सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, December 22, 2011

तत्काल शिविरबाट बिदा गर्न बैद्य पक्षीय लडाकूको माग

७ पुस, काठमाडौं ।
 स्वेच्छिक अबकाश रोजेका बैद्य पक्षीय लडाकू कमाण्डरहरुले आफूहरुलाई तत्काल शिविरबाट विदा गर्न माग गरेका छन् । स्वेच्छिक अबकास रोज्नेलाई तत्काल विदा गर्न कांग्रेस र एमालेले राख्दै आएको प्रस्ताव माओवादी संस्थापन पक्षले अस्वीकार गरिरहेका बेला बैद्य पक्षीय लडाकूहरु पनि शिविर छाड्ने पक्षमा देखिएका हुन् ।
तेस्रो डिभिजन चितवनका सहायक कमाण्डर दिपक चलाउने नेतृत्वमा गएका बैद्य पक्षीय लडाकू कमाण्डरहरुले बिहीबार माओवादी अध्यक्ष प्रचण्डलाई १० बुँदे मागपत्र बुझाएका छन् । चलाउनेले अनलाइनखबरसँग भन्नुभयो-’हामीले पाउने रकम तत्काल दिनुस् र शिविरबाट विदा गर्नुस् भनेका छौं ।’ स्वेच्छिक अबकास रोजेका बैद्य पक्षीय लडाकूहरुले रकम एकमुष्ठ पाउनु पर्ने माग गरेका छन् ।
१० बुँदे मागपत्रमा स्वेच्छिक अबकास रोजेका लडाकूहरुलाई राष्ट्रिय परिचय पत्र दिनु पर्ने, घाइते, अपाङ्ग र सुत्केरी लडाकूहरुका लागि विशेष व्यवस्था गर्नु पर्ने लगायतका माग समेटिएको छ । उनीहरुले द्वन्द्वकालमा सुरक्षा निकाय छाडेर माओवादीमा प्रवेश गरेका लडाकूहरुलाई कोटमार्सल लगाउने चर्चा चलेको भन्दै उनीहरुमाथि लागेको मुद्धा खारेजको माग गरेका छन् । ‘कतिपय साथीहरु द्वन्द्वकालमा सुरक्षा निकाय छाडेकाहरु पनि छन् । उनीहरुमाथि कोर्टमार्सल लगाउने चर्चा चलेको छ’ चलाउनेले भन्नुभयो-’कोर्टमार्सल लगाउने होइन । मुद्धा खारेज गरेर उनीहरुको रोजाई अनुसार समायोजन, पुनःस्थापना वा स्वेच्छिक अबाकासमा जान दिनुपर्छ ।’
समायोजनमा जाने लडाकूहरुको हालको शिक्षालाई मान्यता दिनु पर्ने, सम्मानजनक जिम्मेबारी दिनुपर्ने समेत उनीहरुले माग गरेका छन् । लडाकूबाट लिएको लेवीको हिसाव किताव माग्दै आएका वैद्य पक्षीय लडाकूले अध्यक्ष प्रचण्डसँग त्यो कहाँ कुन काममा प्रयोग गरियो भनी जानकारी माग गरेका छन् । ‘लेवी फिर्ता नै गर्नु पर्छ भनेका छैना, तर, अब जनमुक्ति सेना नै नरहने भएपछि उनीहरुबाट लिएको रकमबारे पार्टीले पारदर्शी रुपमा प्रष्ट पार्नु पर्छ भनेका छौं ।’ चलाउनेले भन्नुभयो ।
स्वेच्छिक अबकास रोजका लडाकूहरुले पाउने रकमबाट पनि पार्टीले हिस्सा लिन लागेकोबारे प्रचण्डको ध्यानाकर्षण गराएका छन् । जवाफमा प्रचण्डले स्वेच्छिक अबकास रोजेका लडाकूबाट पैसा लिने कुनै निर्णय नरहेको भन्दै कतै त्यस्तो भए आफूले बुझ्ने आश्वासन दिनुभयो । चलाउनेका अनुसार लडाकूहरुको मागप्रति आफू सकारात्मक रहेको भन्दै प्रचण्डले आवश्यक पहल गर्ने आश्वासन दिनु भएको छ ।

No comments:

Post a Comment