सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, July 10, 2012

प्रधानमन्त्रीकै कारण ज्ञानेन्द्र सक्रिय हुन खोजे : पोख्रेल


२६ असार, कञ्चनपुर ।
 नेकपा एमालेका सचिव शंकर पोख्रेलले प्रधानमन्त्री डा वावुराम भट्टराईकै कारण पूर्वराजा ज्ञानेन्द्र शाह सक्रिय हुन खोजेको आरोप लगाउनुभएको छ । उहाँले प्रधानमन्त्री भट्टराईको व्यवहार र राणशाही प्रवृतिका कारण पूर्वराजा ज्ञानेन्द्रले ठाउँको उठाउन थालेको वताउनुभयो ।
मंगलवार प्रेस चौतारी कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा पोख्रेलले मुलुक संवैधानिक र राजनैतिक संकटमा फसेकाले पूर्व राजा समेत जुर्मुराएको वताउनुभयो । पोख्रेलले वर्तमान सरकार रहेसम्म सहमति हुन नसक्ने भएकाले तत्काल राजीनामा दिन प्रधानमन्त्रीलाई आग्रह गर्नु भयो । उहाँले छिटो भन्दा छिटो राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर देशलाई निकास दिनु पर्ने वताउनुभयो ।
काँग्रेसलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्न आग्रह गर्दै पोख्रेलले काँग्रेसले घोषणा गर्न नसके त्यसको विकल्प एमालेले दिन पनि तयार रहेको वताउनुभयो । पोख्रेलले कमचलाउ सरकारलाई बजेट ल्याउने नैतिक आधार नभएको वताउनुभयो ।

No comments:

Post a Comment