हवाई यात्राका मदिरा नदिएको भन्दै क्यानडाका एक महिला यात्रीले एक अन्ताष्ट्रिय विमान कम्पनीसँग ५० हजार क्याानेडेली डलर क्षतिपूर्ति मागेकी छिन् । उनी क्यानडाको उच्चायोगको कार्यरच रहेकेा बताइएको छ ।
रम माग्दा महिला भएको भन्दै उनलाई विमानमा मदिरा पिउन नदिइएको बताइएको छ । जेट एयरको चालक दलका सदस्यको व्यवहारले आफूलाई दुःख भएको भन्दै मुद्धा दायर गरेका हुन् ।भारतीय पत्रिका टाइम्स अफ एण्डियाका अनुसार दिल्लीको एक उपभोक्ता अदालतले जेट एयरलाई आफ्ना कर्मचारीलाई कुराकानी गर्ने तरीका सिकाउन र देश तथा लिङ्गका आधारमा विभेद नगर्ने आदेश दिएको छ ।
जिल्ला उपभोक्ता मंञ्चका अध्यक्ष सीके चर्तुवेदीले भनेका छन्-’हवाई यात्राका क्रममा यात्रीहरुले आफ्नो चाहना अनुसार जुन सुकै पेय पदार्थ पिउन सक्छन् र भारतीय चालक दलका सदस्यहरुलाई भारतीय र युरोपेली महिलाको बीचमा भेदभाव गर्ने अधिकार दिन सकिँदैन ।’
No comments:
Post a Comment