सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, July 21, 2012

संविधान संशोधन गर्न सरकारलाई थप समय दिन्छौं: निर्वाचन आयुक्त


६ साउन, काठमाडौं । निर्वाचन आयोगका आयुक्त अयोधीप्रसाद यादवले मंसिर ७ गते निर्वाचन सम्पन्न गर्नका लागी संविधान र ऐन संशोधन गर्न सरकारलाई थप समय दिने बताउनु भएको छ ।
शनिबार राजधानीमा आयोजित साक्षात्कारमा यादवले सरकारले निर्वाचनका लागी संविधान र ऐन कानून संशोधन प्रक्रिया सुरु गरिसकेकोले एक सातासम्म थप समय दिने तयारीमा आयोग रहेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो-’थोरै समयमा पनि सहमति गरेर नेपालका राजनीतिक दलहरुले ठूला ठूला परिवर्तन गरेको ईतिहास छ । त्यसैले हामि अलि लचक भएर ग्रेस पि्रयड दिन सक्छौं ।’
निर्वाचन आयुक्त यादवले आइतबार आयोगको बैठक बसेर सरकारलाई थप समय दिने निर्णय हुने जानकारी दिनुभयो । निर्वाचन आयोगले मंसिर ७ को निर्वाचनका लागि संविधान र ऐन संशोधन गर्न दिएको समय आइतबार सकिँदैछ ।

आयूक्त यादवले मंसिर ७ गते निर्वाचन सम्पन्न गर्न अन्तरिम संविधान सहित निर्वाचन सम्बन्धी ऐन र कानून संशोधन अनिवार्य भएको उल्लेख गर्दै संशोधन विना निर्वाचन गर्न नसकिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो-’नयाँ निर्वाचन गर्न अन्तरिम संविधानमा निर्वाचन क्षेत्र निर्धारण, समावेशीकरण सम्बन्धी ब्यवस्था मिलाउन आवश्यक छ ।’ निर्वाचन सम्पन्न गर्न दलरुवीचको सहमति अनिवार्य भएको भन्दै आयुक्त यादवले भन्नुभयो-’दलहरुबीचको सहमति विनाको निर्वाचनको कुनै अर्थ छैन । त्यस अवस्थामा निर्वाचन पनि सम्भव छैन ।’

No comments:

Post a Comment