कुनै व्यक्तिले जिवन बीमा गराउनु सामान्य हो । तर कसैले आफ्नो नितम्बको बीमा गराउँछ भन्ने सुन्दा अचम्म लाग्न सक्छ । यो विचित्र दुनियामा असम्भव भन्ने कुरा केही छैन । बेलायतकी एक महिलाले ४० लाख पाउण्डमा आफ्नो नितम्बको बीमा गराएकी छिन् । यो रकम ५ करोड २८ लाख रुपैयाँ भन्दा बढि हो । ३९ वर्षकी नतालिया थमसले यतिधेरै रकममा नितम्बको बीमा गराएकी छिन् ।

उनले बेलायतका ६ सय २ वटा होटलको ओछ्यानको जाँच गर्नेछिन् । आगन्तुकका लागि होटलका बेड कत्तिको आरामदायी छन् भनेर जाँच गर्न उनले ६ सय २ वटा होटलका गरी ४६ हजार वटा बेडमा सुत्नुपर्नेछ ।
बेडको जाँच गर्नका लागि बारम्बार बस्नु र सुत्नु पर्ने भएकाले त्यसले आफ्नो नितम्बमा असर गर्नसक्ने भन्दै उनले मोटो रकममा आफ्नो नितम्बको बीमा गराएकी हुन् । बीमा गराएपनि उनले बेडको जाँचका क्रममा नितम्ब सुरक्षाको लागि भरपूर सावधानी अपनाउनेछिन् । उनले जिन्स नलगाएर खुल्ला कपडा लगाउनेछिन् भने नियमित रुपमा मोइस्चराइजरको प्रयोग गर्नेछिन् ।
होटलका बेड जाँच्ने आफ्नो नयाँ जागिरबाट नतालिया निकै उत्साहित छिन् ।
Good job hami lai pani paincha hola yasto job.kohi bataya hame please.
ReplyDelete