सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, July 19, 2012

बैद्य पथमा ‘नारानकाजी’


समाचार टिप्पणी । ‘राष्ट्रिय स्वाधिनता’को नारा लगाउँदै वैद्यहरुले माओवादी फुटाएपनि प्रचण्डलाई त्यसको भूतले नछाड्ने भएको छ । भारतीयहरुका नजिकका मित्र र निकै चतुर खेलाडी भनेर चिनिने माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ यतिखेर बैद्य पथमा लागेका छन् । अहिलेको सरकारमा उपप्रधानमन्त्री रहेका काजीले यतिखेर ‘राष्ट्रिय स्वाधिनता’को मुद्दालाई निकै चर्कोसँग उठाउन थालेका छन् ।
प्रधान सत्रु भारत हो कि हैन भनेर तोक्न प्रचण्डले आनाकानी गरिरहेका बेला काजीले राष्ट्रिय स्वाधिनतालाई पहिलो मुद्दा बनाउनुपर्ने भन्दै लविङ गरिरहेका छन् । प्रचण्डलाई भेटेर राजनीतिक प्रतिबेदनमा राष्ट्रिय स्वाधिनताको कुरा नपरे भिन्नै प्रस्ताव ल्याउने भन्दै घुर्काएका उनले विस्तारित वैठकको सुरुमै त्यसमा जोड दिए ।
नेपाली कम्युनिष्टहरु सामान्यतयाः राष्ट्रिय स्वाधिनताको आन्दोलनलाई भारतविरोधी आन्दोलन ठान्छन् । नेपालीहरुको राष्ट्रबादी छविलाई ‘क्यास’ गर्दै राजनीक भबिष्य सुनिश्चीत गर्न इतिहासमा धेरै कम्युनिष्ट नेताहरुले राष्ट्रियताको मुद्दालाई चर्कोसँग उठाएका छन् । तर, लामो समय भारतीयको पि्रयपात्र रहेका काजीले किन अचानक स्वाधिनताको कुरा उठाए भनेर जिल्ल परिरहेका छन यतिखेर माओवादी कार्यकर्ता ।

नारायणकाजीले राष्ट्रिय स्वाधिनताको कुरा चर्काएर एकैपटक प्रचण्ड, बाबुराम र भारतसँग सिंगौरी खेल्न खोजेका छन् । प्रचण्ड र भारतको आडमा छोटो समयमा राजनीतिक भर्‍याङ चढेका काजीले एकाएक यु टर्न गर्दै स्वाधिनताको कुरा उठाइरहेका छन् ।
काजीनिकट एक नेताका अनुसार उनले निकै लेखाजोखा र नापतौल गरेर यो मुद्दा उठाएका हुन् । पार्टीभित्र प्रचण्ड र बाबुरामको मिलन हुने भएपछि आफ्नो पहिचानको संकटमा परेका काजीलाई कुनै चर्को मुद्दा उठाएर कार्यकर्ताको ध्यानाकर्षण गर्नुपर्ने बाध्यता छ । युद्धकालदेखि नै भारतविरोधी स्कुलिङबाट हुर्किएका माओवादी कार्यकर्तालाई त्यस्ता चर्का कुरा मन पर्छ र भावना जित्न सकिन्छ भन्ने काजीले राम्रोसँग बुझेका छन् । अर्कोतिर एकताकेन्द्रबाट माओवादीमा छिरेका नेता कार्यकर्तालाई संस्थापन पक्षले ‘चैते’ को ट्याग लगाउँदै आफुमात्रै सच्चा क्रान्तिकारी भएको तितो ब्यबहार गर्दछ । सायद काजीले त्यस्ता चर्का क्रान्तिकारीको मन जित्न र चैतेको इमेज पखाल्न यही उपयुक्त अबसर ठानेका हुन सक्छन् ।
लामो समय प्रचण्डनिकट रहेर वैद्य र बाबुरामको भाग खोस्न सफल रहेका काजी पछिल्लो समिकरणबाट चिन्तित छन् । प्रचण्डले आफुलाई भन्दा बाबुरामलाई साथ दिने भएपछि अब श्रेष्ठ समूहलाई समस्या परेको छ । पार्टीभित्रका महत्वपूर्ण पदमा आफ्ना पक्षका नेता कार्यकर्तालाई पुर्‍याउन पनि उनले फरक बिचार बाकेको देखाउँदै भाग खोज्नुपर्ने बाध्यता छ ।
पार्टीभित्रको समीकरणमात्रै काजीको यु टर्नका लागि जिम्मेवार छैन् । पछिल्लो समयमा उनको भारतसँग पनि सम्बन्ध बिगि्रएको छ । झलनाथ सरकारमा १३ दिने गृहमन्त्री भएका श्रेष्ठको त्यतिबेला भारतसँग सम्बन्ध बिगि्रएको स्रोतको दावी छ । आफ्नै सद्भावमै गृहमन्त्री बनेका श्रेष्ठले चिनियाँहरुसँग सम्बन्ध बनाएको भारतीयहरुको ठम्माइ छ । त्यसलगत्तै उनले विप्पा सम्झौताप्रति असहमति जनाए । भारतले आफुलाई टेर्न छाडेपछि उसलाई घुर्काउन पनि राष्ट्रिय स्वाधिनताको कुरा उठाएको बताइएको छ । संस्थापन पक्षका एक नेताले अनलाइनखबरसँग भने-’ लामै समयसम्म भारतको विरुद्धमा जाँदा राजनीति गर्न सकिन्न भन्ने उनलाई राम्रोसँग थाहा छ, निश्चीत अबधिसम्मका लागि घुर्काउने नीति होला ।’
राष्ट्रिय स्वाधिनताको भर्‍याङले काजीलाई सुरुमै मुनाफा दिन थालिसकेको छ । काजीलाई देखि नसहने संस्थापन पक्षका नेताहरुले पनि अहिले ‘उहाँको भनाई ठिक हो’ भन्न थालेका छन भने सधैका प्रतिपक्षी जस्ता देखिने अमिक शेरचनको समूह पनि अहिले नरम देखिन थालेको छ ।
बैद्यहरु बाहिरिएपछि उपाध्यक्ष, महासचिव, सचिव लगायतका पदाधिकार र तल्लो निकायसम्मै आधा हिस्सा दिनुपर्ने माग गरेका काजीको मागलाई प्रचण्डले लत्याइदिएका छन् । तर उनले आफ्नो राजनीति जोगाउन राष्ट्रिय स्वाधिनतादेखि फरक मतसम्मको हतियार प्रयोग गर्ने प्रष्ट सन्देश प्रचण्डलाई दिएका छन् ।

No comments:

Post a Comment