सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Tuesday, December 20, 2011

अब सरकारको नेतृत्व गर्ने पालो कांग्रेसकोः गजुरेल

५ पुस, काठमाडौं । एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले अब सरकारको नेतृत्व गर्ने पालो कांग्रेसको भएको बताउनु भएको छ ।

प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकार सहमतिको सरकार बन्न नसक्ने भन्दै उहाँले माओवादी र एमालेले दुई-दुई पटक सरकारको नेतृत्व गरिसकेको अवस्थामा दोस्रो ठूलो दल कांग्रेसले नेतृत्व गर्न पाउनु स्वभाविक भएको धारणा राख्नुभयो । मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा गजुरेलले भन्नुभयो-’कांग्रेस र एमालेले बाबुराम जीको नेतृत्व नस्विकारेपछि यो सरकार कसरी राष्ट्रिय सरकार बन्न सक्छ ? कागताली परेर केही दिन सरकार टिक्न सक्ला तर यो सरकार सहमतिको सरकार बन्न सक्दैन ।’
सहमतिको सरकार निर्माण भई शान्ति र संविधान जारी हुन नसक्ने भन्दै उहाँले माओवादीको नेतृत्वमा सहमतिको सरकार बन्ने अवस्थामा आफूहरुको विचार समूहको तर्फबाट महासचिव रामबहादुर थापा बादललाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरिने बताउनु भयो । पार्टी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री भइसकेको र बरिष्ठ उपाध्यक्ष मोहन बैद्यले चाहना नराखेकेकोले महासचिव बादलको दावी जायज हुने उहाँको भनाई थियो । उहाँले भन्नुभयो-’बाबुराम जी नेतृत्वको सरकार असफल भईसकेपछि अब हाम्रो विचार समूहको दावी स्वभाविक हुन्छ ।’

सिट खाली नभई को बस्ने भन्ने कुरा हुनै नसक्ने भन्दै गजुरेलले प्रधानमन्त्रीले राजिनामा दिनु पर्ने संकेत गर्नुभयो । बैद्य पक्षमा रहेका सचिव गजुरेलले सरकार निर्माणको आधार चारबुँदे सहमतिप्रति नै असहमति भएकोले बर्तमान सरकारमा आफ्नो समूह सहभागी नहुने समेत स्पष्ट पार्नुभयो ।

No comments:

Post a Comment