएका प्यूठान स्याउलीबाङ-५, का ओमप्रसाद शेरचनले मंगलबार झुण्डिएर आत्महत्या गरेका हुन् ।
कोरियाको छनान फेक्सकदोङमा रहेको सामा सिजन कम्पनीमा कार्यरत रहेका शेरचनलाई मंगलबार विहान मृत अवस्थामा भेटिएको थियो । उनलाई कम्पनीकै शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको उनीसँगै काम गर्ने एक नेपालीले जानकारी दिएका छन् ।
कम्पनीको व्यवस्थापन र अन्य कर्मचारीहरुसँग पनि राम्रो सम्बन्ध रहेका शेरचनको मृत्युको कारण भने खुल्न सकेको छैन् । विद्युतिय सामानको उत्पादन गर्ने कम्पनीमा शेरचन तीन महिना अघिमात्र आएका थिए । उक्त कम्पनीमा ११ जना नेपालीले काम गर्दै आएका छन् ।
सोही कम्पनीमा गत बर्ष पनि पाल्पाका मनबहादुर दर्लामीले झुण्डिएर आत्महत्या गरेका थिए । घटनाको अध्ययन गरी स्थानिय प्रहरीले मंगलबारनै कोरिया स्थित नेपाली दूतावासलाई प्रतिवेदन बुझाईसकेको छ ।

नयाँ निर्वाचनमा जानुको विकल्प छैन : यादव

१० साउन, वीरगन्ज । सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले दलहरुको सहमतिमा नयाँ निर्वाचनमा जानुको अर्को विकल्प नरहेको वताउनु भएको छ । उहाँले मुलुकमा जारी संक्रमण र राजनीतिक संकटको समाधानका लागि उपयुक्त विकल्प नयाँ निर्वाचन नै रहेको वताउनुभयो ।
विरगञ्जमा मधेसी जनअधिकार फोरम गणतान्त्रिकले वुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादबले मरिसकेको संविधानसभालाई ब्युँताउनु भन्दा संविधानसभाकै नयाँ निर्वाचन गर्नु सबैभन्दा उपयुक्त विकल्प भएको वताउनभुयो । लोकतन्त्रमा जनता नै निणर्ायक शक्ति भएकाले दलहरु नयाँ निर्वाचनमा जानुको विकल्प नरहेकेा यादबको भनाई छ । यादबले दलहरुको सहमतिमा सरकारले घोषणा गरेको नयाँ निर्वाचन हुनेमा आफू विश्वस्त रहेको वताउनुभयो ।
संसद् वा संविधानसभा केको निर्वाचन गर्ने भन्नेमा बहस जरुरी नरहेको भन्दै यादबले संविधानसभाको निर्वाचनबाट बन्ने संविधानसभाले नै मुलुकको अग्रगामी परिवर्तन गर्न सक्ने वताउनुभयो । उहाँले प्रतिपक्षी नेपाली काँग्रेस र नेकपा एमालेका कारण सहमतिको सरकार गठन हन नसकेको आरोप लगाउनुभयो 

विप्पा सम्झौता खारेज हुनुपर्छ : चन्द

१० साउन, चितवन । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले भारतसँग सरकारले गरेको बिप्पा सम्झौता खारेज हुनुपर्ने माग गर्नुभएको छ । राष्ट्रिय जनस्वयम्सेवक केन्द्रको दोस्रो पूर्ण बैठकको जानकारी गराउन चितवनमा आयोजित पत्रकार सम्मेलनमा चन्दले कालोबजारी, चेलीबेटी बेचबिखन, लुटपाटविरुद्ध एक भएर संर्घर्ष गर्ने चेतावनी दिनुभयो । बर्तमान अवस्थामा विभिन्न आपराधिक घटनाको बृद्धि भएपनि त्यसलाई नियन्त्रण गर्न सरकार उदासिन रहेको उहाँको आरोप थियो ।
चन्दले राजनैतिक गतिरोध अन्त्यका लागि सर्वपक्षीय गोलमेच सभा र अन्तरिम संयुक्त सरकार नै अहिलेको उपयुक्त र वस्तुवादी विकल्प रहेको बताउनुभयो ।
नेकपा-माओवादीले अगाडि सारेको जनवादी क्रान्तिको आन्दोलनमा सहभागी भए एकीकृत नेकपा माओवादी मात्र नभई जनसुकै कम्युनिस्ट घटकसँग पनि एकता हुने सचिव चन्दको भनाइ थियो ।
जनस्वयम्सेवक केन्द्रका इन्चार्ज चन्दले केन्द्रले मुख्यरुपमा जनताको सेवा, निर्माण र सुरक्षाका क्षेत्रमा काम गर्ने स्पष्ट पार्नुभयो 

Tuesday, July 24, 2012

नागलाई जोडेर सामाजिक सञ्जालमा रमाइला कुरा

९ साउन, काठमाडौं । नागपञ्चमीलाई जोडेर फेसबुक र ट्वीटर प्रयोगकर्ताले राजनीतिक र सामाजिक व्यंग्य पनि हानेका छन् । कतिले डस्ने नाग र नेता उस्तै भनेका छन् । कतिले नेताको घरमा चाहिं नाग टाँस्नुभन्दा सक्कली नाग नै टाँस्नुपर्ने कुरा गरेका छन् । कतिले अरुथोक नै भनेर रमाइलो गरेका छन् ।

दिपेश दाहालले आफ्नो फेसबुक पेजमा आफूलाई नाग पञ्चमी पर्व नै मन नपर्ने बताउनुभएको छ । उहाँको यो स्टाटसमा टिप्पणी गर्दै टेकम सिपालीले लेख्नुभएको छ -’तपाइ र मेरो बिचार मिल्यो दिपेश जि यो नांगपञ्चमि भन्दा त नाक पञ्चमि भए रमाइलो हुन्थ्योहोला
आफ्ने नाकलाइ सिगान फाली सफा गरि पुजागर्नपायपनि राम्रै हो मैले भनेर हुनेभयत ढोकामा त्यो डरलाग्दोसर्पको चित्र भन्दा सुन्दर झुम्केबुलाकि र फुलि लायको नाककोफोटो ढोकामा′
यस्तै ट्वीटरमा सोमेश वर्माले लेख्नुभएको छ -’आज नाग पन्चमी।।। केही साथीहरुलाइ दूध खुवाउनु पर्ला।।। ′
घरबेटीसँग पर्ने गरेको झगडालाई व्यंग्य गर्दै अर्का ट्वीटर प्रयोगकर्ताले लेखेका छन् -′हाम्रो सधै झगडा हुन्छ।आज त बिहानै दूधको ख्वाउनु भयो । किन ? ल ! घरबेटीबा पनि !आज नागपञ्चमी त्यही भएर बिहानै तपाईंलाई दूध ख्वाएको नि !′
यस्तै युवराज लम्सालले आफ्नो ट्वीटरमा लेख्नुभएको छ -’आज त सांपले लखेट्ने प्रचूर सम्भावना छ गुरु फेरी कुनचै ले हो अजिङ्गरको फोटोमा नाग पन्चमि लेखेर राखेच′
पत्रकार नारायण अमृतले अझ रमाइलोसँग व्यंग्य गर्नुभएको छ । उहाँले लेख्नुभएको छ -’उहिल्यै उहिल्यै नागहरु नाग थिए मान्छे मान्छे थिए । मान्छेले नाग पुज्थे । अहिले नाग मान्छे भए र मान्छे नाग भए त्यसैले नागहले मान्छे पुज्छन् ।’
 अरु केही रमाइला स्टाटस यस्ता छन् -
′ए ! पुरेतबाहरु,नेताजीहरुको घरजाँदा चाहि स्वादेको सक्कली नाग नै लगेर छोडिदिनुस् न हो।त्यो नाथे कागजमा कोरेको चित्र के काम ′
′हल्का कर्मकाण्ड सिकेको बेफाइदा स्छिमेकका गोडा चारेक घर मा नाग टास्ने आग्रह लाई टार्न सकिएन स्′
′ढोकामा नागको फोटो टाँसेर सर्पबाट सुरक्षित भइन्छ भने।नागरूपी मान्छेको डसाईबाट बच्न पनि भित्तामा फोटो टाँसेर पुज्नै पर्ने हो तरु ′
′आज सबै मिली नेतालाई एकएक गिलास दुध ख्वाउने दिवस्१ संबिधान सभा भंग भएर नि झूरै भो सबै नाग एकै दुलाँ त भेटिन्थे नि१ हे दैब कता खोज्न जानु अबरु′
′होईन थरिथरिका छन कुनै फन फुलाएर डसुम्ला झै छ्न अझ फेबु त खोल्यो कि स्वागत पनि एत्रोमान को गोमन साँपले गर्च′

फेसबुकका भित्ताभरी साँप, डरलाग्दा तस्वीरसँगै रमाइला कुरा
तपाईं फेसबुक र ट्वीटर जस्ता सामाजिक सञ्जाल चलाउनुहुन्छ भने आज बिहानैदेखि तपाईं थरीथरीका साँप हेरेर चकित पर्नुभयो होला । कतिपयले साँप, सर्प या नागका तस्वीर र कहानी बनाएर अरुलाई शुभकामना र मनोरञ्जन दिने प्रयास पनि गर्नुभयो होला ।
नागपञ्चमीको दिन घरघरमा नाग टाँस्ने र नागमन्दिरमा नागको दर्शन गर्नेहरुलाई जत्तिकै चटारो फेसबुक र ट्वीटर चलाउनेहरुलाई पनि छ । समसामयिक घटना र परिवेशलाई सामाजिक सञ्जाल मार्फत विचार आदानप्रदान गर्नेहरुले चाडपर्वलाई पनि महत्व दिने गरेका छन् । त्यसैले मंगलबार फेसबुक र ट्वीटरमा नागपञ्चमीको शुभकामना र नागका बारेमा चर्चा र टिप्पणी प्रशस्त देख्न पाइन्छ ।
ँअनन्तं वासुकिं शेषं पद्मनाभं च कम्बलम्।
शंखपालं धार्तराष्ट्रं तक्षकं कालियं तथा ।।
एतानि नवनामानी नगनां च महत्मनाम् ।
सायंकाले पठेन्नित्यं प्रातस्काले विशेषतस्।।
तस्मै विषभयं नास्ति सर्वत्र विजयी भवत्’
‘जय जय जय नग राज कि जय जय जय भन्दै आज श्रावण शुक्ल पञ्चमी साउन ९गते मंगलबार हिन्दुहरुको पर्ब नागपञ्चमी को पवन औसरमा हार्दिक मंगलमय सुभकामना ब्यक्त गर्दै श्री नाग देउता को कृपाले हजुरको मनको सारा कुरा पुरा गरोश हजुरको कल्याण होश सुभ होश मंगल होश जय होश भन्ने कामना गर्दै प्रणाम दर्सन को साथै सुनौलो बिहानीको कामना गर्दै हजुरको वाल मा आयहै हजुर ।।′
यसरी धेरैले नाग र नागपञ्चमीको महत्व दर्शाउँदै शुभकामना आदानप्रदान गरेका छन् । सँगै नाग, सर्प अर्थात साँपको थरीथरीका फोटो पनि पोष्ट गरेका छन् 

नदीमा डुबेर रुसमा नेपाली विद्यार्थीको मृत्यु

९ साउन, काठमाडौं । रुसको इदाहो विश्वविद्यालयमा अध्ययनरत एक विद्यार्थीको नदिमा डुबेर ज्यान गएको छ । काठमाण्डौका २२ वर्षका विशाल श्रेष्ठको शनिबार सेल्बे नदीमा  र्‍याफि्टङका क्रममा दुर्घटना हुँदा डुबेर ज्यान गएको एपीले जनाएको छ ।
 र्‍याफि्टङ बोट पल्टिएर भएको दुर्घटनामा उक्त विश्वविद्यालयमा अध्ययनरत अरु ४ विद्यार्थी भने पौडिएर बाँच्न सफल भएका छन् । श्रेष्ठले लाइफ ज्याकेट नलगाएका हुनाले नदीमा डुबेको बताइएको छ ।
उनको शव आइतबार बिहान स्थानीय समय अनुसार १० बजे नदिमा फेला परेको थियो । श्रेष्ठ इदाहो विश्वविद्यालयमा भौतिक शास्त्र तथा इन्जिनियरिङ विषयमा अध्ययनरत थिए ।

कांग्रेस-एमालेले भोली माओवादीसँग निर्णायक वार्ता गर्ने

९ साउन, काठमाडौं । विपक्षी नेपाली कांग्रेस र नेकपा एमालेले विद्यमान राजनीतिक गतिरोध अन्त्यको साँचो सत्तारूढ एकीकृत नेकपा माओवादीसँग रहेको बताएका छन् ।
एमाले मुख्यालय बल्खुमा मंगलबार बसेको शीर्ष नेताहरुको बैठकले माओवादी गतिरोध अन्त्यभन्दा पनि सत्ता लम्याउन मात्र केन्द्रीत भएको भन्दै भोली बुधबार निर्णायक वार्ता गर्ने निर्णय गरेको हो । कांग्रेस महामन्त्री प्रकाशमान सिंहका अनुसार माओवादी, कांग्रेस र एमाले शीर्ष नेताहरुको बैठक भोली ११ बजे बोलाइएको छ । बैठकमा राजनीतिक गतिरोध अन्त्य, सहमतीय सरकार गठन, निर्वाचन लगायतका विषयमा छलफल हुनेछ ।
तीन दलको बैठकमा कांग्रेस र एमालेले प्रधानमन्त्री डा. बाबुराम भट्टराईको राजीनामालाई सर्तका रुपमा अघि सार्ने सहमति गरेका छन् । ‘सहमतिको वातावरण बनाउन कुर्सी त छाड्नुपर्छ’ सिंहले भन्नुभयो-’संविधानसभाको कार्यकाल बाँकी छँदै एकलौटी अर्को निर्वाचन घोषणा गर्ने सरकारलाई कुर्सीमा बस्ने नैतिक र संवैधानिक अधिकार छैन ।’
दुर्इ दलबीच सरकार बन्ने पक्का भएपछि मात्र उम्मेदबार घोषणा गर्ने सहमति भएको छ । एमाले उपाध्यक्ष वामदेव गौतमले भन्नुभयो-’सरकार बन्ने पक्का भएपछि मात्र राष्टपतिलाई हाम्रो उम्मेदबार यो हो भन्छौं ।’यसअघि एमालेले तत्काल उम्मेदबार घोषणा गर्न नत्र आफ्नो दललार्इ जिम्मेबारी दिन माग गर्दै आएको थियो ।
माओवादीले भने निर्वाचन, शान्ति प्रक्रियाका प्राविधिक विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ । लाकू समायोजनका प्रविधिक विषयमा कांग्रेस र एमालेले लचकता नअपनाए शिविरमा रहेको हतियार सरकारलाई नबुझाई संग्राहलय बनाएर राख्ने र सबै लडाकूलाई स्वेच्छिक अबकासमा पठाउने माओवादीको निर्णय छ । लडाकूहरुको उमेरमा विवाद देखिएपछि पछिल्लो समय लडाकू समायोजन प्रक्रिया अवरुद्ध भएको छ ।
संविधानसभा र संसद दुबैको काम गर्ने निकायको नयाँ निर्वाचनमा जान सहमत दलहरुबीच संविधानसभा कि संसदको भन्नेमा विवाद छ । माओवादीले संविधानसभा र कांग्रेस र एमालेले संसदको भन्दै आएका छन् ।

देशभर समानान्तर संगठन बनाउँदै जनजातिहरु

९ साउन, काठमाडौं । नयाँ पार्टी गठनको तयारीमा रहेका नेकपा एमालेका असन्तुष्ट आदिवासी जनजाति नेताहरुले देशभर समानान्तर संगठन बनाउन सुरु गरेका छन् ।
केन्द्रमा अग्रगामी विचार समूह गठन गरेका जनजाति नेताहरु समानान्तर संगठन निर्माणका लागि देश दौडाहामा निस्किएका छन् । ‘नयाँ पार्टी गठनका क्रममा जिल्ला दौडाहमा निस्किएका हौं’ नेता विजय सुब्बाले अनलाइनखबरसँग भन्नुभयो-’सम्भव भएसम्म भेला र बैठकहरु गरेर समितिहरु बनाउँछौं ।’
उपाध्यक्ष अशोक राईसहितका नेताहरुको उपस्थितिमा मंगलबार पोखरामा कार्यकर्ता भेला गरिएको छ । प्रमुख तीन दल मुलुकलाई निकास दिन असफल भएकाले नयाँ पार्टी खोल्न लागिएको उहाँले जानकारी दिनुभयो । अब बुटबल, पाल्पा, विराटनगर लगायतका मुख्य शहरहरुमा भेला तथा जिल्ला जिल्लामा बैठक गर्ने तयारी भइरहेको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सुरुमा देशभरी नै अग्रगामी विचार समूह गठन गर्ने र त्यसपछि नयाँ पार्टी गठन गर्ने उनीहरुको तयारी छ ।
श्रोतका अनुसार नेताहरुले आदिवासी जनजाति दिवसको अबसर पारेर नयाँ पार्टीको तदर्थ समिति गठनको तयारी गरेका छन् । नयाँ पार्टीको विधान लगायतका दस्ताबेज बनाउन कार्यदल गठन गरिएको छ भने अन्य पार्टीहरुसँग वार्ता गर्ने जिम्मा अशोक राईलाई दिइएको छ ।
विभिन्न जातीय संगठन, कांग्रेस, माओवादीका आदिवासी जनजाति नेताहरुलाई नयाँ पार्टीमा आवद्ध गराउने प्रयास भइरहेको छ । सुब्बाले भन्नुभयो-’कांग्रेस र माओवादीका अदिवासी नेताहरुलाई समेत नयाँ पार्टीमा सामेल गराउने प्रयास भइरहेको छ । वार्ता गर्ने जिम्मा अशोक राईलाई दिइएको छ ।’
महासंघ पनि पार्टीको हिस्सा 
अशोक राईको नेतृत्वमा बन्ने नयाँ पार्टीको एउटा मूख्य साझेदार नेपाल आदिवासी जनजाति महासंघ बन्ने भएको छ । त्यसका लागि राजकुमार लेखी लगायतको समूह पार्टी गठनका लागि देश दौडाहमा निस्किएको छ । ‘हामी दाहिने हात हो भने जनजाति महासंघ देब्र हात हो’ एमाले नेता सुब्बाले भन्नुभयो-’उहाँहरु हामीले गठन गर्न लागेको पार्टीको महत्वपूर्ण साझेदार हो ।’

गच्छदारले भने-तपाईले लेख्दैमा रक्त चन्दन तस्कर प्रमाणित हुन्छु ?

८ साउन, काठमाण्डौ । उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले जनतामा प्रहरीले पैसा नखाई काम नै गदैन भन्ने परेको भन्दै छवी सुर्धान निर्देशन दिनु भएको छ । ‘तपाईहरुको इमेज विग्रिएको छ । प्रहरी र ट्राफिकले पैसा नखाई कामै गर्दन भन्ने परेको छ’ ट्राफिक प्रहरीको एफएम मेट्रो ट्राफिकको नियमित प्रशारणको उद्घाटन गर्दै गच्छदारले भन्नुभयो-प्रहरीले पैसा नखाई काम गर्दो रहेछ भन्ने स्थापित गर्नुहोस् ।’
सबै प्रहरीको नियतमाथि आफूले शंका नगरेको भन्दै उहाँले जनतामा रहेको अविश्वासलाई भने हटाउन आग्रह गर्नुभयो ।
गृहमन्त्री गच्छदारले प्रहरी प्रशासनमा आफूले कुनै हस्तक्षेप नगरेको दावी गर्नुभयो । ‘राजनीतिक हस्तक्षेप शुन्य पार्छु । स्वयंम म पनि हस्तक्षेप गर्दिन’ उहाँले भन्नुभयो-’मैले अहिलेसम्म कसैलाई फोन गरेर फलानोलाई छुटाउनु पर्‍यो भनेर भनेको छ भने भन्नुस्, म आफूलाई पदच्यूत भएको ठान्नेछु ।’
बंशजका आधारमा नागरिकता दिनुस् भनेर प्रमुख जिल्ला अधिकारीलाई दबाव दियो भनेर केही सञ्चार माध्यमले आफूलाई बदनाम गरेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो-’मैले टेनिफोन समेत नगरेका सीडीओको बहुलठ्ठीपूर्ण अभिव्यक्तिको आधारमा समाचार बनाएर मलाई बदनाम गर्न खोजेयो र एउटा कर्मचारीलाई जहाहरुलाल नेहरु बनाइदियो ।’
आफूलाई रत्त चन्दन तस्कर बनाउन समेत केही मिडिया लागेको भन्दै गच्छदारले भन्नुभयो-’तपाईले छाप्दैमा मेरो निधारमा रक्त चन्दन तस्कर भनेर प्रमाणित हुन्छु ।

फिल्म निर्देशक देउजाद्वारा आत्महत्या प्रयास

८ साउन, काठमाण्डौ । नेपाली चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजाले विष सेवन गरि आत्महत्याको प्रयास गरेका छन् ।
आफ्नै निवासमा बिष सेवन गरि बिरामी परेका उनलाई साँझ पौने सात बजे जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा भर्ना गरिएको हो । उनले रेडबुलमा बिष मुसाएर पिएको देखिएको प्रहरी श्रोतले बताएको छ ।
हाल उनलाई आइसियुमा राखिएको छ । अस्पताल श्रोतका अनुसार उनको अवस्था अहिले खतरामुक्त छ ।
उनले विष सेवन गर्नुको कारणवारे केही खुलेको छैन । चिकित्सकले उनको अबस्थाबारे अहिलेसम्म केही जानकारी गराएका छैनन् । पारिबारका सदस्य र उनका निकटबर्तीहरू पनि यसबारे केही बोल्न चाहँदैनन् ।
ज्ञानेन्द्र महाकवि लक्ष्मीप्रसाद देवकोटाको सफल कृति मुनामदनका निर्देशक समेत हुन् । उनको फिल्म मुनामदन काठमाण्डौंमा प्रर्दशन भइरहेको छ । उनले थुप्रै सफल चलचित्र निर्देशन गरेका छन् 

Sunday, July 22, 2012

अर्घाखाँचीको दहखोलामा गाडी दुर्घटना, १६ को मृत्यु

७ साउन, काठमाडौं । अर्घाखाँचीको दहखोलामा आइतबार भएको गाडी दुर्घटनामा १६ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ बालक मात्र बाच्न सफल भएका छन् ।
बुटवलबाट १७ जना यात्रु लिएर अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कको लागि छुटेको देउराली यातायात समितिको बा २ ख ७९४८ नम्बरको फोर्स(किया)गाडी नरपानी गा.वि.स. वार्ड नम्बर-५ दहखोलामा दुर्घटना सडकबाट करिव ३ सय मिटर तल खोलाको खोंचमा खसेको प्रहरीले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म दुर्घटनामा मृत्यु हुनेमध्ये ६ जनाको मात्र सनाखत भएको छ । अर्घाखाँची वागी गाविसका गाडीधनी नारायण पन्थी, चालक कपिलवस्तुका राजेन्द्र चौधरीसहित प्रहरी अनुसन्धान व्युरोमा कार्यरत अर्घाखाँचीको केरुङ्गाका मेघराज खनाल र ठेगाना नखुलेका प्रहरी अनुसन्धान ब्युरोमै कार्यरत कृष्ण चौधरी र विदेशबाट फर्किएकी अर्घाखाँची वाङला गाविसकी सीता बस्नेतको सनाखत भएको छ । अन्यको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
गाडी सडकबाट करिव ३ सय मिटर तल खोलाको खोंचमा खसेको कारण उद्दारको लागि कठिनाई भएको थियो । स्थानीय युवा, प्रहरी तथा रेडक्रसले उद्दार गरेको थियो । दुर्घटनाबाट बाच्न सफल भएका एकमात्र बालकको गम्भिर अवस्थामा जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Saturday, July 21, 2012

संविधान संशोधन गर्न सरकारलाई थप समय दिन्छौं: निर्वाचन आयुक्त


६ साउन, काठमाडौं । निर्वाचन आयोगका आयुक्त अयोधीप्रसाद यादवले मंसिर ७ गते निर्वाचन सम्पन्न गर्नका लागी संविधान र ऐन संशोधन गर्न सरकारलाई थप समय दिने बताउनु भएको छ ।
शनिबार राजधानीमा आयोजित साक्षात्कारमा यादवले सरकारले निर्वाचनका लागी संविधान र ऐन कानून संशोधन प्रक्रिया सुरु गरिसकेकोले एक सातासम्म थप समय दिने तयारीमा आयोग रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो-’थोरै समयमा पनि सहमति गरेर नेपालका राजनीतिक दलहरुले ठूला ठूला परिवर्तन गरेको ईतिहास छ । त्यसैले हामि अलि लचक भएर ग्रेस पि्रयड दिन सक्छौं ।’
निर्वाचन आयुक्त यादवले आइतबार आयोगको बैठक बसेर सरकारलाई थप समय दिने निर्णय हुने जानकारी दिनुभयो । निर्वाचन आयोगले मंसिर ७ को निर्वाचनका लागि संविधान र ऐन संशोधन गर्न दिएको समय आइतबार सकिँदैछ ।

अमेरिकाको सिनेमा घरमा आक्रमण, १४ को मृत्यु

अमेरिकाको कोलोराडो स्थित एक चलचित्र घरमा आक्रमण हुँदा कम्तिमा १४ जनाको ज्यान गएको छ । एक फिल्मको पि्रमियर शो भैरहेका बेला बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा अरु ५० जना गम्भीर घाइते भएका छन् ।
ब्याटम्यान सिरिजको नयाँ फिल्म द डार्क नाइट राइजेजको पि्रमियरका क्रममा उक्त घटना भएको हो । प्रहरीले घटनामा संलग्न एक व्यक्तिलाई गिरफ्तार गरेको जनाएको छ । रातको समयमा खचाखच दर्शकबीच पि्रमियर शो सुरु भएको झण्डै १५ मिनेट पछि गोलाबारी सुरु भएको थियो । गोलाबारीपछि त्यहाँ भागदौड भएको थियो ।
दर्शकहरुले गोलाबारीको आवाज सुन्दा सुरुमा आफुहरुलाई फिल्मको कुनै विशेष इफेक्ट जस्तो लागेको र पछि मान्छे ढल्न थालेपछि र भागदौड हुन थालेपछि मात्र आक्रमण भएको थाहा भएको बताए । स्थानीय मिडियाहरुका अनुसार दुइ जना बन्दुकधारीले अनियन्त्रित रुपमा गोलाबारी गरेका थिए । उनीहरुले त्यहाँ केही विस्फोटक पदार्थ समेत पड्काएको बताइएको छ । आक्रमणकारीहरुले मुखमा मास्क लगाएर आएका थिए । प्रहरीले आक्रमणकारीले छाडेको कारबाट मास्क, बन्दुक तथा ह्याण्डगन बरामद गरेको छ ।

Friday, July 20, 2012

बैद्य हिंडेपनि भट्टराईमाथि आरोपको चाङ उस्तै


५ साउन, काठमाडौं । पार्टीमा सँगै छँदा मोहन वैद्य किरण पक्षधरले प्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई कहिल्यै पनि राम्रो नजरले हेरेन । प्रधानमन्त्री भएदेखि नै भट्टराईको खेदो खन्न थालेको बैद्य पक्षधरले छुट्टएिर हिंड्ने बेलासम्म उसैगरी खोइरो खनिरहृयो । विपक्षी दलहरुबाट भन्दा पनि वैद्य पक्षबाट भट्टराईले चर्को आलोचना सहनु पर्यो ।
भारतसँग भएको बिप्पा सम्झौता तथा सेना समायोजन, हतियार हस्तान्तरण लगायत शान्ति प्रकृयासँग जोडिएका मुद्दामा भट्टराईले पार्टी र राष्ट्रहित विपरीत कदम चालेको उसको आरोप थियो । छुट्टएिर हिंडेपछि पनि बैद्य पक्षले भट्टराईलाई यो आरोप लगाइरहेको छ ।
बैद्य पक्ष हिंडेपछि यतिबेला भट्टराईले पार्टीभित्रबाट आउने यस्तो आरोपबाट मुक्त हुनुपर्ने हो । तर भएको छैन । राजधानीमा जारी विस्तारित बैठकमा अध्यक्षको प्रतिवेदनमाथि सुझाव प्रस्तुत गर्ने क्रममा नेताहरुले बिप्पाको कुरा पनि उठाउने गरेका छन् । प्रदिवेदनमा बिप्पाबारे प्रष्ट कुरा उल्लेख नभएको भन्दै प्रतिनिधिहरुले असन्तुष्टी जनाएका छन् । पार्टी नेतृत्ससँग छलफल नै नगरी भट्टराई बिप्पा सम्झौता गरेको कुरा बाहिर चर्चामा रहेपनि अध्यक्षको प्रतिवेदनमा यसबारे केही उल्लेख छैन । सम्झौता ठीक छ भने ठीक हो भन्नुपर्ने र ठीक होइन भने ठीक छैन भन्नुपर्नेमा नेतृत्व अस्पष्ट भएको भन्दै उनीहरुले आलोचना गरेका छन् ।

माओवादी बैठकमा प्रचण्ड र बाबुराममाथि नै आक्रमण


५ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादीको राजधानीमा जारी विस्तारित बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री समेत रहेका उपाध्यक्ष डा. बाबुराम भट्टरार्इमाथि नै आक्रमण भएको छ ।
प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि भएको समहूतगत छलफलको रिपोर्टिङ गर्ने क्रममा भोजपुरा राज्य समितिको तर्फबाट को बोल्ने भन्नबारे सुरु भएको विवादले उग्ररुप लिएपछि प्रचण्ड र बाबुराम पक्ष एक-अर्का पक्षका शीर्ष नेताहरुमाथि नै जाइलागेका हुन् ।
विवाद बढ्दै गएपछि प्रचण्डका विश्वासपात्र पोलिटव्युरो सदस्य प्रभाकर बैठक स्थलबाट बाहिरिन खोजेका उपाध्यक्ष भट्टराईमाथि जाइलागेका हुन् । उनले भट्टराईलाई कठालो समाउने प्रयास गरेका थिए । आफ्ना नेतामाथि आक्रमण भएपछि आक्रोसित भट्टराई पक्षीय एक कार्यकर्ताले पार्टी अध्यक्षमाथि नै कुर्सी प्रहार गरे । बैठकमा सहभागी एक नेताका अनुसार कार्यकर्ताले हानेको कुर्सी प्रचण्डको ढाडमा लागेको थियो । प्रचार प्रसार उपसमिति संयोजक बिश्वभक्त दुलालले भन्नुभयो- ‘सामान्य बिषयमा सुरु भएको बिबाद, तानातान र हानाहानको स्थीतिमा पुगेको हो ।’
कसरी बढ्यो तनाव ?
शुक्रबार ११ बजे बस्ने भनिएको बन्दसत्र एकघण्टा ढिलो गरी शुरुभयो । बैठक सुरु भए लगत्तै नामावली सूची अनुसार भोजपुराका बलिदान साहलाई अध्यक्षको प्रतिवेदनमाथि भएको समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्न मञ्चमा बोलाइयो । भट्टराई पक्षका साहले बोल्न थाल्नेबित्तिकै मञ्च र तल रहेका प्रचण्ड पक्षका नेता तथा प्रतिनिधिले आफ्ना पक्षका अशोक जैसवालले बोल्नुपर्ने भन्दै हुटिङ गरे ।
भट्टराई पक्षकाले भने साहले बोल्नथालिसकेकोले उनले बोलेपछि अशोकलाई बोल्न दिनुपर्ने बताए । तर, प्रचण्ड पक्षधरले एकोहोरो हुटिङ र होहल्ला गर्न छाडेनन् । यसको नेतृत्व नेतृ अञ्जना विशंखेले गरेकी थिईन् ।
बोल्न थालेका आफ्ना पक्षका नेतालाई अवरोध गरेको भन्दै मञ्चमा रहेका भट्टराई, देवेन्द्र पौडेल लगायतले विरोध जनाए । बोल्नै नपाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ भनेर भट्टराई र पौडेलले प्रतिवाद गरे लगत्तै त्यहीं रहेका प्रचण्ड पक्षधर नेता जनार्दन शर्मा प्रभाकरको पारो तात्यो । ‘गुटबन्दी गर्ने तिमी नै हौ’ भन्दै उनले भट्टराईमाथि हात हाल्न खोजे । सँगै रहेका पौडेल, डिलाराम आचार्य लगायतका नेताहरुले छेकेका कारण प्रभाकरको हात बाबुराममाथि पर्न पाएन । उनीहरुले नछेकेको भए बाबुरामले पिटाई खाने बैठकमा सहभागी एक नेताले अनलाइनखबरलाई बताए ।
उपाध्यक्षमाथि नै नै हातपात गर्न खोजेको भन्दै भट्टराई पक्षधरका नेताहरुले चर्को बिरोध र हुटिङ गरे । त्योबेला अध्यक्ष प्रचण्डले ‘हैन मिलाऔं, शान्त रहनोस्’ भन्दै थिए । तर, हातपातकै स्थिति आएपछि बाबुराम पक्षधर कार्यकर्ता पनि प्रतिवादमा उत्रिए । बझाङका एक प्रतिनिधिले पार्टी अध्यक्ष प्रचण्डमाथि कुर्सी प्रहार गरे । कार्यकर्ताबाट नै नेताहरु असुरक्षित रहेको थाहा पाएपछि प्रहरीले हस्तक्षेप गरेर शीर्ष नेताहरुलाई ‘रेस्क्यू’ गर्नु परेको स्रोतको भनाई छ ।

कोटेश्वरमा बसको ठक्करबाट एकको मृत्यु


५ साउन, काठमाडौं । कोटेश्वर चोकमा बसको ठक्कबाट एक युवकको मृत्यु भएको छ ।
अरनिको राजमार्गअन्तर्गत काठमाडौँ-जिरी चल्ने बा २ ख ८८६५ नम्बरको बसले किच्दा दोलखा सुन्दरावती-५ का १८ वषर्ीय अरुण खड्काको मृत्यु भएको हो । काठमाडौँ-बनेपा-धुलिखेलको बसबिसौनी कोटेश्वर चोकमा पानी बेच्दै गरेको अवस्थामा खड्कालाई बसले किचेको सोही स्थानमा घडी व्यवसाय गर्ने गणेश खड्काले जानकारी दिनुभयो ।
बस तथा बसका चालकलाई नियन्त्रणमा लिइसकेको ट्राफिक प्रहरी कार्यालय कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिनुभयो । रासस

Thursday, July 19, 2012

विदेशी नाम राख्र्ने कलेजलाई ध्वस्त पार्ने चेतावनी


४  साउन, काठमाडौं । 
विभिन्न विद्यार्थी संगठनका नेताहरुले विदेशी नाम राखेर कलेज सञ्चालन गर्ने र विज्ञापनको नाममा लाखौ रुपैया खर्च गर्ने उच्चमाध्यमिक विद्यालयहरुलाई ध्वस्त पार्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा एकीकृत नेकपा माओवादी निकट अनेरास्वीयू क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले विदेशी नाम झल्कने विद्यालय कलेजहरुले नेपाली नाम राख्नै पर्ने भन्दै त्यसो गर्न अटेर गरे ध्वस्त पार्ने चेतावनी दिनुभयो । सरकारले नाम परिवर्तन र विज्ञापनको विषयमा निर्देशन जारी गरे पनि त्यसलाई नमानेर कानूनको उल्लघन गरेको दावी गर्दै कानून उल्लघन गर्ने विद्यालयहरुलाई कुनै पनि हालतमा नछाड्ने स्पष्ट पार्नुभयो । उहाँले प्लसटु शिक्षासम्म निशुल्क हुनु पर्ने भन्दै अहिले भएका प्लस टुको शुल्कको सिलिङ तोकेर अनियमित शुल्क लिने प्रबृत्तिलाई निरुत्साहित गर्नु पर्ने धारणा राख्नुभयो ।
नेविसंघका अध्यक्ष रञ्जित कर्णले नीजि उच्च माविहरुले विदेशी नाम राखेर राष्ट्रियतामाथि ठाडो हस्तक्षेप गराएको भन्दै विदेशी नाम राखेर राष्ट्रियतामाथि खेलबाड गर्ने कार्य नसहने चेतावनी दिए । कर्णले विगतमा शिक्षामन्त्रालय र हिसान सहितका सरोकारबाला पक्षहरुसँग यस विषयमा सहमति भए पनि अहिलेसम्म कार्यान्वयन हुन नसकेकोले आफूहरु आन्दोलनमा उत्रिएको स्पष्ट पार्दै सहमति कार्यान्वयन नगरे आगामी दिनमा आन्दोलन अझै कडा पार्ने चेतावनी दिनुभयो ।
नेकपा-माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववीयू क्रान्तिकारीका संयोजक सरद रसाइलीले सहमति विपरित नाम, विज्ञापन गरेको भन्दै यस्तो कार्यलाई नरोके त्यस विरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिनुभयो । उहाँले नीजि शिक्षालय डिपार्टमेन्ट स्टोर जस्तो बनेको भन्दै नीजि र सरकारी उच्चमाविमा समान पाठ्यक्रम र शुल्क हुनु पर्ने माग गर्नुभयो ।
उच्च माध्यमिक शिक्षा परिषदका उपाध्यक्ष प्राडा हेमकुमार मिश्रले परिषदको विनियममा विदेशी नाम राख्ने वा नराख्ने विषयमा कुनै ब्यवस्था नभएको भन्दै नेपाली कला सस्कृति झल्कने नाम राख्ने विषयमा आफूहरुले निर्देशन दिन बाहेक कुनै पनि कारवाही गर्न नसक्ने स्पष्ट पानुभयो । हिसानका अध्यक्ष उमेश श्रेष्ठले स्विकृती दिने निकायले नै नामको विषयमा अनुमति दिएकोले अहिले नियन्त्रण गर्ने कुरा अब्यवहारिक भएको बताउनु भयो ।
अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले अग्रेजी नाम राख्नु राम्रो नभएको भन्दै नीजि विद्यालयहरुको नियतमै खोट रहेको आरोप लगाउनु भयो ।

लडाकू कमान्डरद्धारा सामूहिक राजीनामा


४ साउन, काठमाण्डौ । एकीकृत माओवादीका लडाकू शिविरका कमाण्डर र सहायक कमान्डरहरुले सामूहिक राजीनामा दिएका छन् । शिविरभित्र रहेका वेला कमाण्डरहरुले आर्थिक अनियमितता गरेको भन्दै पूर्व लडाकूहरु विस्तारित वैठक नै रोक्नेगरि आन्दोलनमा उत्रिएपछि उनीहरुले विहीवार पार्टी नेतृत्वलाई राजीनामा वुझाएका हुन् ।
स्रोतका अनुसार विहान बसेको एकीकृत माओवादीको पदाधिकारी वैठकमा वोलाइएका सबै शिविरका कमान्डर तथा सहायक कमान्डरहरुलाई जाचबुझमा सजिलो बनाउने गरि राजीनामा दिन आग्रह गर्नुभएको थियो ।  
प्रचण्डको आग्रहपछि कमाण्डर र सहायक कमाण्डर गरि १२ जनाले प्रचण्डसमक्ष राजीनामा पेश गरेको बताइएको छ । तेस्रो डिभिजन शक्तिखोरका धनबहादुर मास्की, छैठौं शिविर सुर्खेतका महेन्द्रबहादुर शाही र  सातौं डिभिजन कैलालीका सन्तु दराई, एक नम्बर डिभिजन इलामका यमबहादुर अधिकारी, दुई नम्बर डिभिजन सिन्धुलीका सुकबहादुर रोक्का र चौथो डिभिजन नवलपरासीका तेजबहादुर ओलीले राजीनामा दिएका छन् । उनीहरुसंगै ६ वटै शिविरका सहायक कमान्डरहरुले पनि राजीनामा दिएका छन् । पााचौ शिविर भने लामोसमय देखि  कमान्डर विहिन छ ।
शिविरका कमान्डरहरुले लडाकूहरुवाट प्रतिमहिना १ हजार रुपैयाका दरले उठाएको, सरकारले दिएको रासन र भत्ता वापतको रकममा पनि अनियमितता गरेको पूर्व लडाकूहरुले आरोप लगाएका छन् । यसैवीच पार्टीको स्थायी समितिको वैठकले शिविरभित्र भएको आर्थिक अनियमितता तथा उनीहरुका माग सम्वोधनका लागि समिति गठन गर्ने निर्णय गरेको छ । समितिले छानविन गरि सत्यतथ्य बाहिर ल्याउने बताइएको छ ।

बैद्य पथमा ‘नारानकाजी’


समाचार टिप्पणी । ‘राष्ट्रिय स्वाधिनता’को नारा लगाउँदै वैद्यहरुले माओवादी फुटाएपनि प्रचण्डलाई त्यसको भूतले नछाड्ने भएको छ । भारतीयहरुका नजिकका मित्र र निकै चतुर खेलाडी भनेर चिनिने माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ यतिखेर बैद्य पथमा लागेका छन् । अहिलेको सरकारमा उपप्रधानमन्त्री रहेका काजीले यतिखेर ‘राष्ट्रिय स्वाधिनता’को मुद्दालाई निकै चर्कोसँग उठाउन थालेका छन् ।
प्रधान सत्रु भारत हो कि हैन भनेर तोक्न प्रचण्डले आनाकानी गरिरहेका बेला काजीले राष्ट्रिय स्वाधिनतालाई पहिलो मुद्दा बनाउनुपर्ने भन्दै लविङ गरिरहेका छन् । प्रचण्डलाई भेटेर राजनीतिक प्रतिबेदनमा राष्ट्रिय स्वाधिनताको कुरा नपरे भिन्नै प्रस्ताव ल्याउने भन्दै घुर्काएका उनले विस्तारित वैठकको सुरुमै त्यसमा जोड दिए ।
नेपाली कम्युनिष्टहरु सामान्यतयाः राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई भारतविरोधी आन्दोलन ठान्छन् । नेपालीहरुको राष्ट्रबादी छविलाई ‘क्यास’ गर्दै राजनीक भबिष्य सुनिश्चीत गर्न इतिहासमा धेरै कम्युनिष्ट नेताहरुले राष्ट्रियताको मुद्दालाई चर्कोसँग उठाएका छन् । तर, लामो समय भारतीयको पि्रयपात्र रहेका काजीले किन अचानक स्वाधिनताको कुरा उठाए भनेर जिल्ल परिरहेका छन यतिखेर माओवादी कार्यकर्ता ।