सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, December 21, 2011

पौडेललाई सहिद घोषणा नगर्न दबाब, एमाले अध्यक्ष सहितले प्रधानमन्त्रीलाई भेटे

काठमाडौं, पुस ६ -
Baburam-Bhattarai
 चितवन कारागारभित्र आपसी झडपमा ज्यान गुमाएका शिव पौडेललाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाएपछि एमाले लगायतका दलले त्यसको विरोध गरेका छन् ।
एमाले अध्यक्ष झलनाथ खनालसहितको टोलीले बुधबार प्रधानमन्त्री बाबुराम भट्टराईलाई भेटी आपराधिक गतिविधिमा संलग्न व्यक्तिको मुद्दा फिर्ता र सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाएकोमा कडा आपत्ति जनाएको छ ।
कारागारभित्र एक–आपसमा झडप भई एउटा व्यक्ति मारिने अवस्था आउनु प्रशासनको कमजोरी भएको तर यही कुरालाई लिएर सहिद घोषणा र मुद्दा नै फिर्ता गर्नु गलत भएको जिकिर टोलीले प्रधानमन्त्रीसँग गरेको थियो ।
‘यो राजनीतिक घटना होइन, डनहरूको लडाइँ हो’ प्रधानमन्त्रीसँगको भेटमा संलग्न एमाले नेता सुरेन्द्र पाण्डेले भने, ‘आपराधिक गतिविधिलाई राजनीतिक जालो लगाएर सहिद घोषणा र मुद्दा फिर्ताको कार्यक्रम अघि बढाउनु हुँदैन भन्यौं ।’ विघटित तरुण दलका चितवन अध्यक्ष समेत रहेका पौडेलको गत शनिबार राजधानीमा उपचारका क्रममा निधन भएको थियो ।
कांग्रेसको विरोधपछि सरकारले पौडेललाई सहिद घोषणा र मुद्दा फिर्ता प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । प्रधानमन्त्री भट्टराईले छानबिन आयोग बनिसकेकाले त्यसको प्रतिवदेनका आधारमा मात्र अघि बढ्ने धारणा टोलीसँग राखेका थिए ।

No comments:

Post a Comment