सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, July 24, 2012

नदीमा डुबेर रुसमा नेपाली विद्यार्थीको मृत्यु

९ साउन, काठमाडौं । रुसको इदाहो विश्वविद्यालयमा अध्ययनरत एक विद्यार्थीको नदिमा डुबेर ज्यान गएको छ । काठमाण्डौका २२ वर्षका विशाल श्रेष्ठको शनिबार सेल्बे नदीमा  र्‍याफि्टङका क्रममा दुर्घटना हुँदा डुबेर ज्यान गएको एपीले जनाएको छ ।
 र्‍याफि्टङ बोट पल्टिएर भएको दुर्घटनामा उक्त विश्वविद्यालयमा अध्ययनरत अरु ४ विद्यार्थी भने पौडिएर बाँच्न सफल भएका छन् । श्रेष्ठले लाइफ ज्याकेट नलगाएका हुनाले नदीमा डुबेको बताइएको छ ।
उनको शव आइतबार बिहान स्थानीय समय अनुसार १० बजे नदिमा फेला परेको थियो । श्रेष्ठ इदाहो विश्वविद्यालयमा भौतिक शास्त्र तथा इन्जिनियरिङ विषयमा अध्ययनरत थिए ।

No comments:

Post a Comment