सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, July 20, 2012

कोटेश्वरमा बसको ठक्करबाट एकको मृत्यु


५ साउन, काठमाडौं । कोटेश्वर चोकमा बसको ठक्कबाट एक युवकको मृत्यु भएको छ ।
अरनिको राजमार्गअन्तर्गत काठमाडौँ-जिरी चल्ने बा २ ख ८८६५ नम्बरको बसले किच्दा दोलखा सुन्दरावती-५ का १८ वषर्ीय अरुण खड्काको मृत्यु भएको हो । काठमाडौँ-बनेपा-धुलिखेलको बसबिसौनी कोटेश्वर चोकमा पानी बेच्दै गरेको अवस्थामा खड्कालाई बसले किचेको सोही स्थानमा घडी व्यवसाय गर्ने गणेश खड्काले जानकारी दिनुभयो ।
बस तथा बसका चालकलाई नियन्त्रणमा लिइसकेको ट्राफिक प्रहरी कार्यालय कोटेश्वरका प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment