१० साउन, वीरगन्ज । सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले दलहरुको सहमतिमा नयाँ निर्वाचनमा जानुको अर्को विकल्प नरहेको वताउनु भएको छ । उहाँले मुलुकमा जारी संक्रमण र राजनीतिक संकटको समाधानका लागि उपयुक्त विकल्प नयाँ निर्वाचन नै रहेको वताउनुभयो ।विरगञ्जमा मधेसी जनअधिकार फोरम गणतान्त्रिकले वुधवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादबले मरिसकेको संविधानसभालाई ब्युँताउनु भन्दा संविधानसभाकै नयाँ निर्वाचन गर्नु सबैभन्दा उपयुक्त विकल्प भएको वताउनभुयो । लोकतन्त्रमा जनता नै निणर्ायक शक्ति भएकाले दलहरु नयाँ निर्वाचनमा जानुको विकल्प नरहेकेा यादबको भनाई छ । यादबले दलहरुको सहमतिमा सरकारले घोषणा गरेको नयाँ निर्वाचन हुनेमा आफू विश्वस्त रहेको वताउनुभयो ।
संसद् वा संविधानसभा केको निर्वाचन गर्ने भन्नेमा बहस जरुरी नरहेको भन्दै यादबले संविधानसभाको निर्वाचनबाट बन्ने संविधानसभाले नै मुलुकको अग्रगामी परिवर्तन गर्न सक्ने वताउनुभयो । उहाँले प्रतिपक्षी नेपाली काँग्रेस र नेकपा एमालेका कारण सहमतिको सरकार गठन हन नसकेको आरोप लगाउनुभयो
No comments:
Post a Comment