सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, December 24, 2011

जुत्ता किन्न अमेरिकामा हंगामा

९ पुस, काठमाडौं ।
 नाइक कम्पनीको ‘एयर जोर्डन’ जुत्ताको क्लासिकल मोडल खरिदका लागि अमेरिकाका विभिन्न स्थानमा मानिसहरुले हंगामा मच्चाएका छन् । ‘एयर जोर्डन’को हालै बजारमा आएको नयाँ भर्सनका खरिदका लागि अमेरिकाको क्यालिफोर्नियादेखि जर्जिया राज्यसम्म मानिसहरु तछाडमछाड गरिरहेका छन् ।
जुत्ताको मूल्य १ सय ८० अमेरिकी डलर रहेको छ । तर, इन्टरनेट खरिदबिक्रि साइट इबेमार्फत ६०५ डलरसम्ममा जुत्ता किन्न तयार भएर प्रतिक्षा गरिरहेको बीबीसीले जनाएको छ ।
गएराति बाशिङ्टन राज्यको सियाटलमा जुत्ता खरिद गर्न जम्मा भएका मानिसहरुबीच ठेलमठेल र झडपको स्थिति समेत उत्पन्न भएको छ ।
स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बल समेत प्रयोग गर्नु परेको छ । जर्जिया राज्यको लिथोनियामा जुत्ताको एक पसलको ताला तोडेको आरोपमा चार जना पक्राउ परेका छन् ।
क्यालिफोर्नियाको स्टाकटन शहरमा जुत्ता चोर्न प्रयास भएको खबर आएको छ । मिसिगनमा करीब एक सय ग्राहक जबर्जस्ती पसलमा पसेका छन् भने क्यालिफोर्नियाको रिचमण्डमा भिडलाई नियन्त्रणमा लिन प्रहरीले गोली समेत चलाउनु परेको छ ।

यस्तै नर्थ क्यारोलिना, इन्डियाना पोलिस, नेब्रास्का लगायतका स्थानमा पनि जुत्ता किन्नका लागि खरिदकर्तावीच तनाव भएको छ । नाइक कम्पनीले भने यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन ।
नाइक कम्पनीले सन् १९९० मा ‘एयर जोर्डन’ जुत्ता निकालेको थियो । त्यसबेला पनि खरिदकर्ताहरुले हंगामा गरेका थिए । उक्त समयमा ‘एयर जोर्डन’ जुत्ता चोरहरुको समेत मन पर्ने लक्ष्य बन्न गरेको पाइएको थियो ।
नाइक कम्पनीको ‘एयर जोर्डन’ जुत्ता अमेरिकामा निकै लोकपि्रय छ । त्यहाँका मानिसहरु ‘एयर जोर्डन’ जुत्ता किनेर लगाउन भन्दा पनि सजाएर राख्न चाहन्छन् ।

No comments:

Post a Comment