सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, July 14, 2012

मंसिर ७ निर्वाचन सम्भव छैन : खनाल


३० असार, सर्लाही ।
 नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सहमतिका लागि प्रधानममन्त्री डा वावुराम भट्टराईको राजीनामा पहिलो सर्त रहेको वताउनुभएको छ । प्रधानमन्त्री भट्टराईको राजीनामा नआउँदासम्म सहमति जुट्न नसक्ने भएकाले तत्काल राजीनामा दिएर वाटो खुला गर्न खनालले आग्रह गर्नुभयो ।
प्रेस चौतारीले सर्लाहीको लालबन्दीमा शनिवार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अनालले प्रधानमन्त्री भट्टराईका कारण देश संकटमा फसेको आरोप लगाउनुभयो । उहाँले वर्तमान कामचलाउ सरकारले मुलुकलाई वर्तमान संकटवाट उम्काउन नसक्ने दावी गर्नुभयो ।
खनालले असंवैधानिक तवरले घोषणा गरिएको नयाँ निर्वाचन हुन नसक्ने जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,’अबैधानिक तबरले मंसिर ७ का लागि घोषणा गरिएको निर्वाचन हुन सक्दैन । त्यसैले राष्ट्रिय सरकार निर्माण गरी अर्को निर्वाचनको घोषणा गर्नु पर्छ ।’ उहाँले मंसिर ७ का लागि घोषणा गरिएको निर्वाचनलाई नौटंकीको संज्ञा दिनुभयो ।

No comments:

Post a Comment