सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, July 24, 2012

देशभर समानान्तर संगठन बनाउँदै जनजातिहरु

९ साउन, काठमाडौं । नयाँ पार्टी गठनको तयारीमा रहेका नेकपा एमालेका असन्तुष्ट आदिवासी जनजाति नेताहरुले देशभर समानान्तर संगठन बनाउन सुरु गरेका छन् ।
केन्द्रमा अग्रगामी विचार समूह गठन गरेका जनजाति नेताहरु समानान्तर संगठन निर्माणका लागि देश दौडाहामा निस्किएका छन् । ‘नयाँ पार्टी गठनका क्रममा जिल्ला दौडाहमा निस्किएका हौं’ नेता विजय सुब्बाले अनलाइनखबरसँग भन्नुभयो-’सम्भव भएसम्म भेला र बैठकहरु गरेर समितिहरु बनाउँछौं ।’
उपाध्यक्ष अशोक राईसहितका नेताहरुको उपस्थितिमा मंगलबार पोखरामा कार्यकर्ता भेला गरिएको छ । प्रमुख तीन दल मुलुकलाई निकास दिन असफल भएकाले नयाँ पार्टी खोल्न लागिएको उहाँले जानकारी दिनुभयो । अब बुटबल, पाल्पा, विराटनगर लगायतका मुख्य शहरहरुमा भेला तथा जिल्ला जिल्लामा बैठक गर्ने तयारी भइरहेको नेता राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सुरुमा देशभरी नै अग्रगामी विचार समूह गठन गर्ने र त्यसपछि नयाँ पार्टी गठन गर्ने उनीहरुको तयारी छ ।
श्रोतका अनुसार नेताहरुले आदिवासी जनजाति दिवसको अबसर पारेर नयाँ पार्टीको तदर्थ समिति गठनको तयारी गरेका छन् । नयाँ पार्टीको विधान लगायतका दस्ताबेज बनाउन कार्यदल गठन गरिएको छ भने अन्य पार्टीहरुसँग वार्ता गर्ने जिम्मा अशोक राईलाई दिइएको छ ।
विभिन्न जातीय संगठन, कांग्रेस, माओवादीका आदिवासी जनजाति नेताहरुलाई नयाँ पार्टीमा आवद्ध गराउने प्रयास भइरहेको छ । सुब्बाले भन्नुभयो-’कांग्रेस र माओवादीका अदिवासी नेताहरुलाई समेत नयाँ पार्टीमा सामेल गराउने प्रयास भइरहेको छ । वार्ता गर्ने जिम्मा अशोक राईलाई दिइएको छ ।’
महासंघ पनि पार्टीको हिस्सा 
अशोक राईको नेतृत्वमा बन्ने नयाँ पार्टीको एउटा मूख्य साझेदार नेपाल आदिवासी जनजाति महासंघ बन्ने भएको छ । त्यसका लागि राजकुमार लेखी लगायतको समूह पार्टी गठनका लागि देश दौडाहमा निस्किएको छ । ‘हामी दाहिने हात हो भने जनजाति महासंघ देब्र हात हो’ एमाले नेता सुब्बाले भन्नुभयो-’उहाँहरु हामीले गठन गर्न लागेको पार्टीको महत्वपूर्ण साझेदार हो ।’

No comments:

Post a Comment