सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, December 31, 2011

नुवाकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

१६ पुस, नुवाकोट । 
नुवाकोटको त्रिशुलीस्थित दुई पिपल गाविस-२ देउरालीमा शनिबार भएको बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ११ जना घाइते भएका छन् ।
काठमाडौंबाट देउराली जाँदै बा २ ख ६३४६ नम्बरको बस सडकबाट झण्डै दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । मृतकमध्ये दुई पिपल-१ का चेतबहादुर लामिछाने र दुई पिपल-७ टंकप्रसाद दहालको मात्र सनाखत भएको छ ।
अन्यको भने सनाखत हुन बाँकी छ । घाइतेहरुलाई उद्धार गरी अस्पताल लगिएको छ ।

नयाँ बर्षमा कहाँ के हुँदैछ ?

नयाँ बर्षलाई स्वागत गर्ने साँझ काठमाण्डौंसहित देश मुख्य शहरहरुमा नयाँ पुस्ता रमाइलोमा मस्त छ । ‘न्यू इअर इभ’ अर्थात नयाँ बर्षको अघिल्लो साँझ काठमाण्डौंका तारे होटलदेखि सामान्य रेष्टुरासम्मले बिभिन्न सांगीतिक कार्यक्रमहरु आयोजना गरिरहेका छन् ।
आज साँझ काठमाण्डौंमा कहाँ के हुँदै छ एकैछिन हेरौं
·लोक गायक प्रेमराजा महत, गायिका अन्जु पन्त, मनोज गजुरेलसहित करिव एक दर्जन कलाकारले नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा बिशेष प्रस्तुती दिंदैछन् । १२ सय रुपैयाँ शुल्क लाग्ने कार्यक्रम साँझ ७ बजेदेखि सुरु हुनेछ ।

२०११ का ११ मुख्य घटनाक्रम

१. शीर्ष र सर्वोच्चको जुहारी
वर्षको अन्त्यमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीचको खटपट उत्कर्षमा पुग्यो । नोभेम्बरमा सर्वोच्च अदालतले संविधानसभाको म्याद अब एकपटक बढीमा ६ महिनासम्म मात्र थप्न सकिने फैसला गर्यो । यो फैसला कार्यक्षेत्र विपरीत भएको भन्दै सरकार र सदनको तर्फबाट पुनरावलोकनको लागि डिसेम्बरमा सर्वोच्चमा निवेदन दिने काम भयो । तर सर्वोच्च प्रशासनले पुनरावलोकनको निवेदन दर्ता गर्ने कुनै कानुनी आधार नभएको भन्दै फर्काइदियो । त्यसपछिको सम्बन्ध झनै चिसिएको छ । सभासद नभएका नेताहरुले सर्वोच्चले ठीकै गर्यो भनेका छन् भने अरुले यसको बिरोध गरेका छन् । निवेदन दरपीठ गर्ने सर्वोच्च प्रशासनको निर्णय बिरुद्ध फेरि सर्वोच्च जाने सरकार र सदनले तयारी गरेपनि अहिले यो विषय केही मत्थर भएको छ ।
२. बाबुरामको चर्चा

१९ वर्षमा साढे ५ हजारसँग सेक्स

बेलायतमा एक जोडीले झण्डै साढे ५ हजार जनासँग सम्भोग गरेको छ । ४० वर्षका जओफ डेनियल र ३९ वर्षकी साराह मूरले बितेका १९ वर्षमा जम्माजम्मी यतिधेरै मानिसहरुसँग सम्भोग गरेका हुन् ।
सेक्स सेरोगेटको रुपमा क्रियाशील बेलायतको यो जोडिले मानिसलाई व्यवहारिक र प्रयोगात्मक रुपमा सेक्स सिकाउन विश्वको भ्रमण समेत गरेको छ । यस क्रममा साराहले ३ हजार ३ सय २३ जना पुरुषसँग सम्भोग गरेकी छिन् । जसमा ५२ जना पुरुष भर्जिन थिए । त्यस्तै डेनियल्सले २ हजार १ सय ६२ जना महिलासँग सेक्स गरेका छन् जसमा ४९ जना महिला भर्जिन थिए ।
यौनकार्य सम्बन्धि व्यवसायिक प्रशिक्षक रहेको यो जोडिले मानिसहरुलाई सम्भोग गरेरै प्रयोगात्मक रुपमा यौनिक जटिलता तथा यौन आनन्द पाउने उपायको बारेमा पनि सिकाउने गर्छ ।
साराहले आफुलाई आफ्नो कामप्रति गर्व महसुस हुने बताउँछिन् । आफुलाई हजारौँ मानिससँग सेक्स गर्न गाह्रो नभएको बताउँछिन् । डाक्टरहरुले समेत यौन समस्याको उपचारका लागि विरामीहरुलाई आफुकहाँ पठाउने भएकाले आफुले उपचार स्वरुप सम्भोग गर्ने गरेको भन्दै उनले आफु यस अर्थमा वेश्या नभएको जिकिर गरिन् । आफुले यौन सुख दिएर मानिसहरुको उपचार गरेको उनको भनाइ छ ।

Friday, December 30, 2011

दिक्तेलमा गोरु काटेर सामूहिक भोज

खोटाङको सदरमुकाम दिक्तेलमा आज एउटा फरक दृश्य देखियो। यसअघि लुकिछिपी हुने काम यस पटक खुल्लै रुपमा भयो। करिब २ सयको संख्यामा मानिसहरुले सार्वजनिक स्थानमै गोरु काटेर सामूहिक भोज खाएर तमु ल्होछार मनाए। अहिलेको सरकारले जातीय अधिकार कुल्चन खोजेको भन्दै विरोध स्वरुप यसो गर्ने घोषणा उनीहरुले यसअघि नै गरेका थिए। कार्यक्रममा प्रहरीको कुनै हस्तक्षेप भएन, भएको भए यसले अझै अर्को बबाल मच्चाउन सक्थ्यो। किनकि यो कान्डको सुरुवात गोरु काटेको भन्दै प्रहरीले चार जनालाई पक्रेपछि नै भएको थियो। यसको विरोधमा दिक्तेल बन्दसम्म आयोजना भयो।
यसरी सुरु भयो विवाद
गत पुस १ गते प्रहरीले दिक्तेलमा गोरु काटेको अभियोगमा चार जना युवालाई पक्राउ गर्‍यो- दिपेश जोशी, रामचन्द्र राई, नवीन गुरुङ र कर्णबहादुर तामाङ। मुलुकी ऐनको चौपायाको महल ११ मा जानीजानी गाईगोरु काटेको ठहरेमा १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।

प्रहरीले उनीहरुलाई पक्रेपछि देश धर्मनिरपेक्ष भइसक्दा पनि किराँती समुदायको संस्कृति अनुसार गोरु काट्नेलाई जेल हाल्ने भन्दै जनजाति संगठनहरु आन्दोलित भए। उनीहरुले पक्राउ परेकालाई छाड्न भने पनि प्रहरी छाड्न तयार भएन।

आफन्तको निधनमा औँला काट्ने चलन

विश्वका केही देशका आदिवासी सम्प्रदायमा शोक या पश्चातापका बेला शरीरका विभिन्न अंग छेदन गर्ने प्रथा प्रचलित छ । यो प्रचलन सबैभन्दा बढि इण्डोनेसियाको पपुवा प्रान्तमा बस्ने दानी आदिवासीहरुमा पाइन्छ । यो सम्प्रदायका मानिस आफन्तको निधन हुँदा शोक मनाउन सरीरको औँला काट्ने गर्छन् । साथै शोकमा यो समुदायका मानिसले अनुहारमा माटो समेत दल्ने गर्छन् ।
आश्चर्यको कुरा के छ भने यसरी औँला छेदन गर्नेमा धेरैजसो महिला छन् । निधन भएको व्यक्ति शक्तिशाली रहेछ भने उसको आत्मालाई शान्त गर्न अरुले आफ्नो अंग छेदन गर्नुपर्छ भन्ने मान्यता यो समुदायमा छ ।

औँला काट्नुभन्दा पहिले आधा घण्टासम्म काटिने ठाउँमा औँलालाई डोरीले जोडसँग बाधिन्छ । त्यसपछि औँला काटिन्छ । काटिएको औँलालाई जलाइन्छ र त्यसको खरानी कुनै विशेष स्थानमा लगेर विसर्जन गरिन्छ ।
औँला काट्दा हुने पीडाका कारण मानिसहरुले आफन्तको निधनको पीडा जाहेर गर्न सक्छन् भन्ने मान्यताले पनि औँला काट्ने चलन बसेको बताइन्छ । परिवारको व्यक्तिको निधन भएमा परिवारका अरु सबै सदस्यले औँला काट्नुपर्छ ।
यो समुदायमा अर्को प्रथा पनि छ जहाँ आमाले आफ्ना काखे बच्चाको कान्छी औँलाको केही भाग टोकेर चुँडाइदिनुपर्छ । यसरी कान्छी औँला काटिदिएमा बच्चा छिटो बढ्छ र उसलाई रोगले आक्रमण गर्दैन भन्ने मान्यता दानी समुदायमा छ । यद्यपि पछिल्ला दिनहरुमा सरकारले यस्तो औँला छेदन गर्ने परम्परामा रोक लगाएको छ । तरपनि मानिसहरु परम्परा धान्न्ा अझैपनि औँला छेदन गरिरहेका छन् । बुढापाकाहरुका त धैरै औँला काटिएकै छन् ।

शान्ति र संविधान निर्माण पछाडि फर्किदैनः प्रधानमन्त्री

१५ पुस, काठमाडौं ।

 प्रधानमन्त्री डा. बाबुराम भट्टराईले शान्ति र संविधान निर्माण प्रक्रिया पछाडी नर्फकने बताउनु भएको छ ।
तमु ल्होछारको अबसरमा शुक्रबार टुँडेखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री डा. भट्टराईले भन्नुभयो-’लामो समयदेखि अवरुद्ध शान्ति र संविधान निर्माणको काम यो सरकार बने पछि तीव्र गतिमा अगाडि बढेको छ । अव यो पछाडि फर्किदैन र यथा समयमा यही सरकारले उक्त कार्य एउटा निश्चित गन्तव्यमा पुर्‍याउँछ ।’
शान्ति र संविधानको विकल्प नभएको भन्दै निर्धारित समयमै पूरा गरिछाड्ने दृढता व्यक्ति गर्नुभयो । उहाँले भन्नुभयो-’शान्ति र संविधान निर्माणको काममा कहिले तीव्रता र कहिले मन्दी देखिन सक्छ तर त्यो निर्धारित समयमै पूरा भै छाड्नेछ । त्यसका अव अरु कुनै विकल्प छैन ।’
उहाँले अब बन्ने संविधानमा पहिचान र स्वायत्तता सहितको संघीय राज्य निर्माण गरिने बताउनु भयो । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले छिट्टै सुशासनको विशेष कार्यक्रम ल्याउने जानकारी दिनुभयो ।

सभामुखले किन लेखे बिन्तिपत्र

समाचार टिप्पणी । 
यतिवेला अदालत र संविधानसभाको अधिकार क्षेत्रलाई लिएर विवाद देखापरेको छ । हुन त सरकार, सभामुख र राजनैतिक दलहरुले जेठ १४ भित्रै संविधान जारी गरेर देखाइदिने धाक पनि दिन नथालेका होइनन् । तर, कथंकदाचित जेठ १४ मा संविधान जारी भैसकेन भने संविधानसभाको म्याद थप्नै पर्ने हुन्छ । दोस्रो, तोकिएकै समयमा संविधान जारी भैहाल्यो भने पनि सर्वोच्च अदालत संसदभन्दा बलियो रहेको गलत नजीरले पनि सँगसँगै मान्यता पाउनेछ ।

यी दुई कारणले गर्दा संविधानसभाको म्यादसम्बन्धी सर्वाेच्चको फैसलाप्रति आँखा चिम्लेर संविधानतर्फमात्रै ध्यान दिने कुराले सांसदहरुको दायित्व पूरा हुन्न । त्यसैले सर्वोच्च अदालतले मंसिर ९ गते गरेको संविधानसभाको म्यादम्बन्धी फैसला र त्यसमाथि संसदले पुनरावलोकन गर्न खोज्दा निवेदन नै दर्ता नगरिएको विषयप्रति आँखा चिम्लनु भनेको संसदमाथि अदालतको नाजायज हस्तक्षेपलाई स्थायी मान्यता दिनुसरह हुने छ ।
संविधानसभाको म्यादका बारेमा विवादास्पद बोलेर सर्वोच्च अदालतले गल्ती गरेकै हो । तर, संसदजस्तो गरिमामय संस्थाका तर्फबाट आफूखुशी अदालतमा निवेदन हालेर सभामुख सुवासचन्द्र नेम्वाङले अर्काे गल्ती गरेका छन् । सभामुखले केही वकील पृष्ठभूमिका सभासदसितको सल्लाहकै आधारमा सर्वाेच्चमा पुनरावेदन गरेका थिए, जुन निर्णय सिंगो व्यवस्थापिका संसद वा संविधानसभाको थिएन । यसरी आफैंलाई सिंगो व्यवस्थापिका वा संविधानसभासरह ठानेर सभामुखले यस्तो निर्णय गर्न हुन्थ्यो कि हुँदैनथ्यो ? सिंगो व्यवस्थापिका/संसद वा संविधानसभाले अहिलेसम्म सभामुखलाई यो प्रश्न सोधेको देखिँदैन ।

पूर्वलडाकुको बन्दले मध्यपश्चिम प्रभावित

१५ पुस, बाँके ।
 अयोग्यताको बिल्ला फिर्ता र सम्मानजनक पुनस्र्थापनालगायतका माग राखेर बहिर्गमनमा परेका पूर्वमाओवादी लडाकुले आहृवान गरेको बन्दका कारण मध्यपश्चिमका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण बाँके, बर्दिया, दाङ, सल्यान, दैलेख र सुखतलगायत जिल्लाको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । ती जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् भने बजार-पसल र शिक्षणसंस्था पनि ठप्प छन् । बर्हिगमनमा परेका लडाकुहरुले नेपाल्गञ्ज, दाङ,र सुर्खेतलगायतका स्थानमा विरोध प्रदर्शन गरेका छन् ।
राज्यले आफूहरुलाई अपमानपूर्वक अयोग्यताको आरोप थोपरेर शिविरबाट निकालिएकाले अयोग्यताको बिल्ला खारेज गरिनुपर्ने, आफूहरुको उचित व्यवस्थापन गरिनुपर्ने, अयोग्य लडाकुका लागि संयुक्त राष्ट्रसंघबाट प्राप्त रकम सार्वजनिक गरिनुपर्नेलगायतका माग अघि सारेका छन् । अत्यावश्यक सेवाका एम्बुलेन्स, शववाहन बारुण यन्त्र, कुटनीतिक नियोग, पर्यटक तथा सञ्चारकर्मी र अधिकारकर्मीका सवारी साधन भने चलेका छन् । यसअघि उनीहरुले हिजो सोही माग राखेर सुदूरपश्चिम बन्द गराएका थिए ।

Thursday, December 29, 2011

सर्वोच्चको फैसला स्वीकार्यः काँग्रेस

१४ पुस, वीरगञ्ज । 
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले संविधानसभाको म्याद अन्तिमपल्ट ६ महिनाका लागि मात्र थप्न सकिने फैसला पुनरावलोकनका लागि सरकार र संसदले गरेको दरपीठको निर्णय आफ्नो पार्टीलाई स्वीकार्य भएको बताउनुभएको छ ।
बाराको सीमरा विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सभापति कोइरालाले सर्वोच्चले विधिविधानअनुसारै त्यस्तो कदम चालेको दाबी गर्नुभयो । त्यसो भए जेठ १४ पछि संविधानसभा विघटन हुने भयो होइन ? भन्ने सञ्चारकर्मीको जिज्ञाशामा कोइरालाले माओवादी लचिलो बन्दै गएकाले म्याद सकिनुपूर्व नै संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो ।
 शान्तिप्रक्रियाको पूर्णतापछि सत्ताको बागडोर आफ्नो पार्टीले सम्हाल्ने दाबी कोइरालाको थियो । उहाँले पार्टीमा सरकारको नेतृत्व सकले गर्ने भन्नेमा ठूलो विवा नरहेको जिकिर गर्नुभयो । ‘सरकारको नेतृत्व कसले गर्ने भन्नेमा ठूलो विवाद छैन’, कोइरालाले भन्नुभयो, ‘सामान्य मतभेदलाई केन्द्रीय समितीको बैठक बसेर समाधान गर्न सकिन्छ ।’ ।
एकीकृत नेकपा माओवादीलाई राजनीतिक गतिरोधको अड्चन फुकाउनका लागी सभापति कोइरालाले आग्रह गर्नुभयो । नेपाली काँग्रेस राज्य पुनःसंरचना गर्दा हिमाल, पहाड र तराइका भूभाग मिलाएर गर्नुपर्ने पक्षमा रहेको कोइरालाले स्पष्ट पार्नुभयो ।

सर्बोच्चले ठीकै गर्यो भन्ने मूडमा सभामुख पनि !

१४ पुस, काठमाडौं ।
 संविधानसभाको म्याद अन्तिम पटक ६ महिनाको लागि मात्रै थप्न सकिने सर्वोच्चको फैसला पुनरावलोकन गर्नुपर्छ भन्ने अग्रसरता देखाएका सभामुख सुवासचन्द्र नेम्वाङ सर्वोच्चको दरपिटसँगै बोली फेर्नुभएको छ । आफैले अघि बढाएको पुनरावलोकन प्रस्ताव दर्ता नहुँदा उहाँ भने ‘खुच्चिङ’कै शैलीमा पेश हुनुभएको छ ।
कानुनका जानकारसमेत रहेका नेम्वाङले यसबारे दलहरुसित निकै छलफल गर्नुभयो । अरुले पनि यो सरकार र संसदको क्षेत्राधिकारभन्दा बाहिर रहेर फैसला आएकोले शक्ति सन्तुलनको लागि अदालत जानुपर्ने राय दिए । सरकार र सदन दुवैले एकैपटक पुनरावलोकनमा जानुपर्छ भन्ने सहमति बन्यो । त्यसपछि सोमबार सरकारको तर्फबाट प्रधानमन्त्री डा. बाबुराम भट्टराई र सदनको तर्फबाट सभामुख नेम्वाङले महान्याधिवक्ता मार्फत पुनरावलोकनको लागि सर्वोच्चमा निवेदन दिए । तर मंगलबार सर्वोच्च प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गर्यो । सर्वोच्चको यो कदमलाई सभासद नभएका नेताहरु बाहेक सबैले बिरोध गरे ।
निवेदन दरपीठ भएको खबर सुन्ने बित्तिकै सभामुख नेम्वाङले यसबाट आफू आश्चर्यचकित भएको प्रतिकृया दिनुभयो । ‘विधिको शासनका लागि पुनरावलोकनका लागि निवेदन दिएकोमा त्यसैलाई दरपीठ गरिनुले आफूलाई आश्चर्य लागेको छ’ उहाँको भनाई थियो । पुनरावलोकनका लागि दिएको निवेदन त्यही प्रकृयाबाट अघि बढाएको भए राम्रो हुने पनि उहाँले बताउनुभयो । मंगलबार यस्तो प्रतिकृया दिएका नेम्वाङले बुधबार आफ्नै कार्यकक्षमा पत्रकारसित यसै विषयमा अनौपचारिक छलफल गर्नुभयो । ‘सर्बोच्चले पुनरावलोकन निवेदन दर्ता गरेको भए राम्रो हुन्थ्यो’ भन्दै उहाँले अर्को कुरा पनि थप्नुभयो -’हुन त एक हिसाबले राम्रै पनि भयो, अहिले पुनरावलोकन भन्दा संविधान निर्माणमै ध्यान जानुपर्छ ।’ संविधान निर्माणमा ध्यान नदिने नेताहरुलाई सर्वोच्चले दनक दिएको उहाँको भनाई थियो । आफूले संविधान निर्माणमा ध्यान दिन पटकपटक भन्दा पनि नमान्ने दलहरुलाई सर्वोच्चले ठटाएको हो भन्ने उहाँको कुरा थियो । तर संविधान निर्माणमा संयोजनकारी भूमिका आफ्नै हो भन्ने कुरा चाहिं उहाँले कोट्याउनुभएन ।
सभामुखको यो शैलीले एउटा प्रश्न स्वभाविक उठाएको छ । या त समाभुखले प्रधानमन्त्री र दलका नेताहरुलाई पुनरावलोकनमा जान गलत सुझाव दिनुभयो या त दरपिट हुँदा पपुलर बन्ने धाउन्नमा नेताहरुलाई गाली गरेर आफैंले अघि बढाएको प्रस्तावको स्वामित्व लिन सक्नुभएन् ।

हस्तमैथुनमा जापानी युवाको रेकर्ड

मान्छेका रुची पनि अनेक-अनेक हुन्छन् । पार्टनर नहुँदा यौन आनन्द लिन काम चलाउने हस्तमैथुनले पनि अब प्रतियोगिताको रुप लिन थालेको छ । जहाँ बिना लाज र बिना संकोच हजारौं मानिसका अगाडी मै हुँ भन्नेले घण्टौंसम्म हस्तमैथुन गरेर पुरुषार्थ देखाउँछन् ।
यसरी हजारौंका अगाडी हस्तमैथुन गर्ने जापानी युवा मासानोबु सातोले पछिल्लोपटक ९ घण्टा ५८ मिनेटसम्म हस्तमैथुन गरेर रेकर्ड कायम गरेका छन् । उनले अघिल्लो वर्ष राखेको ९ घण्टा ३३ मिनेटको रेकर्ड यो पाला तोडेका हुन् । अमेरिकाको सानफ्रान्सिस्कोमा भएको विश्व हस्तमैथुन प्रतियोगितामा उनले लगातार दुइ वर्ष उपाधि उचाले ।

मासानोबुको यहीँ कामचलाउ पुरुषार्थका कारण यतिखेर हजारौं युवतीहरु उनको फ्यान बनेका छन् । उनलाई मन पराउने युवतीहरु दिनुहँ उनको घर पुग्छन, सातोले उनीहरुकै अगाडी घण्टौं हस्तमैथुन गरेर आनन्द दिन्छन् । प्रतियोगितामा हस्तमैथुन गरिरहँदा आफुले आफ्ना केटी फ्यानहरु र गर्लफ्रेन्डलाई सम्भिmने उनी बताउँछन् ।
हस्तमैथुनका राजा नामले परिचित मासानोबु जापानमा एक यौनसामाग्री उत्पादन गर्ने उद्योगमा काम गर्छन् । सातोलाई हस्तमैथुनमा रेकर्ड राख्न सकस त पर्छ नै । त्यसका लागि उनले दिनहुा व्यायामका साथै सन्तुलिन भोजन पनि गर्नुपर्छ । हस्तमैथुन गर्ने तरिकाका लागि उनले तालिम पनि लिएका छन् । यौन सामाग्री उत्पादन गर्ने उद्योगमा काम गर्ने भएकाले पनि उनलाई हस्तमैथुनको तरिका सिक्न गाह्रो परेन । उनी हस्तमैथुन गर्ने शक्ति बढाउन दैनिक पौडी पनि खेल्छन ।
यो पटकको प्रतियोगितामा झण्डै १० घण्टासम्म लगातार हस्तमैथुन गरेपछि उनी निकै थाकेछन् । अर्को दिन बिहान नै अमेरिकाबाट जापान फर्किन उनले विमानको टिकट काटेका थिए । तर अर्को दिन बिहान सबेरै उठ्न नसक्दा झण्डै उनको जहाज छुटेको । उठेर हतार हतार गरी एअरपोर्ट पुगेछन् । मासानोबु हस्तमैथुनमा आफुले विश्व रेकर्ड कायम गरेकोमा आफ्ना परिवार खुसी रहेको बताउँछन् ।

१३ पुष, काठमाण्डु ।

 इन्टरनेट ह्याकिङ गर्ने एक समूहले अमेरिकी सुरक्षा कम्पनीका तथ्यांकहरुबाट हजारौँ इमेल, पासवर्ड तथा क्रेडिट कार्डसँग सम्बन्धित जानकारीहरु चोरेको दाबी गरेको छ । ह्याकर समूह अनोनिमसले स्ट्रेटफोर कम्पनीबाट यसरी चोरिएका डाटाहरु अमेरिकी रक्षा मन्त्रालय, मिडिया समूह तथा कानुन व्यवस्था लागु गर्ने सस्थाहरुका रहेको जनाएको छ । कम्पनीले आफ्ना डाटाहरुलाई पूर्ण सुरक्षित नराखेको (एनक्रिप्ट) कारण आफु सूचना ह्याक गर्न सफल भएको ह्याकर समूहको दाबी छ ।
क्रेडिट कार्डसम्बन्धि सूचना ह्याक गरेपछि आफुहरुले लाखौँ डलर आम्दानी गरेको र त्यो रकम स्वयंसेवी सस्थाहरुलाई दान गरेको ह्याकर समूहले आफ्नो अनलाइन सन्देशमा उल्लेख गरेको छ ।
अस्टिनमा रहेको स्ट्रेटफोर कम्पनीले आफ्नो वेभसाइट ह्याक भएको स्विकार गर्दै आफ्नो सर्भर तथा इमेल सेवा बन्द गरिएको जनाएको छ । एनोनिमस ह्याकर समूह विकिलिक्सको समर्थक समूह हो । जसले यसअघि विकिलिक्सलाई आर्थिक सहयोग गर्न नमान्ने विभिन्न निकायको वेबसाइट ह्याक गर्ने गर्दथ्यो ।

Monday, December 26, 2011

६ महिनामा संविधान नबन्ने !

११ पुस, काठमाडौं । आगामी जेठ १४ भित्र संविधान नबने संविधानसभा स्वत विघटन हुने सर्वोच्च अदालतको फैसला पुनरावलोकनका लागि सरकारले निवेदन दिएको छ । पछिल्लोपटक संविधानसभाको म्याद ६ महिना थपिंदा यो नै अन्तिम हो, अब थप्दैनौं भनेर कसम खाएका दलहरु सोमबार सर्वोच्चको फैसला पुनराबलोकन गर्नुपर्‍यो भन्दै अदालतको ढोका ढकढकाउन पुगेका हुन् । दलहरुको सहमतिमा सभामुखले समेत पत्रचार गरेपछि सरकारका तर्फबाट महान्यायाधीवक्ता मुक्ति प्रधानले फैसला पुनरावलोकनका लागि सोमबार सर्वोच्चमा निवेदन दिनु भएको हो । सरकारका तर्फबाट महान्यायाधिवक्ता मुक्ति प्रधान र सभामुख सुवासचन्द्र नेम्वाङले निवदेन दर्ता गर्न खोजे पनि समय अभावका कारण दर्ता हुन सकेन।
संविधान निर्माणको काम फेरि प्रभावित भएको बेला सर्वोच्चमा यस्तो निवेदन दिनु थपिएको म्यादमा संविधान बनाउन सकिन्न भन्ने संकेत हो भनेर धेरैले अर्थ लगाएका छन् । साँच्चै फेरि पनि ६ महिनामा संविधान बनाउन सकिन्न भन्ने नै अर्थ हो त यो ? ‘काम ठप्प भएको हिसाबले हो, नत्र हैन’ कांग्रेस सभासद राधेश्याम अधिकारीले भन्नुभयो ।
समिति र उपसमितिमा बल्लतल्ल जुटेको सहमतिमा पनि फेरि किचलो भैरहेको छ । अब त जसरी पनि काम भ्याउँछौ भनेर वाचा गरेका नेताहरु फेरि कार्यतालिका अनुसार काम गर्न असमर्थ भएका छन् । लडाकू पुनवर्गीकरण सहित शुरु भएको शान्ति प्रकृयाको काम पनि अलपत्र छ । राज्य पुनर्संरचना आयोगले आफूले पाएको दुई महिनामा अर्थात माघ १५ सम्ममा काम भ्याउला भन्ने आशा पनि छैन ।

सेनामा मधेसीको समूहगत भर्ना नगर्न सर्वोच्चको आदेश

११ पुस, काठमाडौं ।

 सर्वोच्च अदालतले नेपाल सेनामा कुनै एक समुदायको समूहगत भर्ना नगर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । नेपाली सेनामा ३ हजार मधेसीको समूहगत भर्ना गर्न लागेको भन्दै परेको रिटमा न्यायाधीश बैजनाथ उपाध्ययको एकल इजलासले सोमबार सेनामा मधेसीहरुको भर्नासम्वन्धि निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
सर्वोच्चका प्रवक्ता श्रीकान्त पौडेलका अनुसार सरकारको निर्णर्य सेनामा समानता र समावेशीका आधारमा भर्ना हुन पाउने अन्तरिम संविधानको व्यवस्था अनुकुल नभएको फैसलामा उल्लेख छ । अन्तरिम संविधानको धारा १४४ को सेनासम्वन्धि व्यवस्थाको -४क) मा ‘नेपाली सेनालाई राष्ट्रिय स्वरुप प्रदान गर्न र समावेशी बनाउन मधेसी, आदिवासी जनजाति, दलित, महिला, पिछडिएका क्षेत्र लगायतका जनताको प्रवेश समानता र समावेशीको सिद्धान्तका आधारमा कानूनमा सुनिश्चित गरिनेछ ।’ भनिएको छ ।

“खबरदार ! यी केक हुन्”

पुरुष मित्रहरु तपाइँलाई केक अवश्य मन पर्छ होला । हुनत महिला मित्रहरुलाई पनि केक मन नपर्ने होइन ।जानकारी राख्नुस् अब केक केवल खाने कुराको रुपमा मात्र सिमित भएन । यो त एउटा फेसनको वस्तु बनेको छ । केक उत्पादकहरुले यो खाद्यपदार्थका विभिन्न स्वरुप डिजाइन गरेर उत्पादन गर्न थालेका छन् जसले यसलाई ग्लामरस बनाएको छ ।
यहाँ केकका केही त्यस्ता मोडलहरु प्रस्तुत गरिएको छ जसलाई हेर्दा तपाइँ सुरुमा महिलाको वक्षस्थल र त्यस बाहिर लगाइएको ब्रा भनेर झुक्किन सक्नुहुन्छ । तर ढुक्क हुनुहोस् यी ब्रा का मोडल होइनन् यी त केक हुन् । यस्ता मोडलका केक खाँदा मन चाहीँ थाम्नुपर्छ है ।

Sunday, December 25, 2011

मलेसियाका नेपाली श्रमिकले एसएमएसबाट समस्या राख्न पाउने

क्वालालम्पुर । रोजगारीको सिलसिलामा मलेसिया आईपुगेका नेपाली श्रमिकहरुले अव आफनो समस्याहरु एसएमएसवाटै राख्न सक्ने भएका छन् । आउदो जनवरी १ तारिखदेखि मलेसियामा रहेका नेपाली कामदारले यो सुविधा प्रयोग गर्न सक्नेछन । पैसा नलाग्ने मोबाईल नम्बरमा एसएमएस गरेर आफुलाई परेको समस्याहरु सजिलै राख्न सकिने भएको छ । नेपाली श्रमिकलाई उद्धार र सहयोग पुगोस भन्ने उदेश्यले यो सुविधा गर्न थालिएको नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष बिष्णु रिमालले अनलाइनखवरलाई बताउनुभयो ।
मलेसियामा रहेको युनियन नेटवर्क इन्टरनेशनलको कार्यालयमा सचिवालय स्थापना गरि अप्ठेरोमा परेका नेपाली कामदारलाई उद्धार र सहयोग गर्ने सहमति भएको समेत रिमालले जानकारी दिनु भएको छ । उहााले भन्नुभयो-नेपाली कामदारको अधिकारका पक्षमा र उद्धारका लागि यहिका ट्रेड युनियनले सहयोग गर्नेछन ।’
मलेसियामा रोजगारीको लागि पठाउने देशहरुको तर्फवाट जिफन्टका अध्यक्ष बिष्णु रिमालले त्यसमा हस्ताक्षर गर्नुभएको छ । मलेसियामा भएको एक कार्यक्रममा यहाँको मलेसियन ट्रेड युनियन काग्रेस र युनियन नेटवर्क इन्टरनेशनलका प्रतिनिधिहरुले पनि सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
हाल २ लाख ५५ हजार नेपाली श्रमिकहरु बैदेशिक रोजगार विभागको स्विकृति लिएर मलेसिया आईपुगेका छन । मलेसियाले गरेको वायोमेट्रिक कार्यक्रममा पनि २ लाख २० हजार वैधानिक र करीव ३३ हजार अवैधानिकहरुले वायोमेट्रिकमा सहभागिता जनाएका थिए ।

विद्यार्थीलाई विर्य पिलाउने यौनपिपाशु


मलेसियाको क्वालालाम्पुरमा एक जना शिक्षकले आफ्नै विद्यार्थीमाथि निकै घृणित अपराध गरेका छन् । पढाउने बहानामा घरमा बोलाएर उनले छात्रालाई बलात्कार मात्र गरेन जबरजस्ती आफ्नो विर्य समेत पिलाए ।

चाइना प्रेसका अनुसार ४० वर्षीय ती शिक्षकले २१ वर्षीया आफ्नै विद्यार्थीलाई पढाउने भन्दै घरमा बोलाएको थियो । गुरुले बोलाएपछि 
आज्ञा पालन गरी उसको घरमा गएकी ती छात्रा तब अचम्ममा परिन् जब शिक्षकले उनलाई घुम्न जाने प्रस्ताव गरे । 

त्यसपछि ती छात्राले उसको प्रस्ताव अस्विकार गरिन् । तर जब शिक्षकले परिक्षामा फेल गराइदिने धम्की दिए, तब ऊ सँग घुम्न जान राजी भइन् ।

अर्को दिन जब उनी शिक्षकसँग घुम्न निस्किइन् तब शिक्षकले बिच बाटोमै पुगेपछि उनको मोबाइल नियन्त्रणमा लियो र ती छात्रालाई जवरजस्ती घरमा फर्कायो । घर पुर्याएपछि उसले ती युवतीका हातखुट्टा बाँधिदियो अनी सर्वांग नग्न बनाएर बलात्कार गर्यो ।

यौनपिपाशु शिक्षकलाई यति गरेर पनि पुगेन । उसले ती छात्रालाई जबरजस्ती आफ्नो विर्य समेत पिलायो । यति गरेपछि उसले ती छात्रालाई आफ्नै कारमा राखेर रेल स्टेशनमा लगेर छाडिदियो ।

आफ्नै शिक्षकद्धारा यस्तो हिंसा भोगेकी ती विद्यार्थीले प्रहरीमा उजुरी दिएकी छिन् । ती यौनपिपाशुले कस्तो सजाय पाउने हो हेर्न बाँकी छ ।

Saturday, December 24, 2011

सेनामा मधेसी भर्नाको विरोध गर्नु प्रतिगामी सोचः गुप्ता

९ पुस, काठमाडौं ।

 सञ्चारमन्त्री जेपी गुप्ताले नेपाली सेनामा मधेसी युवाहरुको भर्ना गर्ने सरकारी निर्णयको विरोध गर्नु प्रतिगामी सोच भएका आरोप लगाउनु भएको छ ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा फोरम गणतान्त्रिकका अध्यक्ष समेत रहेका गुप्ताले सरकारको निर्णय समावेशीमा आइसब्रेक भएको दावी गर्नुभयो । ‘यसले नेपाली सेनालाई लोकतान्त्रिक र समावेशी गराउन मार्ग प्रशस्त गरेको छ’ उहाँले भन्नुभयो- यसको विरोध गर्नु भनेको प्रतिगामी काम हो । दलहरुबाट जुन प्रतिक्रिया आयो यो उनीहरुको लुकेको भावना खुल्यो ।’ सेनाको सहमतिमा नै सेनालाई समवेशी गराउने प्रस्ताव अघि सारेको भन्दै उहाँले नीतिपत्र अनुसार काम हुने बताउनु भयो । ‘रक्षाले तयार गरेको प्रस्तालाई नेपाली सेनाले स्विकार गरेर नै सेनालाई समावेशी गराउन तीन हजार भर्ना गर्ने निर्णय गरेका हौं’ मन्त्री गुप्ताले भन्नुभयो ।

जुत्ता किन्न अमेरिकामा हंगामा

९ पुस, काठमाडौं ।
 नाइक कम्पनीको ‘एयर जोर्डन’ जुत्ताको क्लासिकल मोडल खरिदका लागि अमेरिकाका विभिन्न स्थानमा मानिसहरुले हंगामा मच्चाएका छन् । ‘एयर जोर्डन’को हालै बजारमा आएको नयाँ भर्सनका खरिदका लागि अमेरिकाको क्यालिफोर्नियादेखि जर्जिया राज्यसम्म मानिसहरु तछाडमछाड गरिरहेका छन् ।
जुत्ताको मूल्य १ सय ८० अमेरिकी डलर रहेको छ । तर, इन्टरनेट खरिदबिक्रि साइट इबेमार्फत ६०५ डलरसम्ममा जुत्ता किन्न तयार भएर प्रतिक्षा गरिरहेको बीबीसीले जनाएको छ ।
गएराति बाशिङ्टन राज्यको सियाटलमा जुत्ता खरिद गर्न जम्मा भएका मानिसहरुबीच ठेलमठेल र झडपको स्थिति समेत उत्पन्न भएको छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल समेत प्रयोग गर्नु परेको छ । जर्जिया राज्यको लिथोनियामा जुत्ताको एक पसलको ताला तोडेको आरोपमा चार जना पक्राउ परेका छन् ।
क्यालिफोर्नियाको स्टाकटन शहरमा जुत्ता चोर्न प्रयास भएको खबर आएको छ । मिसिगनमा करीब एक सय ग्राहक जबर्जस्ती पसलमा पसेका छन् भने क्यालिफोर्नियाको रिचमण्डमा भिडलाई नियन्त्रणमा लिन प्रहरीले गोली समेत चलाउनु परेको छ ।

जिप दुर्घटनामा सभासद् परियार सहित आठ घाइते

९ पुस, उदयपुर।
 जिप उदयपुरको रौता गाविस-९ स्थित कोल्वोटेमा जिप दुर्घटना हुँदा सभासदसहित ८ जना घाइते भएका छन् ।
घाइतेमध्ये एमाले उदयपुरकी सभासद् दुर्गा परियार, एमाले केन्द्रीय लेखा आयोगका सचिव तथा पूर्व सांसद विष्णुबहादुर राउत, स्थानीय सञ्चारकर्मी शङ्कर रिखाम र स्थानीय पासाङ सेर्पालाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएको छ । अन्य चार जना घाइतेको अवस्था सामान्य रहेकोले जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उदयपुरको रौता गाविसस्थित मुर्कुचीबाट भुट्टारतर्फ यात्रुबोकी जाँदै गरेको को१च १३२० नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । दुर्घटनापछि घाइते सबैलाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्र उप्रेतीले जानकारी दिनुभयो ।

सरकार पुनर्गठन गर्ने प्रचण्डको प्रस्ताव

९ पुस, काठमाडौं 
। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराई नेतृत्वको सरकार पुनर्गठन गर्ने प्रस्ताव गर्नु भएको छ । पार्टी केन्द्रीय समितिको शनिबारबाट सुरु भएको बैठकमा ‘पार्टीको विकसित संकट, तीनको समाधान र आगामी कार्ययोजनाबारे सक्षीप्त प्रतिवदन’मा प्रचण्डले सरकार पुनर्गठनको प्रस्ताव गर्नु भएको हो । प्रचण्डले उपाध्यक्ष मोहन बैद्य किरण पक्षलाई समेत समेट्ने गरी बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठनको प्रस्ताव गर्नु भएको हो ।
प्रचण्डले राष्ट्रिय सहमतिको सरकारको नेतृत्वका लागि समेत पहल गर्ने प्रस्ताव गर्नु भएको छ । ‘राष्ट्रिय सरकार बन्ने अवस्था आएमा नेतृत्व माओवादीकै हुनुपर्छ भन्ने उहाँको प्रस्ताव छ’ एक केन्द्रीय सदस्यले अनलाइनखबरलाई भने-’अहिलेका लागि भने वर्तमान सरकार पुनर्गठनको प्रस्ताव गर्नु भएको छ ।’ प्रचण्डको पहिलो प्राथमिकता भट्टराई नेतृत्वकै सरकारमा नयाँ मन्त्रीहरु पठाउने रहेको र पार्टीभित्र एकमत हुन सकेमा अरुलाई पनि नेतृत्व दिन सकिने प्रचण्ड निकट नेताहरुले बताएका छन् ।
श्रोतका अनुसार भट्टराई नेतृत्वको सरकार ढाल्न बैद्य पक्ष कांग्रेसको नेतृत्व समेत स्वीकार्न तयार भएपछि प्रचण्डले राष्ट्रिय सरकारको नेतृत्व पनि पार्टीले नै लिनु पर्ने प्रस्ताव पेश गर्नु भएको हो । माओवादीको नेतृत्वमा राष्ट्रिय सरकार बन्ने अवस्था आएमा भने सर्बसम्मत सहमति जुटे महासचिव रामबहादुर थापा बादललाई समेत प्रधानमन्त्री बनाउन प्रचण्ड सहमत हुनुहुन्छ ।
भट्टराई सरकारप्रति रुष्ट बैद्य पक्षले वर्तमान सरकार ढालेर बादलको नेतृत्वमा राष्ट्रिय सरकार बनाउने प्रस्ताव गरेको थियो । तर, कांग्रेस लगायतका दलहरुले बादललाई अस्वीकार गरेपछि बैद्य पक्षका केही नेताहरुले अब कांग्रेसको पालो भन्न थालेका छन् ।
प्रचण्डले शान्ति र संविधान निर्माणमा एक जुट हुनु पर्ने भन्दै पार्टीमा बढ्दै गएको गुट अन्त्यको प्रस्ताव राख्नु भएको छ । पार्टीभित्रको अन्तरसंघर्ष महाधिबेशनबाट अन्त्य गर्ने भन्दै उहाँले महाधिवेशन नहुँदासम्म फोरम चलाउने र गुटहरु अन्त्य गर्ने प्रस्ताव गर्नु भएको छ । ‘पार्टीलाई विघटनको अवस्थामा पुर्‍याउने, तर, गुट सुदृढिकरण गर्ने अवस्थाको अन्त्य गर्नुपर्छ भन्ने अध्यक्षको प्रस्ताव छ’ एक नेताले भने-’गुट अन्त्य गरेर फोरम चलाउने प्रस्ताव गर्नु भएको छ ।’ प्रचण्डले संगठन सुदृढिकरण र जनपरिचालनको कार्यक्रम समेत पेश गर्नु भएको छ ।
अध्यक्ष प्रचण्डको प्रस्तावमा वरिष्ठ उपाध्यक्ष मोहन बैद्य किरणले असहमति जनाउनु भएको छ । उहाँले आफ्नो छुट्टै प्रस्ताव आउने भन्दै एक दिनको समय माग्नु भएको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । ‘अध्यक्षले आफ्नो संक्षिप्त प्रतिवेदन पेश गर्नु भएको छ’ शर्माले भन्नुभयो-’यसमा किरण जीले अध्ययन गर्न र आफ्ना मतहरु लिखित रुपमै राख्न समय माग्नु भएकाले एक दिनको समय दिइएको छ ।’

मोडेलको नक्कली बुबुमा अढाइ किलो कोकिन


आफ्ना नक्कली स्तनमा लागु औषध लुकाएर तस्करी गर्न लागेको अवस्थामा स्पेनी एक जना मोडेल पक्राउ परेकी छिन् । इटालीको रोमस्थित लिओनार्दो ना भिन्ची विमानस्थलबाट ३३ वर्षकी स्पेनी मोडेललाई पक्राउ गरिएको हो ।
ब्राजिलको साओपाओलो उड्न लागेकी ती महिलालाई डिटेक्टरले चेक गर्दा नक्कली स्तन र नितम्बमा लुकाएको अवस्थामा अढाइ किलो कोकिन फेला परेको थियो । उनका स्तन र नितम्ब असामान्य रुपमा ठूला देखेपछि सुरक्षाकर्मीले उनीमाथि विशेष निगरानी गरेको थियो ।

Thursday, December 22, 2011

तत्काल शिविरबाट बिदा गर्न बैद्य पक्षीय लडाकूको माग

७ पुस, काठमाडौं ।
 स्वेच्छिक अबकाश रोजेका बैद्य पक्षीय लडाकू कमाण्डरहरुले आफूहरुलाई तत्काल शिविरबाट विदा गर्न माग गरेका छन् । स्वेच्छिक अबकास रोज्नेलाई तत्काल विदा गर्न कांग्रेस र एमालेले राख्दै आएको प्रस्ताव माओवादी संस्थापन पक्षले अस्वीकार गरिरहेका बेला बैद्य पक्षीय लडाकूहरु पनि शिविर छाड्ने पक्षमा देखिएका हुन् ।
तेस्रो डिभिजन चितवनका सहायक कमाण्डर दिपक चलाउने नेतृत्वमा गएका बैद्य पक्षीय लडाकू कमाण्डरहरुले बिहीबार माओवादी अध्यक्ष प्रचण्डलाई १० बुँदे मागपत्र बुझाएका छन् । चलाउनेले अनलाइनखबरसँग भन्नुभयो-’हामीले पाउने रकम तत्काल दिनुस् र शिविरबाट विदा गर्नुस् भनेका छौं ।’ स्वेच्छिक अबकास रोजेका बैद्य पक्षीय लडाकूहरुले रकम एकमुष्ठ पाउनु पर्ने माग गरेका छन् ।
१० बुँदे मागपत्रमा स्वेच्छिक अबकास रोजेका लडाकूहरुलाई राष्ट्रिय परिचय पत्र दिनु पर्ने, घाइते, अपाङ्ग र सुत्केरी लडाकूहरुका लागि विशेष व्यवस्था गर्नु पर्ने लगायतका माग समेटिएको छ । उनीहरुले द्वन्द्वकालमा सुरक्षा निकाय छाडेर माओवादीमा प्रवेश गरेका लडाकूहरुलाई कोटमार्सल लगाउने चर्चा चलेको भन्दै उनीहरुमाथि लागेको मुद्धा खारेजको माग गरेका छन् । ‘कतिपय साथीहरु द्वन्द्वकालमा सुरक्षा निकाय छाडेकाहरु पनि छन् । उनीहरुमाथि कोर्टमार्सल लगाउने चर्चा चलेको छ’ चलाउनेले भन्नुभयो-’कोर्टमार्सल लगाउने होइन । मुद्धा खारेज गरेर उनीहरुको रोजाई अनुसार समायोजन, पुनःस्थापना वा स्वेच्छिक अबाकासमा जान दिनुपर्छ ।’
समायोजनमा जाने लडाकूहरुको हालको शिक्षालाई मान्यता दिनु पर्ने, सम्मानजनक जिम्मेबारी दिनुपर्ने समेत उनीहरुले माग गरेका छन् । लडाकूबाट लिएको लेवीको हिसाव किताव माग्दै आएका वैद्य पक्षीय लडाकूले अध्यक्ष प्रचण्डसँग त्यो कहाँ कुन काममा प्रयोग गरियो भनी जानकारी माग गरेका छन् । ‘लेवी फिर्ता नै गर्नु पर्छ भनेका छैना, तर, अब जनमुक्ति सेना नै नरहने भएपछि उनीहरुबाट लिएको रकमबारे पार्टीले पारदर्शी रुपमा प्रष्ट पार्नु पर्छ भनेका छौं ।’ चलाउनेले भन्नुभयो ।
स्वेच्छिक अबकास रोजका लडाकूहरुले पाउने रकमबाट पनि पार्टीले हिस्सा लिन लागेकोबारे प्रचण्डको ध्यानाकर्षण गराएका छन् । जवाफमा प्रचण्डले स्वेच्छिक अबकास रोजेका लडाकूबाट पैसा लिने कुनै निर्णय नरहेको भन्दै कतै त्यस्तो भए आफूले बुझ्ने आश्वासन दिनुभयो । चलाउनेका अनुसार लडाकूहरुको मागप्रति आफू सकारात्मक रहेको भन्दै प्रचण्डले आवश्यक पहल गर्ने आश्वासन दिनु भएको छ ।

संसदमा माइक भाँच्ने सभासद साह १० दिन निलम्बन

७ पुस, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद् संजयकुमार साहले संसदको माइक भाँचेका छन् । बिहीबार संसदको बैठकमा सभामुख सुवासचन्द्र नेम्बाङले बोल्न समय नदिएको भन्दै सभासद् साहले तीनवटा माइक भाँचेका हुन् ।
कालिकोटका दलित मनविर सुनारको हत्याको विरोधमा दलित सभासदहरुले संसद अवरुद्ध पारेपछि साहले बोल्न समय मागेका थिए । सभामुखले संसद स्थगित भइसकेको बताएपछि साहले आफ्नो अगाडी रहेको माइक टिप्दै बेन्चमा बजारेर भाँचेका थिए ।
सभासदले संसद भवनमा नै तोडफोड गरेपछि सभामुख सुवासचन्द्र नेम्बाङले साहलाई १० दिन निलम्बन गर्नु भएको छ । सभामुखले सूचना जारी गरि तोडफोडबाट भएको क्षतिको पूर्ति साहकै तलवभत्ताबाट गर्न संसद सचिवालयलाई निर्देशन समेत दिनु भएको छ । क्षतिबारे प्राविधिकहरुले मूल्याकंन गरेपछि थाहा हुने संसद सचिवालयले जनाएको छ ।

सभासद साह र उनले संसदमा भाँचेको माइक
डन संजय टकलादेखि सभासदसम्म 

विश्वका दश सेक्सी बिकिनी

हट मोडेल तथा नायिकाहरुको पहिलो रोजाइमा पर्छ टू पिस पहिरन अर्थात् बिकिनी ।
सिलिब्रेटी महिलाहरु बिकिनीमा फोटोसुट गराएर छिटै चर्चामा आउने प्रयास गर्छन् ।
तर सबै बिकिनीको स्वरुप र कामुकता एकै किसिमको हुँदैछ ।
यहाँ विश्वका केही अनौठा र सेक्सी बिकिनीको स्वरुप प्रस्तुत गरिएको छ ।

स्लिंगसट बिकिनी

लोहान नांगिएपछि पत्रिकाले तोड्यो रेकर्ड



हलिउड अभिनेत्री लिन्ड्से लोहान पछिल्लो समय विभिन्न विवादमा घेरिएकी छिन् तर उनको निर्वस्त्र तस्वीर छापिएको प्लेब्वाय पत्रिकाले भने राम्रैसँग बजार तताएको छ ।
लोहानको निर्वस्त्र तस्वीर सहितको प्लेब्वाय म्यागेजिनले बिक्रिमा नयाँ रेकर्ड कायम गरेको छ ।
प्लेब्वायका सस्थापक ह्युग हेफनरले आफ्नो टि्वटर मार्फत यो कुरा जानकारी गराएका हुन् ।
उनले लेखेका छन्, ‘लिन्ड्से लोहानको कभर तस्वीरवाला प्लेब्वायको जनवरी-फेबु्रअरी विशेषांकले बिक्रिको सारा रेकर्ड तोडेकेा छ ।’
यसको माग अति उच्च भएपछि पत्रिकाको पुनःमुद्रण हुने भएको छ ।
२५ वर्षीया लिन्ड्से लोहानले प्लेब्वायमा छापिएको उक्त तस्वीरका लागि १० लाख डलर पारिश्रमिक प्राप्त गरेकी थिइन् ।

ब्राजिलमा जन्मियो अनौठो बच्चा : टाउका दुइवटा तर सरीर एउटै

पुष ७, काठमाण्डौ ।
 नेपालमा टाउको जोडिएका जुम्ल्याहा गंगा जमुना जन्मिएका थिए र उनीहरुलाई सिंगापुरमा शल्यक्रिया गरेर छुट्टाइएको थियो । टाउको जोडिएका जुम्ल्याहा विश्वका अरु देशमा पनि जन्मिएका छन् तर ब्राजिलमा भने अनौठो जुम्ल्याहा जन्मिएका छन् । जुम्ल्याहाका दुइवटा टाउका छुटि्टएका भएपनि अरु सरीर भने जोडिएकेा छ । चिकित्सकहरुले यस्तो जुम्ल्याहा जन्मिएको घटना निकै दुर्लभ रहेको बताएका छन् । गर्भमा रहेका जुम्ल्याहाभन्दा एक जनाको वृद्धिविकाशमा गडबडी आएपछि यस्तो हुने चिकित्सकहरुको भनाइ छ ।
मुटु लगायत अरु मह्त्वपूर्ण भित्री अंगहरुसमेत एक-एक वटा मात्र भएकाले ती बच्चालाई सर्जरी गरेर छुट्टाउन नसकिने अवस्था रहेको चिकित्सकहरु बताउँछन् ।
ती बच्चाको नाम जेसस र इमानुयल राखिएको छ ।
उत्तरी पारा राज्यको अस्पतालमा जन्मिएको बच्चाको तौल साढे ४ किलो छ ।
सरीरका टाउको बाहेक अरु अंग एउटामात्र भएकाले बच्चालाई सामान्य अवस्थामा ल्याउन एउटा टाउको सर्जरी गरेर फाल्नुपर्ने अवस्था छ ।
तर दुबैवटा टाउकाले उत्तिकै सक्रियतापूर्वक काम गरिरहेकाले कुन टाउको फाल्दा उपयुक्त होला भन्ने अन्योलमा डाक्टरहरु परेका छन् ।
डाइसिफालिक पारापागस भनिने यस्तो अवस्था निकै दुर्लभ अवस्था हो ।
यसअघि सन् १९९० मा अमेरिकामा पनि यस्तै बच्चा जन्मिएको थियो ।

NTV Plus Slow Internet

NTV Plus Slow Internet

Wednesday, December 21, 2011

पौडेललाई सहिद घोषणा नगर्न दबाब, एमाले अध्यक्ष सहितले प्रधानमन्त्रीलाई भेटे

काठमाडौं, पुस ६ -
Baburam-Bhattarai
 चितवन कारागारभित्र आपसी झडपमा ज्यान गुमाएका शिव पौडेललाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाएपछि एमाले लगायतका दलले त्यसको विरोध गरेका छन् ।
एमाले अध्यक्ष झलनाथ खनालसहितको टोलीले बुधबार प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटी आपराधिक गतिविधिमा संलग्न व्यक्तिको मुद्दा फिर्ता र सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाएकोमा कडा आपत्ति जनाएको छ ।
कारागारभित्र एक–आपसमा झडप भई एउटा व्यक्ति मारिने अवस्था आउनु प्रशासनको कमजोरी भएको तर यही कुरालाई लिएर सहिद घोषणा र मुद्दा नै फिर्ता गर्नु गलत भएको जिकिर टोलीले प्रधानमन्त्रीसँग गरेको थियो ।
‘यो राजनीतिक घटना होइन, डनहरूको लडाइँ हो’ प्रधानमन्त्रीसँगको भेटमा संलग्न एमाले नेता सुरेन्द्र पाण्डेले भने, ‘आपराधिक गतिविधिलाई राजनीतिक जालो लगाएर सहिद घोषणा र मुद्दा फिर्ताको कार्यक्रम अघि बढाउनु हुँदैन भन्यौं ।’ विघटित तरुण दलका चितवन अध्यक्ष समेत रहेका पौडेलको गत शनिबार राजधानीमा उपचारका क्रममा निधन भएको थियो ।
कांग्रेसको विरोधपछि सरकारले पौडेललाई सहिद घोषणा र मुद्दा फिर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । प्रधानमन्त्री भट्टराईले छानबिन आयोग बनिसकेकाले त्यसको प्रतिवदेनका आधारमा मात्र अघि बढ्ने धारणा टोलीसँग राखेका थिए ।

चार सन्तानकी आमालाई जवरजस्ती करणी गर्न खोज्ने पक्राउ

हेटौडा, पुस ६ -
sexually-assaulting
 महिलालाई जवरजस्ती करणी गर्न खोजेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।
३२ वर्षीया महिलालाई स्थानीय जंगलमा जवरजस्तीकरणी गर्न खोजेको आरोपमा वसामाडी गाविस- ८ का ५४ वर्षीय लालवहादुर थिङलाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो । बजारवाट घरतर्फ गइरहेको अवस्थामा जंगलमा लुकेर वसेका थिङले चार सन्तानकी आमालाई जवरजस्ती करणी गर्न खोजेको प्रहरीले जनाएको छ ।
प्रहरीले थिङलाई जवरजस्ती करणीमा अदालतमा मुद्दा दर्ता गरिसकेको छ ।

सेनामा मधेसी बटालियन अस्वीकार्यः कांग्रेस-एमाले

६ पुस, काठमाडौं । मधेसवादी दलको दबाबमा परेर सरकारले सेनाको रिक्त तीन हजार दरबन्दीमा मधेसी समुदायका युवालाई मात्र भर्ना गर्ने निर्णय गरेपछि यसले राजनीतिमा अर्को तरंग उत्पन्न गराएको छ । मधेसीलाई सामूहिक प्रवेश गराउन खोजेको भन्दै कांग्रेस र एमालेले बिरोध जनाएका छन् भने थारु समुदायले आन्दोलनको धम्की दिएको छ । सरकारको निर्णयबाट सेना पनि असन्तुष्ट छ ।
सरकार गठनको बेला माओवादी र मधेसी मोर्चाबीच भएको चारबुँदे सहमतिको बिरोध गर्दै आएका कांग्रेस, एमाले लगायतका दलहरुले सेनाको रिक्त तीन हजार दरबन्दीमा मधेसी मात्रैको प्रवेश गराउने निर्णय अस्वीकार्य भएको बताएका छन् । ‘सेनामा मधेसीको संख्या बढाउनुपर्छ, तर सामूहिक प्रवेशको कुरा कुनै हालतमा उपयुक्त हुँदैन’ कांग्रेस नेता डा. रामशरण महतले अनलाइनखबरसित भन्नुभयो-’सेनामा कुनै एउटा वर्ग या समुदायको सामूहिक प्रवेशको व्यवस्था संसारका कुनै पनि देशमा छैन ।’
यस्तै एमाले नेता भीम रावलले यसबाट दलहरुबीच भएको सहमति र राष्ट्रिय सुरक्षा नीतिको बेवास्ता भएको भन्दै आपत्ति जनाउनुभयो । ‘राजनीतिक दलहरुले सहमतिका साथ समावेशीकरणको लागि निश्चित आरक्षणको व्यवस्था सहित पारित गरिएको नियमावलीको उल्लंघन भएको छ’ रावलले भन्नुभयो-’राष्ट्रिय सुरक्षा नीतिको पूर्ण बेवास्ता गरिएकाले यो आपत्तिजनक निर्णय हो ।’ सेनामा प्रतिस्पर्धाको आधारमै प्रवेश हुनुपर्नेमा कांग्रेस नेता महतको जोड छ । बटालियनको नाम जे भएपनि त्यसमा सवै वर्ग र समुदाय अट्नुपर्ने उहाँले बताउनुभयो । ‘बटालियनको नाम मधेसी हुन सक्ला, तर त्यहाँ मधेसी मात्रै होइन अरु पनि समेटिन सक्नुपर्छ’ उहाँले भन्नुभयो ।
थारु समुदायको १५ दिने अल्टिमेटम

१ करोड २२ लाख नक्कली भारुसहित ३ जना पक्राउ

६ पुस, काठमाडौं । १ करोड २२ लाख नक्कली भारतीय रुपैयाँसहित ३ जना पक्राउ परेका छन् । यो नेपालमा अहिलेसम्म बरामद भएको सबैभन्दा धेरै भारु हो । प्रहरी प्रधान कार्यालयको प्रतिआतंकवाद सेल र महानगरीय प्रहरी बृत कालिमाटीको टोलीले बुधबार एक नेपाली र दुई विदेशीलाई १ करोड २२ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।
खोटाङ चिसापानीका दिपबहादुर नेपाली, भारत बेतियाका नसिम आलम र फिलिपिन्सका डेनिस सेनचेज रहेका छन् । प्रहरीका अनुसार दुबईबाट नयाँदिल्ली हुँदै काठमाडौं आएका सेनचेजले नै नक्कली भारतीय रुपैयाँ ल्याएका हुन् ।
मंगलबार काठमाडौं आएका उनी सोल्टी होटलमा बसेका थिए । बुधबार विहान पैसा लिएर कलंकीस्थित मकालु पेट्रोल पम्प नजिक पुगेका सान्चेजसहितका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । उनी काठमाडौं आएका थाहा पाएलगतै प्रहरीले पिछा गरेको थियो । नक्कली भारतीय रुपैयाँ विस्कुट, पाउडर लगायतको प्याकेटमा लुकाएर दुई बटा काटुर्नमा राखिएको थियो ।
पक्राउ परेका आलमले अमान नाम गरेका व्यक्तिले आफूलाई सुन आएको छ लिन जानु २५ हजार दिन्छु भन्दै पठाएको बताएका छन् । नेपालीले भने आफू आलकको साथीका रुपमा आएको बताएका छन् । यस्तै सान्चेजले आफूलाई दुबईका हालमले पठाएको बताएका छन् । प्रहरीले उनीहरुलाई कालिमाटीमा राखेको छ । उनीहरुविरुद्ध खोटा चलन अन्तरगत मुद्धा चलाइने प्रहरीले बताएको छ ।
यसैबीच होटलमा बास बसेका विदेशी पर्यटकको नगद तथा जिन्सी सामग्री चोरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, लमजुङले चार जनालाई पक्राउ गरेको छ । खुदी गाविसको वडा नं. १ तल्लो बजारको मेमरी रुफटप होटलमा बास बसेका स्विजरल्यान्डका नागरिक ३४ वर्षीय डुबर डानियलका साथमा रहेको विदेशी मुद्रासहित पासपोर्ट, क्रेडिट कार्ड, ट्राभल चेक चोरी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा खुदी-३ का १८ वषर्ीय विकास तामाङ, रोशन तामाङ, खुदी-९ का अर्जुन तामाङ र देवबहादुर तामाङ रहेका छन् ।

विमानमा रक्सी नदिएको भन्दै क्षतिपूर्ति माग

हवाई यात्राका मदिरा नदिएको भन्दै क्यानडाका एक महिला यात्रीले एक अन्ताष्ट्रिय विमान कम्पनीसँग ५० हजार क्याानेडेली डलर क्षतिपूर्ति मागेकी छिन् । उनी क्यानडाको उच्चायोगको कार्यरच रहेकेा बताइएको छ ।
रम माग्दा महिला भएको भन्दै उनलाई विमानमा मदिरा पिउन नदिइएको बताइएको छ । जेट एयरको चालक दलका सदस्यको व्यवहारले आफूलाई दुःख भएको भन्दै मुद्धा दायर गरेका हुन् ।
भारतीय पत्रिका टाइम्स अफ एण्डियाका अनुसार दिल्लीको एक उपभोक्ता अदालतले जेट एयरलाई आफ्ना कर्मचारीलाई कुराकानी गर्ने तरीका सिकाउन र देश तथा लिङ्गका आधारमा विभेद नगर्ने आदेश दिएको छ ।
जिल्ला उपभोक्ता मंञ्चका अध्यक्ष सीके चर्तुवेदीले भनेका छन्-’हवाई यात्राका क्रममा यात्रीहरुले आफ्नो चाहना अनुसार जुन सुकै पेय पदार्थ पिउन सक्छन् र भारतीय चालक दलका सदस्यहरुलाई भारतीय र युरोपेली महिलाको बीचमा भेदभाव गर्ने अधिकार दिन सकिँदैन ।’

Tuesday, December 20, 2011

मधेसीको दबाबमा आरक्षण सिट ४८ प्रतिशत पुर्‍याईयो

५ पुष, काठमाडौं । 
सरकारी सेवामा ४५ प्रतिशत आरक्षण सिट पाउँदै आएका मधेसी, जनजाती र पिछडीएका वर्गले अब ४८ प्रतिशत आरक्षण पाउने भएका छन् । मधेसवादी दलको अडानका कारण सरकार यो व्यवस्था गर्न बाध्य भएको हो । सबै सरकारी सेवामा मधेसीसहित आरक्षित समूहको समावेशी अर्थात आरक्षण सिट ४८ प्रतिशत हुने गरी समावेशी विधेयक तयार भएको छ ।

अब सरकारको नेतृत्व गर्ने पालो कांग्रेसकोः गजुरेल

५ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले अब सरकारको नेतृत्व गर्ने पालो कांग्रेसको भएको बताउनु भएको छ ।

प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार सहमतिको सरकार बन्न नसक्ने भन्दै उहाँले माओवादी र एमालेले दुई-दुई पटक सरकारको नेतृत्व गरिसकेको अवस्थामा दोस्रो ठूलो दल कांग्रेसले नेतृत्व गर्न पाउनु स्वभाविक भएको धारणा राख्नुभयो । मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा गजुरेलले भन्नुभयो-’कांग्रेस र एमालेले बाबुराम जीको नेतृत्व नस्विकारेपछि यो सरकार कसरी राष्ट्रिय सरकार बन्न सक्छ ? कागताली परेर केही दिन सरकार टिक्न सक्ला तर यो सरकार सहमतिको सरकार बन्न सक्दैन ।’
सहमतिको सरकार निर्माण भई शान्ति र संविधान जारी हुन नसक्ने भन्दै उहाँले माओवादीको नेतृत्वमा सहमतिको सरकार बन्ने अवस्थामा आफूहरुको विचार समूहको तर्फबाट महासचिव रामबहादुर थापा बादललाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरिने बताउनु भयो । पार्टी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री भइसकेको र बरिष्ठ उपाध्यक्ष मोहन बैद्यले चाहना नराखेकेकोले महासचिव बादलको दावी जायज हुने उहाँको भनाई थियो । उहाँले भन्नुभयो-’बाबुराम जी नेतृत्वको सरकार असफल भईसकेपछि अब हाम्रो विचार समूहको दावी स्वभाविक हुन्छ ।’