सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, July 25, 2012

कोरियामा एक नेपालीद्धारा आत्महत्या

१० साउन, काठमाण्डौं । वैदेशिक रोजगारको लागि कोरिया गएका एक नेपालीले आत्महत्या गरेका छन् । डेढ बर्ष अघि कोरिया गएका प्यूठान स्याउलीबाङ-५, का ओमप्रसाद शेरचनले मंगलबार झुण्डिएर आत्महत्या गरेका हुन् ।
कोरियाको छनान फेक्सकदोङमा रहेको सामा सिजन कम्पनीमा कार्यरत रहेका शेरचनलाई मंगलबार विहान मृत अवस्थामा भेटिएको थियो । उनलाई कम्पनीकै शौचालयमा झुण्डिएको अवस्थामा भेटिएको उनीसँगै काम गर्ने एक नेपालीले जानकारी दिएका छन् ।
कम्पनीको व्यवस्थापन र अन्य कर्मचारीहरुसँग पनि राम्रो सम्बन्ध रहेका शेरचनको मृत्युको कारण भने खुल्न सकेको छैन् । विद्युतिय सामानको उत्पादन गर्ने कम्पनीमा शेरचन तीन महिना अघिमात्र आएका थिए । उक्त कम्पनीमा ११ जना नेपालीले काम गर्दै आएका छन् ।
सोही कम्पनीमा गत बर्ष पनि पाल्पाका मनबहादुर दर्लामीले झुण्डिएर आत्महत्या गरेका थिए । घटनाको अध्ययन गरी स्थानिय प्रहरीले मंगलबारनै कोरिया स्थित नेपाली दूतावासलाई प्रतिवेदन बुझाईसकेको छ ।

No comments:

Post a Comment