सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, December 22, 2011

ब्राजिलमा जन्मियो अनौठो बच्चा : टाउका दुइवटा तर सरीर एउटै

पुष ७, काठमाण्डौ ।
 नेपालमा टाउको जोडिएका जुम्ल्याहा गंगा जमुना जन्मिएका थिए र उनीहरुलाई सिंगापुरमा शल्यक्रिया गरेर छुट्टाइएको थियो । टाउको जोडिएका जुम्ल्याहा विश्वका अरु देशमा पनि जन्मिएका छन् तर ब्राजिलमा भने अनौठो जुम्ल्याहा जन्मिएका छन् । जुम्ल्याहाका दुइवटा टाउका छुटि्टएका भएपनि अरु सरीर भने जोडिएकेा छ । चिकित्सकहरुले यस्तो जुम्ल्याहा जन्मिएको घटना निकै दुर्लभ रहेको बताएका छन् । गर्भमा रहेका जुम्ल्याहाभन्दा एक जनाको वृद्धिविकाशमा गडबडी आएपछि यस्तो हुने चिकित्सकहरुको भनाइ छ ।
मुटु लगायत अरु मह्त्वपूर्ण भित्री अंगहरुसमेत एक-एक वटा मात्र भएकाले ती बच्चालाई सर्जरी गरेर छुट्टाउन नसकिने अवस्था रहेको चिकित्सकहरु बताउँछन् ।
ती बच्चाको नाम जेसस र इमानुयल राखिएको छ ।
उत्तरी पारा राज्यको अस्पतालमा जन्मिएको बच्चाको तौल साढे ४ किलो छ ।
सरीरका टाउको बाहेक अरु अंग एउटामात्र भएकाले बच्चालाई सामान्य अवस्थामा ल्याउन एउटा टाउको सर्जरी गरेर फाल्नुपर्ने अवस्था छ ।
तर दुबैवटा टाउकाले उत्तिकै सक्रियतापूर्वक काम गरिरहेकाले कुन टाउको फाल्दा उपयुक्त होला भन्ने अन्योलमा डाक्टरहरु परेका छन् ।
डाइसिफालिक पारापागस भनिने यस्तो अवस्था निकै दुर्लभ अवस्था हो ।
यसअघि सन् १९९० मा अमेरिकामा पनि यस्तै बच्चा जन्मिएको थियो ।

No comments:

Post a Comment