सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, July 10, 2012

ज्ञानेन्द्र फर्कन सक्छन्ः प्रधानमन्त्री पत्नी यमी


२६ असार, काठमाडौं । 
एकीकृत नेकपा माओवादीकी पोलिटब्यूरो सदस्यहिसिला यमीले दलीय प्रणाली असफलता तिर बढेका भन्दै राजतन्त्र र्फकन सक्ने बताउनु भएको छ । ‘दलीय प्रणाली असफलतातिर बढ्दैछ, असफल भए ज्ञानेन्द्र र्फकनसक्छन्,’ रिपोर्टर्स क्लब नेपाल साक्षात्कारमा प्रधानमन्त्रीपत्नी समेत रहेकी यमीले भन्नुभयो-बूढी मरी भन्दा काल पल्केला भन्ने डर भइसक्यो ।’ दलहरु सत्ताको लुछाचुडी गर्दा पूर्वराजालाई फाइदा पुगिरहेको उहाँको टिप्पणी थियो ।
काँग्रेस र एमाले सत्तामा मात्र केन्दि्रत भइरहको भन्दै उहाँले सहमतिका लागि लचिलो नभए ठूलो क्षति भोग्नुपर्ने चेतावनी दिनुभयो । प्रधानमन्त्री भट्टराई तानाशाह आउनसक्ने खतरालाई रोक्न जिम्मेवारीका साथ प्रस्तुत भइरहको उहाँको भनाई छ ।
नेतृ यमीले शान्ति र संविधानमा प्याकेजमा सहमति भए प्रधानमन्त्री डा.बाबुराम भट्टराई राजीनामा दिन तयार रहेको समेत बताउनु भयो । ‘बाबुराम भट्टराई जेठ १४ मै राजीनामा दिन ठिक्क परिसक्नुभएको थियो,’ उहाँले भन्नुभयो-’प्याकेजमा सहमति मात्र होस् एक मिनेट पनि पदमा बस्नुहुन्न ।’ प्रधानमन्त्री भट्टराईमाथि पदलोलुप भनी लागेको आरोपको खण्डन गर्दै उहाँले देशलाई र्दुगतिमा जानबाट रोक्न जिम्मेवारीपूर्वक काम गरिरहेको दावी गर्नुभयो ।
कांग्रेस नेता दीपकुमार उपाध्यायले प्रधानमन्त्रीले सत्ता छाडेर सहमतिको ढोका खोल्नुपर्ने बताउनु भयो । ‘बाबुरामजी नेपाली जनताले भन्दा विदेशीले प्रधानमन्त्री बनाइदिएको जस्तो व्यहोरा गरिरहनुभएको छ ‘ उहाँले भन्नुभयो-’अत्तो थापेर सत्ता टिकाउने प्रवृत्ति छाड्नुपर्छ ।’ एमाले नेता गंगालाल तुलाधरले प्रधानमन्त्री बाबुराम भट्टराईले पद त्याग नगरे सडक तताउने चेतावनी दिनुभयो ।

No comments:

Post a Comment