सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, December 24, 2011

जिप दुर्घटनामा सभासद् परियार सहित आठ घाइते

९ पुस, उदयपुर।
 जिप उदयपुरको रौता गाविस-९ स्थित कोल्वोटेमा जिप दुर्घटना हुँदा सभासदसहित ८ जना घाइते भएका छन् ।
घाइतेमध्ये एमाले उदयपुरकी सभासद् दुर्गा परियार, एमाले केन्द्रीय लेखा आयोगका सचिव तथा पूर्व सांसद विष्णुबहादुर राउत, स्थानीय सञ्चारकर्मी शङ्कर रिखाम र स्थानीय पासाङ सेर्पालाई उपचारका लागि न्यूरो अस्पताल विराटनगर लगिएको छ । अन्य चार जना घाइतेको अवस्था सामान्य रहेकोले जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उदयपुरको रौता गाविसस्थित मुर्कुचीबाट भुट्टारतर्फ यात्रुबोकी जाँदै गरेको को१च १३२० नम्बरको जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । दुर्घटनापछि घाइते सबैलाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरेको प्रहरी नायब उपरीक्षक नरेन्द्र उप्रेतीले जानकारी दिनुभयो ।

उकालोमा जिपले तान्न नसकेपछि पछाडि सर्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनास्थल सदरमुकामबाट ३५ किलोमिटर उत्तरमा पर्दछ । रासस

No comments:

Post a Comment