सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, July 19, 2012

विदेशी नाम राख्र्ने कलेजलाई ध्वस्त पार्ने चेतावनी


४  साउन, काठमाडौं । 
विभिन्न विद्यार्थी संगठनका नेताहरुले विदेशी नाम राखेर कलेज सञ्चालन गर्ने र विज्ञापनको नाममा लाखौ रुपैया खर्च गर्ने उच्चमाध्यमिक विद्यालयहरुलाई ध्वस्त पार्ने चेतावनी दिएका छन् ।
रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा एकीकृत नेकपा माओवादी निकट अनेरास्वीयू क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले विदेशी नाम झल्कने विद्यालय कलेजहरुले नेपाली नाम राख्नै पर्ने भन्दै त्यसो गर्न अटेर गरे ध्वस्त पार्ने चेतावनी दिनुभयो । सरकारले नाम परिवर्तन र विज्ञापनको विषयमा निर्देशन जारी गरे पनि त्यसलाई नमानेर कानूनको उल्लघन गरेको दावी गर्दै कानून उल्लघन गर्ने विद्यालयहरुलाई कुनै पनि हालतमा नछाड्ने स्पष्ट पार्नुभयो । उहाँले प्लसटु शिक्षासम्म निशुल्क हुनु पर्ने भन्दै अहिले भएका प्लस टुको शुल्कको सिलिङ तोकेर अनियमित शुल्क लिने प्रबृत्तिलाई निरुत्साहित गर्नु पर्ने धारणा राख्नुभयो ।
नेविसंघका अध्यक्ष रञ्जित कर्णले नीजि उच्च माविहरुले विदेशी नाम राखेर राष्ट्रियतामाथि ठाडो हस्तक्षेप गराएको भन्दै विदेशी नाम राखेर राष्ट्रियतामाथि खेलबाड गर्ने कार्य नसहने चेतावनी दिए । कर्णले विगतमा शिक्षामन्त्रालय र हिसान सहितका सरोकारबाला पक्षहरुसँग यस विषयमा सहमति भए पनि अहिलेसम्म कार्यान्वयन हुन नसकेकोले आफूहरु आन्दोलनमा उत्रिएको स्पष्ट पार्दै सहमति कार्यान्वयन नगरे आगामी दिनमा आन्दोलन अझै कडा पार्ने चेतावनी दिनुभयो ।
नेकपा-माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववीयू क्रान्तिकारीका संयोजक सरद रसाइलीले सहमति विपरित नाम, विज्ञापन गरेको भन्दै यस्तो कार्यलाई नरोके त्यस विरुद्ध कडा रुपमा प्रस्तुत हुने चेतावनी दिनुभयो । उहाँले नीजि शिक्षालय डिपार्टमेन्ट स्टोर जस्तो बनेको भन्दै नीजि र सरकारी उच्चमाविमा समान पाठ्यक्रम र शुल्क हुनु पर्ने माग गर्नुभयो ।
उच्च माध्यमिक शिक्षा परिषदका उपाध्यक्ष प्राडा हेमकुमार मिश्रले परिषदको विनियममा विदेशी नाम राख्ने वा नराख्ने विषयमा कुनै ब्यवस्था नभएको भन्दै नेपाली कला सस्कृति झल्कने नाम राख्ने विषयमा आफूहरुले निर्देशन दिन बाहेक कुनै पनि कारवाही गर्न नसक्ने स्पष्ट पानुभयो । हिसानका अध्यक्ष उमेश श्रेष्ठले स्विकृती दिने निकायले नै नामको विषयमा अनुमति दिएकोले अहिले नियन्त्रण गर्ने कुरा अब्यवहारिक भएको बताउनु भयो ।
अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले अग्रेजी नाम राख्नु राम्रो नभएको भन्दै नीजि विद्यालयहरुको नियतमै खोट रहेको आरोप लगाउनु भयो ।

No comments:

Post a Comment