सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '
Showing posts with label रोचक जानकारी. Show all posts
Showing posts with label रोचक जानकारी. Show all posts

Saturday, July 14, 2012

फेसबुकमा ‘लाइक’ देखेर मख्ख पर्नेहरु होसियार


तपाइँ आफ्नो फेसबुक पेजमा कसैले लाइक गर्यो भने निकै मख्ख पर्नुहुन्छ । सामान्य प्रयोगकर्ताको त के कुरा भयो र ठूलाठूला व्यापारिक कम्पनीहरु पनि आफ्नो फेसबुक पेजमा प्रयोगकर्ताको लाइक पाउनका लागि मरिहत्ते गर्छन् । तर

बीबीसीले गरेको पछिल्लो अध्ययनले यसरी विभिन्न कम्पनीहरुका पेजमा लाइक गर्नेहरु मध्ये अधिकांस प्रयोगकर्ताको उक्त कम्पनीको उत्पादनसँग कुनै चासो नरहेको भन्दैै यसरी प्रयोगकर्ताको लाइक प्राप्त गर्न कम्पनीहरुले व्यर्थैमा ठूलो पैसा खर्च गरिरहेको देखाएको छ ।
यसरी कुनै व्यवसायिक संस्था वा र्फमको फेसबुक पेजमा गएर लाइक गर्नेहरुमध्ये धेरै नक्कली फेसबुक प्रयोगकर्ता हुने गरेका र आफ्नो सही परिचय लुकाउने गरेका अध्ययनले देखाएको छ । अझ कतिपय अवस्थामा ह्याकरहरुले कम्प्युटर प्रोगाममार्फत नक्कली प्रोफाइल तयार पारी भाइरस पठाउन र पेज ह्याक गर्न समेत फेसबुक पेजमा लाइक गर्ने गर्छन् ।
तथापि फेसबुकले भने यो विषयमा खासै गम्भीरता देखाएको छैन र यस्तो प्रकारको समस्या वा गुनासो अहिलेसम्म नदेखिएको बताएको छ ।
स्मरण रहोस् विश्वका धेरै नामुद कम्पनीहरुले समेत आफनो फेसबुक पेजमा देखिएको लाइक संख्याको गणना गरी आफ्ना उत्पादक रुचाउने ग्राहकको आंकलन गर्ने गरेका छन् । कतिपयले दशौँ लाख लाइक प्राप्त गरेको भन्दै आफ्नो प्रोफाइल समेत तयार गर्ने गर्छन् । तर अब यसरी फेसबुक पेज मन पराउनेको संख्याबाट मात्र निकालिने निष्कर्ष गलत हुने देखिएको छ, किनकी यसरी लाइक गर्नेहरु मध्ये धेरैको लाइक झुटो वा देखावटी मात्र हुन्छ । अझ फेसबुकमा लाइक गर्नेहरु ह्याकर समेत हुनसक्ने र आफ्नो कम्पनीका महत्वपूर्ण सूचना चोर्नसक्ने खतरा समेत हुन्छ ।
फेसबुक कम्पनीले नै गएको वर्ष आफ्ना ९० करोड प्रयोगकर्ता मध्ये झण्डै साढे ५ करोड प्रयोगकर्ता नक्कली रहेको वा उनीहरुले झुटो विवरण पेश गरेको तथ्यांक सार्वजनिक गरेको थियो 

Tuesday, July 10, 2012

कसरी पत्ता लगाउने कम्प्युटरमा खतरनाक भाइरस छ–छैन ?


२५ असार, काठमाडौं । 
सोमबार तपाईको कम्प्युटरमा इन्टरनेट बन्द हुनसक्छ । किनकी ह्याकरहरुले भारइस पठाएकाले अमेरिकी जाँच एजेन्सी एफबीआईले विश्वभरका तीन लाखभन्दा बढी कम्प्युटरमा इन्टरनेट बन्द गर्दैछ । इन्टरनेट सेवा ठप्प हुने अधिकतम कम्प्युटर अमेरिकाका पर्नेछन् भने एक भाग अन्य देशका पनि हुनेछन् ।
एफबीआईले सन् २०११ को नोभेम्बरमा ह्याकरहरुको एक गिरोहलाई पक्राउ गरेको थियो, जसले ४० लाख कम्प्युटरमा भाइसर पठाएका थिए । उक्त गिरोहले विभिन्न सरोबरबाट भाइसर पठाएका कम्प्युटरको प्रयोगकर्ताले जबरजस्ती विभिन्न विज्ञापन हेर्नु पर्नेछ, जसका कारण उक्त गिरोहले पैसा पाउने छ । बताइएअनुसार उक्त गिरोहले यसरी १.४० करोड डरल कमाएको छ ।
उनीहरुले इन्टरनेटमा डोमेन नेम लुक अप नामक एक कार्यप्रणाली कब्जा गरेर यस्तो गरेका हुन् । अहिले पनि थुप्रै कम्प्युटरहरुमा उक्त गिरोहले पठाएको भाइरसको असर बाँकी रहेको एफबीआईका आधिकारीह्रुले बताएका छन् । समाचार एनेज्सी रोयटर्सका अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनहिरुले अवरुद्ध गरिने इन्टरनेट सेवा छिट्टै सुचारु गर्ने आश्वासन दिएका छन् ।

Saturday, July 7, 2012

सोमबार इन्टरनेट बन्द गर्ने भाइरसबाट यसरी बचौं


काठमाडौं, असार २३,  संसारभरका इन्टरनेट यूजर्सले सोमवार अर्थात ९ जुलाईका दिन समस्यामा पर्ने देखिएको छ । यस दिन इन्टरनेट सेबा ठप्प हुन सक्दछ । सम्पूर्ण  वेबसाइट्स र ब्लग्सहरूले यस प्रकारको चेतावनी दिइरहेका छन्। यो  DNS चेन्जर भाइरसले संसारभरिका करिब २.५ लाख कम्प्युटरलाइ आफ्नो शिकार बनाइसकेको छ । तपाइँको कम्प्यूटरमा यो भाइरस छ भने हटाउन सकिनेछ । सोमबार यदि तपाइँको कम्प्युटरमा इन्टरनेट ठप्प नहोस भन्नका लागि तल बताएको उपायहरू गर्नुस ।
कसरि बँच्न सक्नुहुन्छ तपाइँ ?
सर्वप्रथम आफ्नो कम्प्यूटरमा यो भाइरस छ छैन चेक गर्नुस । तपाइँको कम्प्युटरमा यो भाइरस भए नभएको कुरा वेबसाइट www.dns-ok.ca/ मा गएर पेजको सबैभन्दा तल भएको I Agree मा क्लिक गर्नुस । अब जुन पेज खुल्दछ, यदि त्यसमा हरियो व्यानर देखियो भने तपाइँ सुरक्षित हुनुहुनेछ । यसको मतलब तपाइँको कम्प्युटरमा यो भाइरस छैन् ।
यदि रातो रङको ब्यानरमा तपाइँको कम्प्युटरमा भाइरस छ भन्ने सन्देश आयो भने पनि डराउनु पर्दैन । तपाइँले सजिलैसंग स्क्यान गरेर उक्त भाइरस हटाउन सक्नुहुन्छ ।
भाइरस चेक गर्ने अर्को तरिकाः तपाइँको कम्प्युटरमा यो भाइरस छ छैन हेर्ने अर्को तरिका । यसमा तपाइँले म्यानुअल्ली पनि चेक गर्न सक्नुहुनछ । माइक्रोसफ्ट विन्डोज अपरेटिंङ सिस्टम प्रयोग गर्ने गर्नुहुन्छ भने Start menu मा क्लिक गर्नुस ।  Run मा क्लिक गर्नुस । त्याहाँक cmd.exe टाइप गरेर इन्टर गर्नुस । अब खुल्ने कालो रङको कमाण्ड विण्डोमा ipconfig /all टाइप गरेर इन्टर गर्नुस । त्याहाँ जुन जानकारी आएको तपाइँको कम्प्यूटरको आईपी एड्रेस र डीएनएस सर्भर  तल दिइएको नम्बरहरूसंग मेल खान्छ या खाँदैन्। यदि तल दिएको नम्बरहरूसंग तपाइको डीएनएस मेल खायो भने तपाइँको कम्प्युटरमा भाइरस छ ।

Wednesday, June 27, 2012

सामसुङको नयाँ स्मार्टफोनमा के के विशेषता छन् ?


सामसुङ कम्पनीले उत्पादन गरेको नयाँ संस्करणको स्मार्टफोन ग्यालेक्सी एस थ्री आजदेखि नेपाली बजारमा आएको छ । गएको मे लण्डनमा सार्वजनिक गरिएको यो ग्याजेटलाई सामसुङ कम्पनीको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेजले नेपाली बजारमा ल्याएको हो । नेपाली बजारमा यसको मुल्य ६९ हजार तोकिएको छ ।
के के छन् ग्यालेक्सी एस थ्री का विशेषता ?
सामसङ कम्पनीको अघिल्लो संस्करणको स्मार्टफोन ग्यालेक्सी एसटू भन्दा यो फोन केही ठूलो छ । यसको ४ दशमलब ८ इन्च ठूलो स्त्रिmन रहनुका साथै अन्य केही अत्याधुनिक विशेषता समेत रहेको बताइएको छ । यसमा स्मार्ट स्टे भनिने प्रविधिको उपयोग गरिएकाले खोलेपछि प्रयोगकर्ताले हेरुन्जेल स्त्रिmन बन्द हुँदैन ।
यसको अर्को रोचक विशेषता भनेको एस भ्वाइस सेवा हो । वास्तवमा यो स्मार्टफोनमा प्रयोगकर्ताको आवाज मुताविक काम गर्ने एउटा सफ्टवेयर राखिएको हुन्छ । सो सफ्टवेयरले अलार्म अफ भन्ने जस्ता वाक्य बुझेर स्मार्टफोनमा लागेको अलार्म बन्द गर्छ । साथै कन्ट्याक्ट लिष्टमा भएको साथीलाई फोन गर्न अंग्रेजी भाषामा बोलेर निर्देशन दिएमा स्मार्टफोनमा भएको सफ्टवेयरले आफै फोन डायल गर्छ ।
यो स्मार्टफोनमा १.४ गिगाहर्जको क्वाडकोर प्रोसेसर तथा १ जिबीको र्याम राखिएको छ भने ३२ जिबी सम्मको मेमोरी अटाउन सक्छ । गुगलको एन्ड्रोइड मोबाइल अपरेटिङ सिस्टमबाट चल्ने यो स्मार्टफोनको अर्को विशेषता भनेको मोबाइलमा फोन उठाउँदा कि प्याड थिच्नु पर्दैन । फोन कल आउँदा सेट कानमा लग्ने बित्तिकै फोन उठिहाल्छ । यो मोबाइल सेटमा ८ मेगापिक्सेलको क्यामेरा छ । यो स्मार्टफोनको अर्को फाइदा भनेको एकैपटक मोबाइल स्त्रिmनमा दुइवटा काम गर्न सकिनु हो । स्त्रिmनमा एकैपटक दुइवटा डिस्प्ले गर्न सकिन्छ । जस्तै कुनै इन्टरनेट साइट हेर्दै गर्दा अर्को भिडियो हेर्न मन लाग्यो भने पप अप प्ले मा भिडियो पनि हेर्न सकिन्छ । साथै यो स्मार्टफोनमा फेस अनलक नामको सेवा पनि उपलब्ध छ । जस अनुसार फोन सेटलाई खोल्न प्रयोगकर्ताको अनुहार प्रयोग गर्न सकिन्छ ।
कालो र निलो रंगमा उपलब्ध यो स्मार्टफोनमा प्लास्टिकको खोल छ । १ सय ३३ ग्राम तौलको यो फोनसेट ५.३८ इच्च लामो, २.७८ इन्च चौडा तथा ०.३४ इन्च मोटो छ । साथै यसले ४ जी नेटवर्कमा समेत काम गर्छ ।
सामसुङ ग्यालेक्सी एस थ्री का अन्य विशेषता निम्न छन् ः
१. एडोब फ्लास सफ्टवेयरमा भिडियो तथा आवाज प्ले गर्नसक्छ ।
२. कम्प्युटर तथा अन्य ग्याजेटमा प्रयोग हुने सामान्य युएसबी केबल प्रयो गरेर ब्याट्री चार्ज गर्न सकिन्छ ।
३. यसमा वायरलेस चार्जिङ सेवा छ । कुनैपनि प्लग वा तारबिना नै चार्जिङ गर्न सकिन्छ ।
४. यसको ब्याट्री फेर्न सकिने सुविधा छ साथै यसको ब्याट्रीको क्षमता पनि उच्च छ ।
५. यसबाट एचडिएमआइ सेवा छ । जस अन्तरगत स्मार्टफोनमा बजाइएका भिडियोहरु टेलिभिजनमार्फत हेर्न सकिन्छ ।

गुगलले बनायो कृत्रिम मस्तिष्क


प्रविधिको क्षेत्रमा इन्टरनेट कम्पनी गुगलले निकै चमत्कारिक उपलब्धि हासिल गरिरहेको छ । केही समय पहिले विचित्रको चस्मा तथा ड्राइभरविनाका कार बनाएको गुगलले अविश्वसनिय सिर्जना तयार पारेको छ ।
गुगलले कृत्रिम मस्तिष्क तयार पारी सबैलाई अचम्ममा पारेको हो । १६ हजार कम्प्युटर प्रोसेसर तथा एक अर्ब भन्दा बढि कनेक्सनको सहायताले कृत्रिम मस्तिष्क तयार पारिएको हो ।
वैज्ञानिक जेफ डिनको नेतृत्वमा रहेको टोलीले यो कृत्रिम मस्तिष्क निर्माण गरी त्यसको सफलतापूर्वक परीक्षण समेत गरेको छ । परीक्षणको क्रममा उक्त मस्तिष्कले कैयौँ भिडियोबाट बिरालोको पहिचान गर्न सफल भएको थियो । यो कृत्रिम मस्तिष्क मानव मस्तिष्क जस्तै विभिन्न घटनाक्रमबाट उच्चस्तरीय विचार मन्थन गर्न तथा घटनाक्रमको मुख्य विषय छनोट गर्न सफल रहेको बताइएको छ । कृत्रिम मानव मस्तिष्कको निर्माण प्रविधिको क्षेत्रमा निकै ठूलो उपलब्धी रहेको बताइएको छ ।

Tuesday, June 26, 2012

मोबाइल, क्यामरा तथा ल्यापटप पानीमा भिज्यो भने के गर्ने ?

अहिले वर्षातको बेला छ । यो पानीको मौसमका धेरै फाइदा छन् । तर यो झरीको मौसमले तपाइँका ग्याजेटहरुको सुरक्षामा भने चुनौति पक्कै थपेको हुनुपर्छ । तपाइँका मोबाइल सेट, क्यामेरा तथा ल्यापटप लगायतका ग्याजेटहरुमा पानी पसेर बिग्रने खतरा निकै उच्च हुन्छ यो बेला ।
त्यसैले यो बेलामा आफ्ना हाते विद्युतिय सामानको सुरक्षामा चनाखो बन्नुपर्छ । हामीले आफ्ना ग्याजेटमा पानी पर्न नदिनका लागि भरमग्दुर प्रयास गर्दागर्दै पनि कहिलेकाहीँ दुर्भाग्यवश पानीमा पर्नसक्छ । त्यस्तो बेलामा ग्याजेटलाई बिग्रन नदिनका लागि निम्न उपाय अपनाउनु पर्छ ।
१. तपाइँको ग्याजेट चाहे मोबाइल फोन, ल्यापटप वा क्यामरा नै किन नहोस् यदि भिजिहाल्यो भने तत्काल स्विच अफ गर्नुहोस् र ब्याट्री निकाल्नुहोस् ।
२. मेमोरी कार्ड तथा सिमकार्ड लगायतका सामान पनि बाहिर निकाल्नुहोस् ।
३. ग्याजेटलाई हल्लाएर र झट्कारेर भित्र पसेको पानीलाई बाहिर निकाल्ने प्रयास गर्नुहोस् ।
४. बाहिर भागलाई सुख्खा बनाउनका लागि सुकिलो कपडा वा कागजले पुछ्नुहोस् तर खस्रो सामानले रगड्ने काम नगर्नुहोस् ।
५. ग्याजेटबाट ओसिलोपना हटाउन त्यसलाई एअर कन्डिसनरको नजिकै राख्नुहोस् तर पंखा वा हेयर ड्रायरको प्रयोग गरेर ग्याजेट सुकाउने प्रयास नगर्नुहोस् ।
६. सम्भव भए तपाइँको भिजेको मोबाइल, ल्यापटप वा क्यामरालाई केहीबेर धानको थुप्रोभित्र खुसाएर राख्नुहोस् यसो गर्दा चिस्यास सोसिन्छ । तर यसो गर्दा ग्याजेटमा धुलो र भुस पर्नबाट जोगाउनुपर्छ । केही घण्टा धानको थुप्रोमा राख्न सकियो भने चिस्यान पूरै सोसिन्छ ।
८. धान भित्रबाट ग्याजेट निकाल्नुहोस् । चिस्यान भए नभएको राम्ररी हेर्नुहोस् । कतै चिस्यान देखिएमा कान कोट्याउने बड अल्कोहल स्पि्रटमा चोपेर चिस्यान भएको ठाउँमा बिस्तारै दल्नुहोस् त्यसो गर्दा ओसिलोपना हराउँछ । त्यसपछि बिस्तारै आफ्नो ग्याजेटको स्विच अन गर्नुहोस् । उल्लेखित ८ तरिका अपनाएमा तपाइँको ग्याजेटलाई पानीले असर पूराउन पाउँदैन । तर भित्री भागमा धेरै पानी पसिसकेको वा पानीमा भिजेको लामो समय भैसकेको ग्याजेटका लागि भने यो उपाय कामयावी नहुन सक्छ । एजेन्सी

Monday, June 25, 2012

अन्तरीक्ष विज्ञानमा चीनको महान उपलब्धी

अन्तरिक्ष विज्ञानमा द्रुत विकाश गरिरहेको चीनले आफ्नो अन्तरीक्ष यात्रामा निकै महत्वपूर्ण उपलब्धी हात पारेको छ ।
चीनले पहिलोपटक आफ्नो एक मावनयुक्त अन्तरीक्षयानलाई निर्माणधिन अन्तरिक्ष प्रयोगशालासँग आबद्ध गर्न सफल भएको हो । केही दिनअघि प्रक्षेपण गरिएको शेन्जो-९ नामको मानवसहितको अन्तरीक्षयानलाई तियांगोङ अन्तरीक्ष प्रयोगशालासँग  डकिङ (संयोजन) गरिएको हो । स्मरण रहोस् सन् १९६० को दशकमा अमेरिका र रुसले यस्तो सफलता हासिल गरिसकेका थिए ।
अन्तरीक्ष स्टेशन बनाउने चीनको प्रक्रियामा यो कदम निकै महत्वपूर्ण मानिएको छ । चीनले सन् २०२० सम्ममा अन्तरिक्ष स्टेशन बनाउने तयारी गरिरहेको छ ।
अन्तरीक्ष प्रयोगशालासँग आबद्ध भएको उक्त अन्तरीक्षयानमा चीनकी पहिलो महिला अन्तरीक्षयात्री लिओ येंग तथा अन्य दुइ यात्री जिंग हाइपेंग र लिओ वैंग छन् । डकिङको प्रक्रिया सफल भएपछि तिनै जना मुस्कुराएको दृश्य चिनिया सरकारी टेलिभिजनले प्रशारण गरेको थियो ।

Thursday, June 21, 2012

लामखुट्टेजस्तो रोबोट

अमेरिकी सेनाले आफ्नो सामरिक क्षमताको विकाश गर्ने क्रममा निकै अनौठो रोबोटको निर्माण गरेको छ ।
lamkhuteलामखुट्टे जस्तै आकारको रहेको उक्त रोबोट अमेरिकाको आतंकवाद विरोधी लडाइँमा प्रयोग गर्ने मनसायले तयार पारिएको हो ।
अत्याधुनिक प्रविधियुक्त उक्त रोबोट मानवरहित विमानमा प्रयोग गरिने बताइएको छ । यो रबटले मानव रहित विमानमा लामो उडान भरी आतंकवादी गतिविधिको अवलोकन गर्ने तथा आक्रमणका गतिविधिलाई पनि निर्देशित गर्ने बताइएको छ ।
साथै यो रोबोट गुप्तचर सम्बन्धि सूचना संकलनमा समेत प्रयोग हुन सक्ने बताइएको छ ।
अमेरिकाले यसअघि पनि यस्तै विचित्र खालका प्रविधिको विकाश गरी आकाशमा उडाएर गुप्तचर सूचनाहरु संकलन गर्ने र चोर्ने गरेको आरोप लाग्दै आएको छ ।
यो लामखुट्टे रोबोट आउँदो २०१५ सम्ममा प्रयोगमा ल्याइसकिने बताइएको छ ।

Tuesday, June 19, 2012

आइप्याडलाई धक्का दिन माइक्रोसफ्टको नयाँ ट्याब्लेट

अमेरिकी कम्प्युटर सफ्टवेयर कम्पनी माइक्रोसफ्टले हार्डवेयरको क्षेत्रमा जबरजस्त उपस्थिति जनाउँदै आफ्नै ब्राण्डको नयाँ ट्याब्लेट सार्वजनिक गरेको छ ।
सर्फेस  नाम दिइएको टचस्त्रिmन प्रविधिको उक्त ट्याबलेटमा अपरेटिङ सिस्टमको रुपमा विण्डोज ८ रहनेछ भने इन्टेल वा एआरएमको प्रोसेसर रहने बताइएको छ ।
माइक्रोसफ्टको नयाँ ट्याबलेटले एप्पलको आइप्याडलाई चुनौति दिनसक्ने विश्लेषण गरिएको छ ।
यसले ट्याबलेट उत्पादक अरु कम्पनीहरुलाई समेत विन्डोज ८ सपोर्ट गर्ने ट्याबलेटका मोडल उत्पादन गर्ने चुनौति खडा गरेको छ ।
माइक्रोसफ्टको नयाँ ट्याबलेटमा १०.६ इन्चको स्त्रिmन डिस्प्ले छ भने यसको खोल पहिलोपटक म्याग्नेसियमको बनाइएको छ ।
यो ट्याब्लेट एप्पलको आइप्याड भनदा केही ठूलो स्त्रिmनको तथा केही गह्रौँ समेत रहेको छ ।

Thursday, May 31, 2012

भयानक साइबर हमलाको पर्दाफास

एक रुसी सुरक्षा कम्पनीले एउटा यस्तो जटील साइबर हमला पत्ता लगाएको छ जसबाट इरान तथा इजरायल जस्ता देशका निजी सूचनाहरु चोरी  भैरहेका थिए ।
रुसी सुरक्षा कम्पनी को क्यास्पेरस्की ल्याब्सले फ्लेम नामको कम्प्युटर प्रोग्राम मार्फत सन् २०१० देखि यस्तो साइबर हमला जारी रहेको खुलासा गरेको छ । कम्पनीले फ्लेम अहिलेसम्मकै सबैभन्दा जटील साइबर हमला भएको समेत बताएको छ । इसभन्दा पहिले स्टक्सनेट नामको एक भाइरसमार्फत इरानको परमाणु कार्यक्रमलाई निसाना बनाइएको थियो ।
क्यास्पेरस्की का भाइरस विशेषज्ञ विताली कामलुकका अनुसार फ्लेममार्फत संवेदनशील सूचना एकत्रित गर्ने काम भैरहेको छ । साथै यसले नेटवर्कमा हुने कामको जासुसी गर्ने, स्त्रिmनको चित्र लिने, अडियो कुराकानी रेकर्ड गर्ने तथा किबोर्डमा निगरानी गर्ने लगायतका काम गर्ने गरेको छ । यस्तो साइबर हमला ६ सय भन्दा बढि स्थानहरुमा भैसकेको र त्यसमा आम सर्वसाधारण देखि लिएर व्यवसायिक स्थल, शिक्षण संस्थान तथा सरकारी कार्यालय समेत परेका छन् ।
फ्लेमको आकारप्रकार तथा क्षमता हेर्दा यो कुनै साइबर अपराधीले नभै कुनै देशको सरकारी संयन्त्रले जासुसीका लागि तयार पारेको हुनसक्ने रुसी विज्ञहरुको दाबी छ । यस्तो साइबर आक्रमण इरान, इजरायल सँगै सूडान, सिरिया, लेवनान, साउदी अरेयिबा तथा इजिप्ट लगायतका देशमा लक्षित छ । तर यस्तो साइबर अपराध कुन साइबर अपराधी वा जासुसी निकायले गरेको हो त्यो भने पत्ता लाग्न सकेको छैन । एजेन्सी

Friday, March 2, 2012

सास गन्हाएको पत्ता लगाउने मोबाइल


विश्वमा मोबाइल फोनको बजार निकै फस्टाइरहेको छ । यो वर्षको अन्त्यसम्ममा मान्छेको संख्या भन्दा मोबाइल फोनको संख्या बढि हुने यसअघि नै तथ्य सार्वजनिक भैसकेको सन्दर्भमा मोबाइल फोनको संख्यामा मात्र नभएर गुणस्तर तथा सुविधा र प्रविधिमा पनि ठूलै फड्को देखा परेको छ । विश्वमा यस्तो मोबाइल फोन समेत उत्पादन भएका छन् जसले तपाइँको सास गन्हाएको कुरा पत्ता लगाउँछन् ।
हालै स्पेनको बार्सिलोनामा भएको विश्व मोबाइल प्रदर्शनीमा मान्छेको स्वास दुर्गन्धित भएको बारेमा जानकारी दिने मोबाइल समेत प्रदर्शनीमा राखिएको थियो । उक्त मोबाइल फोनमा प्रयोग गरिएको अत्याधुनिक प्रविधिले मान्छेको स्वास गन्हाएको पत्ता लगाउने बताइएको छ । स्वास गन्हाउनु भनेको मुख वा स्वास नली फोहोर हुनु हो र यो बेलामा स्वासमा केही रसायन मिसिएको हुन्छ ।
गन्हाउने स्वासमा रहेको उक्त रसायन जब मोबाइलको स्त्रिmनमा ठोक्किन्छ तब मोबाइलको उक्त प्रविधिले काम गर्छ र त्यसबारेमा मोबाइल प्रयोगकर्तालाई जानकारी दिन्छ । यसैत्री बार्सिलोनाको उक्त मोबाइल प्रदर्शनीमा घण्टौ पानीभित्र डुबेपनि नबिग्रने मोबाइल फोनका साथै १५ वर्षसम्म ब्याट्रको चार्ज खप्ने मोबाइल फोन समेत राखिएका थिए ।

Wednesday, February 22, 2012

सरीर बाहिर मुटु भएपनि……(फोटो फिचर सहित)

जब रायन माक्विर्स जन्मिँदा उनको मुटु सरीर बाहिरै थियो, डाक्टरहरुमा उनी बाँच्ने आशा थिएन । सरीरको मुटुजस्तो संवेदनशील अंग सरीर बाहिर भएका बच्चा कि त जन्मिनुअघि नै मर्छन्, कि त जन्मेको २-३ दिन भन्दा बढि बाँच्दैनन् भन्ने चिकित्साशास्त्रको ठम्याइ हो ।
अझ रायनको मुटु एक त सरीर बाहिर थियो भने अर्कोतिर खासै विकशित पनि भएको थिएन, त्यसैले उनी बाँच्ने आशा मार्नु स्वभाविकै थियो । हुनत रायन जन्मनुभन्दा अगाडि नै डाक्टरहरुले भिडियो एक्सरे मार्फत चेकजाँच गर्दा उनको मुटुमा कमजोरी देखेपछि उनकी आमालाई गर्भपतन गर्न सल्लाह दिएका थिए, तर आमाले मानिनन् र जस्तो भएपनि बच्चा पाउँछु भन्ने अड्डी कसिन् ।
अन्ततः रायन जन्मिए, बाह्य मुटुको साथमा । वासिंटनको नेसनल मेडिकल सेन्टरमा ३० जना शल्यचिकित्सकले शल्यक्रिया गरेर बच्चा त निकाले तर पेन्सिल्भानियामा बस्ने हेनरी र उनकी श्रीमतीलाई आफ्नो छोरा जन्मिएपनि बाँच्न भन्ने लागेको थिएन । किनकी त्यस्तो समस्या भएको बच्चा कोहीपनि नबाँचेको भनेर डाक्टरहरु भन्थे । आखिर भाग्यले बाँच्न लेखेको छ भने कस्को के लाग्छ र ? जन्मेको दुइ हप्तामा उनको अप्रेशन गरियो, जुन सफलतापूर्वक सम्पन्न भयो र उनको मुटु छातिभित्रको सही ठाउँमा राखियो । मुटुको आकारप्रकार, धड्कन लगायतका सबै कुरा मिलाउन उनी दुइ वर्षको हुन्जेलसम्म झण्डै १ दर्जनपटक अप्रेशन गरियो र अन्ततः उनी सामान्य बालक जस्तै बने ।
अहिले झण्डै ३ वर्ष पुगेका रायन पूर्ण रुपमा स्वस्थ छन् । धेरैपटक शल्यक्रिया गरिएको र मुटुमा बाह्य कोषिका समेत राखिएकाले उनले छातिको विशेष हेरचाह गर्नुपर्छ । तर अरु स्वास्थ्य सामान्य भएको उनका बुवा हेनरी बताउँछन् । रायनका दुइ जना दिदी छन् जसमध्ये नतालीको उमेर ७ वर्ष र एइन्स्लेको उमेर ५ वर्ष छ ।
एजेन्सीको सहयोगमा

Friday, February 3, 2012

अब अरुले सोँचेको कुरापनि सुन्न सकिने !

१८ माघ, काठमाण्डौ ।
 अमेरिकी वैज्ञानिकहरुले यस्तो अत्याधुनिक प्रविधिको विकाश गरेको दाबी गरेका छन् की त्यसको माध्यमबाट कुनै व्यक्तिले सोँचिरहेको विषय अर्को व्यक्तिले सुन्न सक्छ । क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ताहरुले मस्तिष्कबाट निस्कने तरंगहरु पढ्नसक्ने प्रविधिको विकाश गरेको दाबी गरेका हुन् । यसबाट कुनैपनि व्यक्ति बोल्नुभन्दा पहिले नै उसले के बोल्न खोज्दैछ भन्ने कुरा अर्को व्यक्तिले जान्न सक्छ ।
मस्तिष्कमा केही उपकरण लगाएर कम्प्युटर प्रोग्रामको सहायताले यो सम्भव भएको वैज्ञानिकहरुको दाबी छ । पछिल्लो खोज मस्तिष्क रोगी तथा बोल्न नसक्ने मानिसहरुका कुरा समेत बुझ्न सहयोगी हुने वैज्ञानिकहरुको भनाइ छ । साथै बोल्न नसक्ने व्यक्तिहरुको लागि पछिल्लो अनुसन्धान वरदान सावित हुने दाबी उनीहरुको छ ।

वैज्ञानिकहरुले आफ्नो अनुसन्धानका क्रममा उक्त उपकरण मस्तिष्कको त्यस भागमा स्थापित गरेका थिए जसले मानिसलाई बोल्न निर्देशित गर्दछ । मस्तिष्कको उक्त भागबाट भाषा वा बोलीका जटिल विद्युतिय तरंग उत्पन्न हुन्छन् ।
ती तरंगहरुलाई कम्प्युटरको सहायताले ध्वनी तरंगमा बदलेर त्यसलाई डिकोड गरी बोलिचालीको भाषा वा शव्दको रुपमा सुन्न सकिन्छ । शोधकर्ताहरुले अनुसन्धान गरेको व्यक्तिले बोल्न खोजेको वा सोँचेको कुरा उक्त उपकरणबाट पत्ता लगाएका थिए ।

Monday, January 30, 2012

३ वर्षे बालकको पेटमा बच्चा


पेरुको राजधानी लीमाको लस मर्सिडिज हस्पिटलमा एक अद्भुत घटना घटेको छ । अस्पतालमा एक ३ वर्षको बालकको पेटको शल्यक्रिया गर्दा उसको पेटमा अर्को बच्चा भेटिएको छ ।
उक्त बालक गर्भवती भएको नभै उसको पेटमा भएको बच्चा उसको जुम्ल्याहा भाइ भएको शल्यक्रियामा संलग्न चिकित्सक कार्लोस एस्टोकोन्डरले बताएका छन् । उक्त बालकको पेटबाट निकालिएको जुम्ल्याहा भाइको तौल ७ सय ग्राम तथा लम्बाइ २५ सेन्टिमिटर छ ।
आमाको पाठेघरमा भ्रुणको विकाश हुँदा जुम्ल्याहा छुट्टाछुट्टै हुने भएपनि कहिलेकाहीँ सरिरका अंग जोडिएका हुने र चरम अवस्थामा एउटाको सरीरभित्र अर्कोको सरीर विकशित हुने चिकित्सकहरुको भनाइ छ ।
यस्तो घटनमा लाखौँ जन्ममा एक मात्र हुने विज्ञहरु बताउँछन् । पेटमा एउटा भ्रुणको विकाश अत्यन्तै तिब्र हुने र अर्को भ्रुणको विकाश निकै धिमा भएको अवस्थामा एउटा भ्रुणले अर्कोलाई सोसेर लिने र विकाशक्रममा सानो भ्रुण ठूलो भ्रुणको सरीरभित्र बन्द हुने गर्छ ।

Friday, January 27, 2012

गुगलको प्राइभेसी सेटिङमा परिवर्तन हुने

सबैभन्दा ठूलो इन्टरनेटसर्च इन्जिन गुगलले आफ्ना प्रयोगकर्ताहरुलाई इमेल गरेर आफुले आफ्ना सबै उत्पादनहरुको प्राइभेसी सेटिङमा ठूलो परिवर्तन गर्न लागेको जानकारी गराएको छ । यसमा जीमेल, यु-ट्युब र गुगल सर्च समेत सामेल गरिएको छ । नयाँ प्राइभेसी सेटिङ आउँदो मार्च १ देखि लागु हुनेछ ।
गुगलले आफ्नो सन्देशमा भनेको छ ‘१ मार्च २०१२ देखि नयाँ गोपनीयता नीति तथा गुगल सेवाको शर्त लागु हुनेछ । यदि तपाइँले गुगलका उपयोग गर्न चाहनुहुन्छ भने नयाँ गोपनीयता नीति तथा सेवाको शर्तको अधिनमा रहनुपर्नेछ ।’ विश्वभरमा गरी गुगलका ३५ करोड प्रयोगकर्ता छन् ।

गुगलले आफ्ना सबै जीमेल उपभोक्ताहरुलाई पठाएको इमेलमा भनिएको छ, ‘हामी गुगलका ६० वटा विभिन्न गोपनियता नीतिलाई परिवर्तन गर्न जाँदैछौँ जसलाई एउटा यस्तो नीतिले विस्थापित गर्नेछ जुन छोटो र पढ्नसमेत सजिलो छ । हाम्रो नयाँ नीतिले अधिकांस उत्पादन र फिचरहरुलाई समेट्छ । जसलेे सम्पूर्ण गुगललाई एक निकै सरल तथा सहज बनाउने हाम्रो इच्छालाई दर्शाउनेछ । यो सामाग्री महत्वपूर्ण छ र यसका लागि हामीलेे अपडेट गरेको नयाँ गुगल गोपनियता नीति तथा सेवाको शर्त पढ्नका लागि केही समय दिनुहोस् ।’
कम्पनीले भनेको छ की यसले उपयोगकर्ताहरुको रुची बुझ्ने मद्धत मिल्नेछ । साथै उपयोगकर्ताहरुलाई पनि आफ्नो इच्छा अनुसारको विज्ञापन हेर्ने अवसर मिल्नेछ ।
तर केही उपभोक्तावादीहरुले भने गुगलले गर्न लागेको परिवर्तनको विरोध गरेका छन् । उपभोक्ताहरुसँग सम्बन्धित जानकारी कुनै वेबसाइटलाई दिने नीति गलत रहेको उनीहरुको भनाइ छ । जो कोही उपभोक्ता इन्टरनेटमा केही कुरा खोज्दा आफ्नो गोप्यता सुरक्षित राख्न चाहने तर गुगलको नयाँ सेटिङले प्रयोगकर्ताको गोप्यता भंग हुने केही प्रयोगकर्ताहरुको दाबी छ ।

Thursday, January 26, 2012

अफगान महिलाले एकै पटक ६ बच्चा जन्माइन

अफगानिस्तानका २४ वर्षीया सारा पछिल्लो दिन स्थानीय टेलिभिजन र रेडियोमा छाएकी छिन् । केही दिन अघि मात्र आमा बनेकी हुन् । तर, उनी चर्चामा आउनुको कारण भने उनले जन्माएको सन्तानको संख्या हो ।
उनले छ बटा बच्चालाई जन्म दिएकी छिन् । बल्ख जिल्लाको ग्रामिण भेगमा बस्दै आएकी सारा २३ जनवरीमा मोन्जोर शरीफको एक अस्पतालमा पुगेका थिइन । जब डाक्टरले जाँच गरे, त्यसबेला थाहा भयो कि उनको पेटमा छ बटा बच्चा छ ।
बल्ख प्रान्तका स्वास्थ निर्देशक मीरवैस राबेसका अनुसार साराले तीन छोरा र तीन छोरीलाई जन्म दिएकी छिन् ।
उनीको तौल भने कम छ । एकको तौल त ७ सय ग्राम मात्र छ । सबै बच्चाको स्वास्थ्य भने ठिक रहेको राबेसले बताउनु भएको छ । एक स्थानीयले बीबीसीसँग भनेका छन्-’सारा निकै बहादुर महिला हुन् । उनले छ बटा बच्चा बोकेर कसरी गर्भाबस्था काटी । सरकारले उनलाई सहयोग गर्नुपर्छ ।’
अफगानिस्तानमा एकै पटकमा एक भन्दा बढी बच्चाको कमै मात्र जन्म हुने गरेको छ । शिशु मृत्यु दरमा भने अफगानिस्तान अग्रस्थानमा छ ।

Monday, January 16, 2012

कुर्सीमा बसिरहनेहरु होसियार !

३ माघ, काठमाण्डौ ।
 यदि तपाइँ अफिसमा काम गर्दा वा घरमै रहँदा पनि लामो समयसम्म कुर्सीमा बसिरहनुहुन्छ भने अब त्यो बानी छाड्नुहोस् । पछिल्लो अध्ययनले लामो समयसम्म बसिरहने बाली स्वास्थ्यको लागि हानीकारक रहेको र त्यस्ता अल्छि मान्छेको आयु सक्रिय सारिरिक रुपमा मान्छेको भन्दा ४० प्रतिशत सम्म कम हुने देखाएको छ ।
अध्ययनकर्ताहरुले धेरै बसिरहने बानीबाट सरिरमा पुग्ने नोक्सान केही समयको लागि गरिने व्यायामले समेत पुर्ति गर्न नसक्ने ठहर गरेका छन् । अमेरिकी क्यान्सर सोसाइटीले झण्डै १४ वर्ष लगाएर गरेको अनुसन्धानले दैनिक ६ घण्टा बसीबसी बिताउने महिला सक्रिय महिलाभन्दा छिटो मर्ने सम्भावना ४० प्रतिशत रहेको देखाएको छ । त्यस्तै बढि समय बसेर बिताउने पुरुषमा यस्तो खतरा २० प्रतिशत बढि हुने अध्ययनको निष्कर्ष छ । बढि समय बसेर बिताउनेहरुमा हृदयरोग , मधुमेह , डिप्रेसन र मोटोपनको खतरा हुने अध्ययनको ठहर छ । अध्ययन अनुसार कोठाभित्र कुर्सीमा बसेर काम गरिरहने हरुमा ठूलो आन्द्राको क्यान्सर हुने सम्भावना बढि हुन्छ ।

इन्टरनेटको कुलत ड्रग्स जस्तै

१ माघ, काठमाण्डु ।
 सधै इन्टरनेटमा झुण्डिरहनु हुन्छ ? सावधान । इन्टरनेटको अति प्रयोग गर्ने बानी बस्नु भनेको तपाइँ लागु औषधको कुलतमा फस्नु जस्तै हो ।
हालै गरिएको एक अनुसन्धानले इन्टरनेटको कुलत बसेका मानिसहरुको मस्तिष्कमा लागुऔषध प्रयोगकर्ता तथा धूमपान र मध्यपानका अम्मलीको जस्तै असर पर्ने निष्कर्ष निकालेको छ ।
चिनिँया अनुसन्धानकर्ताहरुले इन्टरनेटको अत्यधिक प्रयोग गर्ने लत बसेका युवाहरुको मस्तिष्कको परिक्षण गरी यस्तो तथ्य पत्ता लगाएका हुन् । चाइनिज एकेडेमी अफ साइन्सका अनुसन्धानकर्ता हाओ लेइको नेतृत्वमा रहेको अनुसन्धान टोलीले १४ देखि २१ वर्ष उमेर समूहका ३५ जना केटाकेटीहरुको मस्तिष्कको स्क्यान गरेर इन्टरनेटको प्रयोगले गर्ने असरको अध्ययन गरेको थियो । त्यसमध्ये १७ जना इन्टरनेटको लत बसेका केटाकेटी थिए । चिकित्साको भाषामा अनियन्त्रित रुपमा इन्टरनेट प्रयोग गर्ने बानीलाई इन्टरनेटको कुलत अर्थात इन्टरनेट एडिक्सन डिसअर्डर -आइ ए डी)भन्ने गरिएको छ ।
लागुऔषधको प्रयोग गर्नेहरुको जस्तै इन्टरनेट प्रयोगको लत बसेकाहरुको मस्तिष्कको स्नायु रेशा हुने सेतो भागमा परिवर्तन आउने र त्यस्तो परिवर्तन पछि उक्त व्यक्तिले चाहँदा पनि इन्टरनेटको प्रयोग घटाउन नसक्ने वैज्ञानिकहरुको ठहर छ, जसरी ड्रग्स लिने मान्छेले लत छाड्न सक्दैन । इन्टरनेटको कुलतमा फसेकाहरुको मस्तिष्कको सेता भाग (ह्वाइट म्याटर)मा हुने स्नायु रेशाहरुको अन्य भागसँगको सम्पर्क छुट्नजान्छ जसका कारण उक्त व्यक्तिले निर्णय गर्ने, संयमता अपनाउने तथा आत्मनियन्त्रण गर्ने लगायतका काम गर्न सक्दैन ।

Friday, January 13, 2012

अब मोबाइलको ब्याटी चार्ज १५ वर्षसम्म टिक्ने

नयाँ नयाँ प्रविधि र फिचरका मोबाइल आएसँगै त्यसमा प्रयोग गरिने ब्याटि्रको क्षमता घटिरहेको हुन्छ । यसको मतलब मोबाइल सेटमा जतिधेरै सुविधा थपिन्छ ब्याट्रीको चार्ज त्यतिनै छिटो सकिन्छ । यसकारण अत्याधुनिक मोबाइल प्रयोगकर्ताले मोबाइलको चार्ज छिटो सकिएर हैरानी बेहोर्नुपर्ने अवस्था छ । तर अमेरिकी मोबाइल कम्पनी स्पेयर वन ले यस्तो मोबाइल सेट बजारमा ल्याएको छ जसमा राखिएको ब्याट्रीको चार्जर् १५ वर्षसम्म् टिक्छ । मोबाइल फोन प्रयोग नगरिएको अवस्थामा यसमा रहेको ब्याट्रीको चार्ज १५ वर्षसम्म् टिक्ने र निरन्तर कुराकानी गरेको अवस्थामा पनि १० घण्टासम्म टिक्ने कम्पनीले जनाएको छ ।
लस भेगासमा भएको शो मा नयाँ मोडेलको मोबाइल सार्वजनिक गर्दै कम्पनीले उच्च पावर युक्त ब्याट्रीबाट उपभोक्ताले लाभ लिनसक्ने बताएको छ ।
अहिले बजारमा रहेका जुनसुकै मोबाइल प्रयोग नगरेपनि निश्चित समयपछि चार्ज सकिन्छ तर यो स्पेयर मोबाइलमा भने स्विच अफ गरेर राखिएको अवस्थामा १५ वर्षसम्म चार्ज टिक्छ ।
यसलाई आपतकालीन अवस्थामा र लोडसेडिड भएको अवस्थामा निकै उपयोगी संचार साधनको रुपमा प्रयोग गर्न सकिन्छ ।
यो फोनको सेटमै विभिन्न आकस्मि नम्बरहरु राखिएको र यसमा जिपिएस प्रविधिसमेत जडान गरिएकाले प्रयोगकर्ता रहेको स्थानको समेत जानकारी दिने सुविधा रहेको कम्पनीको भनाइ छ ।
यो वर्षको अन्त्य सम्ममा अन्तराष्टिय बजारमा यो मोबाइल आउने बताइएको छ ।

दुईवटा योनी भएकी महिला

सबैलाई थाहा छ पुरुषको सरिरमा लिंग हुन्छ र महिलाको सरीरमा योनी हुन्छ । मान्छेको सरीरमा एउटा मात्र यौनांग हुन्छ कि लिंग कि योनी । तर बेलायतकी एक महिलाको सरीरमा भने दुईवटा योनी छन् र दुबै योनी उत्तिकै सक्रिय छन् । आइटिभी च्यानलको कार्यक्रम ‘दिस मर्निङ शो’मा अन्तरवार्ताका क्रममा हेजल जोन्स नामकी ती महिलाले आफ्नो सरीरमा दुईवटा योनी रहेको खुलासा गरेकी हुन् । आफ्नो शरिरमा जन्मिँदै दुईवटा यौनांग रहेको उनले बताइन् ।
चिकित्सकहरुले यस्तो घटना निकै विरलै हुने र भ्रुणको विकाशका क्रममा पाठेघरको पूर्ण विकाश नहुँदै योनीमा थप झिल्लीको विकाश भएपछि दुईवटा योनीको विकाश हुने बताउँछन् । करोडौँमा एक जनाको मात्र यस्तो हुने चिकित्सकहरुको भनाइ छ ।
टेलिभिजन अन्तरवार्ताका क्रममा ती महिलाले पहिलोपटक महिनावारी हुँदा आफुलाई दुइवटा योनी भएको थाहा भएको बताइन् । उनले अर्को गोप्य कुरा पनि खुलासा गरेकी छिन् ।
उनले आफ्ना दुबै योनीको भर्जिनिटी तोडिएको र एक एक पटक यौन सम्पर्क गरेको खुलासा गरिन् । दुईवटा योनी पाएकोमा आफु निकै खुसी रहेको बताउँछिन उनी ।