सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, July 25, 2012

विप्पा सम्झौता खारेज हुनुपर्छ : चन्द

१० साउन, चितवन । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्दले भारतसँग सरकारले गरेको बिप्पा सम्झौता खारेज हुनुपर्ने माग गर्नुभएको छ । राष्ट्रिय जनस्वयम्सेवक केन्द्रको दोस्रो पूर्ण बैठकको जानकारी गराउन चितवनमा आयोजित पत्रकार सम्मेलनमा चन्दले कालोबजारी, चेलीबेटी बेचबिखन, लुटपाटविरुद्ध एक भएर संर्घर्ष गर्ने चेतावनी दिनुभयो । बर्तमान अवस्थामा विभिन्न आपराधिक घटनाको बृद्धि भएपनि त्यसलाई नियन्त्रण गर्न सरकार उदासिन रहेको उहाँको आरोप थियो ।
चन्दले राजनैतिक गतिरोध अन्त्यका लागि सर्वपक्षीय गोलमेच सभा र अन्तरिम संयुक्त सरकार नै अहिलेको उपयुक्त र वस्तुवादी विकल्प रहेको बताउनुभयो ।
नेकपा-माओवादीले अगाडि सारेको जनवादी क्रान्तिको आन्दोलनमा सहभागी भए एकीकृत नेकपा माओवादी मात्र नभई जनसुकै कम्युनिस्ट घटकसँग पनि एकता हुने सचिव चन्दको भनाइ थियो ।
जनस्वयम्सेवक केन्द्रका इन्चार्ज चन्दले केन्द्रले मुख्यरुपमा जनताको सेवा, निर्माण र सुरक्षाका क्षेत्रमा काम गर्ने स्पष्ट पार्नुभयो 

No comments:

Post a Comment