४ साउन, काठमाडौं । नेकपा एमालेले जातीय पहिचानसहितको संघीयताको पक्षमा उभिएका अदिवासी जनजाति नेताहरुलाई जिम्मेबारीबाट हटाएको छ ।

जनजाति महासंघको इन्चार्जबाट पृथ्वीसुब्बा गुरुङलाई हटाइएको छ । उहाँको स्थानमा रघुवीर महासेठलाई ल्याइएको छ । यस्तै जनसांस्कृतिक महासंघको इन्चार्जबाट बिजय सुब्बालाई हटाएर प्रदीप नेपाललाई ल्याइएको छ । यस्तै बुद्धिजिवी विभागबाट रकम चेम्जोङलाई हटाएर गोकर्ण विष्टलाई ल्याइएको छ ।
अन्य विभागहरुमा जिम्मेबारी फेरफेर गरेको एमालेले असन्तुष्ट नेताहरुलाई भने थया जिम्मेबारी दिइएको छैन । जातीय पहिचानसहितको सहितको पक्षमा उभिएका राईसहितका जनजाति र मधेसी नेताहरुले एमालेले अग्रगामी विचार सूमह गठन गरि पार्टीको औपचारिक बैठक तथा कार्यक्रम बहिस्कार गर्दै आएका छन् ।
No comments:
Post a Comment