सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, December 15, 2011

कलेजमै गर्लफ्रेन्डसँग नुहाउन पाएपछि….

चिनको शांक्सी क्षेत्रमा रहेको एक विश्वविद्यालय आफ्नो अनौठो दुस्साहसी नीतिका कारण विवादमा फसेको छ । जियान सहरमा रहेको नर्थवेस्टर्न पोलिटेक्निकल युनिभर्सिटीले कलेज हातामै यस्तो बाथरुमको निर्माण गरेको छ जहाँ विद्यार्थीहरु आफ्नो गर्लफ्रेन्ड वा ब्वाइफ्रेन्डलाई लगेर सँगै नुहाउन पाउँछन् ।
विद्यार्थी जोडिले शावरमा नुहाउनका लागि १५ युआन अर्थात् २ सय ३ रुपैयाँ र बाथटबमा आनन्द लिनका लागि १८ युआन अर्थात् २ सय ४४ रुपैयाँ शुल्क तिर्नुपर्छ । जोडि नहुनेहरुले एक्लै नुहाउन चाहेमा आधा शुल्क तिरे पुग्छ ।
यो विश्वविद्यालयमा संचालित यस्तो विवादास्पद स्नानघर एक नीजि ठेकेदारले संचालन गरिरहेको छ ।
यी बाथरुममा विद्यार्थी तथा अरु कर्मचारी र उनीहरुका परिवारजनले नुहाउन पाउँछन् ।
यस्तो बाथरुमका कारण कतिपयलाई दाउ मिलेको भएपनि कतिपय विद्यार्थी समेत आक्रोसित छन् । उनीहरुले यस्तो वाहियात अफरले विद्यार्थीहरुमा ठूलो असर पुग्ने बताउँछन् ।

No comments:

Post a Comment