सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, December 25, 2011

मलेसियाका नेपाली श्रमिकले एसएमएसबाट समस्या राख्न पाउने

क्वालालम्पुर । रोजगारीको सिलसिलामा मलेसिया आईपुगेका नेपाली श्रमिकहरुले अव आफनो समस्याहरु एसएमएसवाटै राख्न सक्ने भएका छन् । आउदो जनवरी १ तारिखदेखि मलेसियामा रहेका नेपाली कामदारले यो सुविधा प्रयोग गर्न सक्नेछन । पैसा नलाग्ने मोबाईल नम्बरमा एसएमएस गरेर आफुलाई परेको समस्याहरु सजिलै राख्न सकिने भएको छ । नेपाली श्रमिकलाई उद्धार र सहयोग पुगोस भन्ने उदेश्यले यो सुविधा गर्न थालिएको नेपाल ट्रेड युनियन महासंघ जिफन्टका अध्यक्ष बिष्णु रिमालले अनलाइनखवरलाई बताउनुभयो ।
मलेसियामा रहेको युनियन नेटवर्क इन्टरनेशनलको कार्यालयमा सचिवालय स्थापना गरि अप्ठेरोमा परेका नेपाली कामदारलाई उद्धार र सहयोग गर्ने सहमति भएको समेत रिमालले जानकारी दिनु भएको छ । उहााले भन्नुभयो-नेपाली कामदारको अधिकारका पक्षमा र उद्धारका लागि यहिका ट्रेड युनियनले सहयोग गर्नेछन ।’
मलेसियामा रोजगारीको लागि पठाउने देशहरुको तर्फवाट जिफन्टका अध्यक्ष बिष्णु रिमालले त्यसमा हस्ताक्षर गर्नुभएको छ । मलेसियामा भएको एक कार्यक्रममा यहाँको मलेसियन ट्रेड युनियन काग्रेस र युनियन नेटवर्क इन्टरनेशनलका प्रतिनिधिहरुले पनि सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।
हाल २ लाख ५५ हजार नेपाली श्रमिकहरु बैदेशिक रोजगार विभागको स्विकृति लिएर मलेसिया आईपुगेका छन । मलेसियाले गरेको वायोमेट्रिक कार्यक्रममा पनि २ लाख २० हजार वैधानिक र करीव ३३ हजार अवैधानिकहरुले वायोमेट्रिकमा सहभागिता जनाएका थिए ।

No comments:

Post a Comment