सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, July 17, 2012

माओवादीको सत्ता कब्जा नीतिले सहमति हुनसकेनः कोइराला


२ साउन, काठमाडौं । नेपाली काँगे्रसका सभापति सुशील कोइरालाले मुलुकमा एकीकृत नेकपा माओवादी निरङ्कुशता लादेर सत्ता कब्जा गर्ने रणनीतिकासाथ अगाडि बढिरहेकाले दलहरुबीच राष्ट्रिय सहमति हुन नसकिरहेको बताउनुभएको छ ।
नेपाल विद्यार्थी सङ्घ, काठमाडौँ-पाल्पा सम्पर्क समितिद्वारा मंगलबार आयोजित कार्यक्रममा उहाँले राष्ट्रिय सहमतिकासाथ अगाडि बढ्न एमाओवादी तयार भए जुनसुकै विन्दुमा पनि सहमति कायम हुनसक्नेमा जोड दिनुभयो । ‘माओवादी एकपक्षीयरुपले मुलुकमा निरङ्कुशता लाद्न खोज्दैछ, हामीहरु सहमति कायम गरेर अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छौँ,’ सभापति कोइरालाले भन्नुभयो-’माओवादीको पछिल्ला गतिविधिले दलहरुबीच विश्वासको सङ्कट चुलिएको हो ।’
उहाँले आफूहरु जहिले पनि राष्ट्रिय सहमति, एकता, सहकार्य र मेलमिलापकै पक्षमा रहेको र यसबाटै निकास निकाल्नुपर्छ भन्नेमा अडिग रहेको बताउनुभयो ।

No comments:

Post a Comment