सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, November 29, 2011

पुरुषको आँखा छातिमा, महिलाको औँठीमा

कुनैपनि सेक्सी महिलालाई झ्वाट्ट हेर्दा पुरुषको आँखा उनको कुन अंगमा गड्ला ? मृगका जस्ता आाखा, स्याउदाना जस्ता गाला, हिमाल जस्ता दन्तलहर वा उठेको वदन र कसिलो नितम्ब ?
फ्रान्समा गरिएको एक अध्ययनले पुरुषहरु कुनै सुन्दरी महिलालाई चियाउने मौका पाए भने अधिकांस समय उनको आकर्षक वदन अर्थात छातिमा हेरेर गुजार्छन् ।
यद्यपि यो अध्ययनको नतिजा थाहा नभएको भएपनि हामी धेरैले यस्ता कुराको अड्कल काट्न सक्थ्यौँ । तर यदि कुनै महिलाले अर्को सुन्दरी महिलाको सरीरको कुन भाग बढि हेर्लान् भनेर प्रश्न गरियो भने भन्न गाह्रो छ ।
ती सुन्दरीले लगाएका लुगा, जुत्ता , महंगो व्याग वा हिराका लुर्का वा कसिलो ज्यानमा अर्की महिलाको नजर बढि पर्नसक्छ भनेर अड्कल काटिएला । तर यो अड्कल गलत सावित भएको छ ।
फ्रेन्च कम्पनी मिराटेकले विश्वका विभिन्न सात देशका महिलामा गरेको अध्ययन अनुसार कुनैपनि महिलाले अर्की सुन्दरी महिलाले लगाएको स्वयम्वरको औँठी हेरेर बढि समय बिताउँछन् ।
सुन्दरीले औँठी लगाएकी छैनिन् वा उनको बिहे भएको छैन भनेमात्र अरु गहना वा लुगातिर महिलाको ध्यान जान्छ । यदि लुगापनि खासै प्रसंसा गर्न योग्य रहेनछ भने मात्र सरीरका अरु अंगमा मात्र महिलाको ध्यान जाने गर्छ ।
अध्ययन अनुसार महिलाको छातिमा बढि नजर पुराउने पुरुषहरुमा फ्रान्सेली तन्नेरीहरु अघि छन् ।

No comments:

Post a Comment