सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, December 30, 2011

पूर्वलडाकुको बन्दले मध्यपश्चिम प्रभावित

१५ पुस, बाँके ।
 अयोग्यताको बिल्ला फिर्ता र सम्मानजनक पुनस्र्थापनालगायतका माग राखेर बहिर्गमनमा परेका पूर्वमाओवादी लडाकुले आहृवान गरेको बन्दका कारण मध्यपश्चिमका जिल्लाहरुको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण बाँके, बर्दिया, दाङ, सल्यान, दैलेख र सुखतलगायत जिल्लाको जनजीवन बिहानैदेखि प्रभावित भएको छ । ती जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन् भने बजार-पसल र शिक्षणसंस्था पनि ठप्प छन् । बर्हिगमनमा परेका लडाकुहरुले नेपाल्गञ्ज, दाङ,र सुर्खेतलगायतका स्थानमा विरोध प्रदर्शन गरेका छन् ।
राज्यले आफूहरुलाई अपमानपूर्वक अयोग्यताको आरोप थोपरेर शिविरबाट निकालिएकाले अयोग्यताको बिल्ला खारेज गरिनुपर्ने, आफूहरुको उचित व्यवस्थापन गरिनुपर्ने, अयोग्य लडाकुका लागि संयुक्त राष्ट्रसंघबाट प्राप्त रकम सार्वजनिक गरिनुपर्नेलगायतका माग अघि सारेका छन् । अत्यावश्यक सेवाका एम्बुलेन्स, शववाहन बारुण यन्त्र, कुटनीतिक नियोग, पर्यटक तथा सञ्चारकर्मी र अधिकारकर्मीका सवारी साधन भने चलेका छन् । यसअघि उनीहरुले हिजो सोही माग राखेर सुदूरपश्चिम बन्द गराएका थिए ।

No comments:

Post a Comment