सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, July 24, 2012

गच्छदारले भने-तपाईले लेख्दैमा रक्त चन्दन तस्कर प्रमाणित हुन्छु ?

८ साउन, काठमाण्डौ । उपप्रधान एवं गृहमन्त्री विजयकुमार गच्छदारले जनतामा प्रहरीले पैसा नखाई काम नै गदैन भन्ने परेको भन्दै छवी सुर्धान निर्देशन दिनु भएको छ । ‘तपाईहरुको इमेज विग्रिएको छ । प्रहरी र ट्राफिकले पैसा नखाई कामै गर्दन भन्ने परेको छ’ ट्राफिक प्रहरीको एफएम मेट्रो ट्राफिकको नियमित प्रशारणको उद्घाटन गर्दै गच्छदारले भन्नुभयो-प्रहरीले पैसा नखाई काम गर्दो रहेछ भन्ने स्थापित गर्नुहोस् ।’
सबै प्रहरीको नियतमाथि आफूले शंका नगरेको भन्दै उहाँले जनतामा रहेको अविश्वासलाई भने हटाउन आग्रह गर्नुभयो ।
गृहमन्त्री गच्छदारले प्रहरी प्रशासनमा आफूले कुनै हस्तक्षेप नगरेको दावी गर्नुभयो । ‘राजनीतिक हस्तक्षेप शुन्य पार्छु । स्वयंम म पनि हस्तक्षेप गर्दिन’ उहाँले भन्नुभयो-’मैले अहिलेसम्म कसैलाई फोन गरेर फलानोलाई छुटाउनु पर्‍यो भनेर भनेको छ भने भन्नुस्, म आफूलाई पदच्यूत भएको ठान्नेछु ।’
बंशजका आधारमा नागरिकता दिनुस् भनेर प्रमुख जिल्ला अधिकारीलाई दबाव दियो भनेर केही सञ्चार माध्यमले आफूलाई बदनाम गरेको आरोप लगाउनु भयो । उहाँले भन्नुभयो-’मैले टेनिफोन समेत नगरेका सीडीओको बहुलठ्ठीपूर्ण अभिव्यक्तिको आधारमा समाचार बनाएर मलाई बदनाम गर्न खोजेयो र एउटा कर्मचारीलाई जहाहरुलाल नेहरु बनाइदियो ।’
आफूलाई रत्त चन्दन तस्कर बनाउन समेत केही मिडिया लागेको भन्दै गच्छदारले भन्नुभयो-’तपाईले छाप्दैमा मेरो निधारमा रक्त चन्दन तस्कर भनेर प्रमाणित हुन्छु ।

No comments:

Post a Comment