सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, July 25, 2012

मल्टिसेक्स घातक !


भन्नलाई त मन मिलेपछि जतिवेला, जोसँग सेक्स गरे पनि हुन्छ भनिन्छ । सेक्स शारीरिक आवश्यकता भएकोले पनि सन्तुष्टि पाउनको लागि सेक्स गर्दा अन्यथा मान्नु हुँदैन ।  

जसको कारण पनि सकेसम्म मान्छेहरू धेरैभन्दा धेरैसँग सेक्स गरेर आनन्दमात्र होइन, अनुभव पनि बटुल्न खोजिरहेका हुन्छन् । समाजमा सेक्सलाई हेर्ने दृष्टिकोण खुकुलो हुँदै गएकोले ‘मल्टिसेक्स’ गर्ने चाहना पूरा गर्न उति गाह्रो नहुने भएको छ ।

तर, यसरी पाइयो र चाहना भयो भन्दैमा धेरैसँग सेक्स गर्दा पछि पुर्परोमा हात राखेर बस्नुपर्ने खतरा हुने बताइएको छ । यौन चिकित्साशास्त्रका अध्ययनकर्ताहरूका अनुसार ‘मल्टिसेक्स’ मानवीय जीवनका लागि घातक छ । कुनै कोणबाट पनि यसले मानवीय स्वास्थ्यलाई फाइदा नपुर्‍याउने वैज्ञानिकहरूको दाबी छ ।

कतिसम्म भने उनीहरूले ‘मल्टिसेक्स’ले मान्छेहरूको आयु घटाउने दाबी गरेका छन् । धेरैसँग सेक्स गर्दा महत्त्वपूर्ण अंगहरू शिथिल हुने र यौन रोगहरूले पनि आक्रमण गर्ने भएकोले ‘मल्टिसेक्स’बाट टाढा बस्न वैज्ञानिकहरूले सुझाव दिएका छन् । त्यस्तै, पछिल्लो केही समययता ‘मल्टिसेक्स’कै कारण यौन रोगको संक्रमण बढ्दै गएको र यो मानवीय स्वास्थ्यको लागि चुनौती बनिरहेको वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।

No comments:

Post a Comment