सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, December 22, 2011

संसदमा माइक भाँच्ने सभासद साह १० दिन निलम्बन

७ पुस, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका सभासद् संजयकुमार साहले संसदको माइक भाँचेका छन् । बिहीबार संसदको बैठकमा सभामुख सुवासचन्द्र नेम्बाङले बोल्न समय नदिएको भन्दै सभासद् साहले तीनवटा माइक भाँचेका हुन् ।
कालिकोटका दलित मनविर सुनारको हत्याको विरोधमा दलित सभासदहरुले संसद अवरुद्ध पारेपछि साहले बोल्न समय मागेका थिए । सभामुखले संसद स्थगित भइसकेको बताएपछि साहले आफ्नो अगाडी रहेको माइक टिप्दै बेन्चमा बजारेर भाँचेका थिए ।
सभासदले संसद भवनमा नै तोडफोड गरेपछि सभामुख सुवासचन्द्र नेम्बाङले साहलाई १० दिन निलम्बन गर्नु भएको छ । सभामुखले सूचना जारी गरि तोडफोडबाट भएको क्षतिको पूर्ति साहकै तलवभत्ताबाट गर्न संसद सचिवालयलाई निर्देशन समेत दिनु भएको छ । क्षतिबारे प्राविधिकहरुले मूल्याकंन गरेपछि थाहा हुने संसद सचिवालयले जनाएको छ ।

सभासद साह र उनले संसदमा भाँचेको माइक
डन संजय टकलादेखि सभासदसम्म 

मधेसी जनअधिकार फोरम नेपालका तर्फबाट धनुषा क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित सभासद् हुन साह । पार्टी विभाजनसँगै उनी गच्छदारको पक्षमा लागेका थिए । उनले मधेश क्रान्ति नामक छुट्टै पार्टी गठन गर्ने घोषणा गरेपनि कोही पनि सभासद् उनको पक्षमा नदेखिएपछि फोरम लोकतान्त्रिकमै रहेका छन् । उनीहरुलाई फोरम लोकतान्त्रिकले न कुनै भूमिका दिएको छ न पार्टीबाट हटाउन नै ।
जनकपुरमा ‘डन’को छवि बनाएका साहले सभासदमा निर्वाचित भएपछि स्वचालित बन्दुकबाट तीन राउण्ड फायर गर्दै खुसी मनाएका थिए । विद्यर्थी जीवनबाटै ‘डन’का  रुपमा परिचित उनलाई जनकपुरतिर ‘संजय टकला’ उपनाम समेत चिनिन्छ । ठेक्कापट्टाबाट मनग्गे कमाएका उनी पैसा भएकै कारण संविधानसभा निर्वाचनको केही दिनअघि मात्र फोरममा प्रवेश गरेका थिए । विभिन्न हत्या तथा अपहरण घटनामा उनको नाम मुछिएपनि पैसा र राजनीतिक पहुँचका कारण प्रशासनले उनलाई छुन नसकेको स्थानीयबासीको भनाई छ ।

No comments:

Post a Comment