सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, December 29, 2011

सर्वोच्चको फैसला स्वीकार्यः काँग्रेस

१४ पुस, वीरगञ्ज । 
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले संविधानसभाको म्याद अन्तिमपल्ट ६ महिनाका लागि मात्र थप्न सकिने फैसला पुनरावलोकनका लागि सरकार र संसदले गरेको दरपीठको निर्णय आफ्नो पार्टीलाई स्वीकार्य भएको बताउनुभएको छ ।
बाराको सीमरा विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सभापति कोइरालाले सर्वोच्चले विधिविधानअनुसारै त्यस्तो कदम चालेको दाबी गर्नुभयो । त्यसो भए जेठ १४ पछि संविधानसभा विघटन हुने भयो होइन ? भन्ने सञ्चारकर्मीको जिज्ञाशामा कोइरालाले माओवादी लचिलो बन्दै गएकाले म्याद सकिनुपूर्व नै संविधान जारी हुने विश्वास व्यक्त गर्नुभयो ।
 शान्तिप्रक्रियाको पूर्णतापछि सत्ताको बागडोर आफ्नो पार्टीले सम्हाल्ने दाबी कोइरालाको थियो । उहाँले पार्टीमा सरकारको नेतृत्व सकले गर्ने भन्नेमा ठूलो विवा नरहेको जिकिर गर्नुभयो । ‘सरकारको नेतृत्व कसले गर्ने भन्नेमा ठूलो विवाद छैन’, कोइरालाले भन्नुभयो, ‘सामान्य मतभेदलाई केन्द्रीय समितीको बैठक बसेर समाधान गर्न सकिन्छ ।’ ।
एकीकृत नेकपा माओवादीलाई राजनीतिक गतिरोधको अड्चन फुकाउनका लागी सभापति कोइरालाले आग्रह गर्नुभयो । नेपाली काँग्रेस राज्य पुनःसंरचना गर्दा हिमाल, पहाड र तराइका भूभाग मिलाएर गर्नुपर्ने पक्षमा रहेको कोइरालाले स्पष्ट पार्नुभयो ।

No comments:

Post a Comment