सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, December 24, 2011

सेनामा मधेसी भर्नाको विरोध गर्नु प्रतिगामी सोचः गुप्ता

९ पुस, काठमाडौं ।

 सञ्चारमन्त्री जेपी गुप्ताले नेपाली सेनामा मधेसी युवाहरुको भर्ना गर्ने सरकारी निर्णयको विरोध गर्नु प्रतिगामी सोच भएका आरोप लगाउनु भएको छ ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा फोरम गणतान्त्रिकका अध्यक्ष समेत रहेका गुप्ताले सरकारको निर्णय समावेशीमा आइसब्रेक भएको दावी गर्नुभयो । ‘यसले नेपाली सेनालाई लोकतान्त्रिक र समावेशी गराउन मार्ग प्रशस्त गरेको छ’ उहाँले भन्नुभयो- यसको विरोध गर्नु भनेको प्रतिगामी काम हो । दलहरुबाट जुन प्रतिक्रिया आयो यो उनीहरुको लुकेको भावना खुल्यो ।’ सेनाको सहमतिमा नै सेनालाई समवेशी गराउने प्रस्ताव अघि सारेको भन्दै उहाँले नीतिपत्र अनुसार काम हुने बताउनु भयो । ‘रक्षाले तयार गरेको प्रस्तालाई नेपाली सेनाले स्विकार गरेर नै सेनालाई समावेशी गराउन तीन हजार भर्ना गर्ने निर्णय गरेका हौं’ मन्त्री गुप्ताले भन्नुभयो ।

संवैधानिक समिति र विवाद समाधान उपसमितिले गरेका निर्णयको कुनै औचित्य नभएको भन्दै उहाँले संसारकै सबैभन्दा कमजोर संघीयता खडा हुन लागेको बताउनु भयो । ‘राज्यको पुनःसंरचना गर्न संवैधानिक समिति र उपसमितिले जुन किसिमको सहमतिहरु गर्दैछन्, त्यसलेे शासनको ढाँचा परिवर्तन हुन्छ, तर राज्यको रुपान्तरण हुदैन’ मन्त्री गुप्ताले भन्नुभयो-’नेपाली जनताले सोचेको जस्तोे संघीयता आउदैन । संसारको सबै भन्दा कमजोर संघीयता आउँदैछ ।’
सञ्चारमन्त्री गुप्ताले तत्काल सरकार पनि परिर्वतन नहुने र प्रधानमन्त्री बाबुराम भट्टराइको नेतृत्वमा सहमतीको सरकार बन्न स्थिति नदेखिएको बताउनु भयो ‘अहिलेका प्रधानमन्त्रीको नेतृत्वमा सहतीय सरकार बन्ने स्थिति पनि देखिएको छैन । यसको विकल्पमा अर्को सहमतीको सरकार बन्न सक्ने अबस्था पनि छैन’ मन्त्री गुप्ताले भन्नुभयो-’कांग्रेस शान्ति प्रक्रिया नटुङ्गएिसम्म राष्ट्रिय सरकार बन्न सक्दैन भनेको छ । शान्ति प्रक्रिया टुङ्गनि पनि अझै डेढ दुइ महिना लाग्न सक्छ ।’ मधेशी मोर्चा र माओवादीबीच कुनै किसिमको मत भिन्नता नदेखिएको भन्दै मन्त्री गुप्ताले मधेशी मोर्चाबीना राष्ट्रियसरकार बन्न नसक्ेन बताउनु भयो ।

No comments:

Post a Comment