सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, July 14, 2012

प्रधानमन्त्रीले बाध्य भएर बालुवाटार छोड्छन् : नेपाल


३० असार, चितवन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री डा वावुराम भट्टराईले बाध्य भएर आफै पद त्याग गर्ने वताउनुभएको छ । उहाँले मुलुकमा जारी राजनीतिक तथा संवैधानिक संकट र जनताको दबाबपछि भट्टराईले आफै बालुवाटार छोड्ने वताउनुभयो ।
शनिवार विहान चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै नेता नेपालले निर्वाचन आयोगले तोकेको साउन ७ को मिति अनुसार प्रधानमन्त्रीले आवश्यक कानुन तयार गर्न नसकेपछि बाध्य भएर पद छोड्ने बताउनुभयो । नेता नेपालले अब बन्ने राष्ट्रिय सहमतिको सरकारको नेतृत्व भने नेपाली काँग्रेस गर्ने वताउनुभयो ।
उहाँले भन्नभयो,’प्रमुख तीन दल र मधेशी मोर्चावीच गत बैशाख २१ मा भएको सहमति अनुसार नै काँग्रेसले नेतृत्व गर्छ । यो विषयमा एमालेमा कुनै द्विविधा छैन ।’ नेता नेपालले संघीयताको विषयमा भएका सहमतिलाई माओवादीले उल्टाउदा संविधानसभा विघटन भएको दाबी गर्नुभयो । नेपालले पहिचानका पाँच आधार नै संघ निर्माणको आधार हुने स्पष्ट पार्नुभयो ।
जातीय पहिचानका आधारमा कुनै पनि हालतमा सङ्घीय संरचनामा नजाने उल्लेख गर्दै उहाँले जातीय पहिचानका माग राखेर एमालेभित्र सङ्घर्ष गर्ने नेताहरुले छुट्टै विचार समूहका रुपमा अघि बढ्न राखेका माग पूरा गर्न नसकिने बताउनुभयो । उहाँले भन्नुभयो,’एउटै पार्टीमा बसेपछि सन्तुष्टी र असन्तुष्टी भन्ने कुरा भइहाल्छ । तर असन्तुष्ट भएकै कारण छलफलमै नबसि विचार समूह खोलेर पार्टी फुटाउने सपना कसैले देखेको भए त्यो सपाना साकार हुदैन ।’ नेपालले पार्टी भित्रका असन्तुष्ट नेताहरुलाई छलफलबाटै चित्त बुझाएर पार्टीलाई एकतावद्ध वनाउने वताउनुभयो 

No comments:

Post a Comment