सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, December 31, 2011

नयाँ बर्षमा कहाँ के हुँदैछ ?

नयाँ बर्षलाई स्वागत गर्ने साँझ काठमाण्डौंसहित देश मुख्य शहरहरुमा नयाँ पुस्ता रमाइलोमा मस्त छ । ‘न्यू इअर इभ’ अर्थात नयाँ बर्षको अघिल्लो साँझ काठमाण्डौंका तारे होटलदेखि सामान्य रेष्टुरासम्मले बिभिन्न सांगीतिक कार्यक्रमहरु आयोजना गरिरहेका छन् ।
आज साँझ काठमाण्डौंमा कहाँ के हुँदै छ एकैछिन हेरौं
·लोक गायक प्रेमराजा महत, गायिका अन्जु पन्त, मनोज गजुरेलसहित करिव एक दर्जन कलाकारले नयाँ बानेश्वरस्थित इन्द्रेणी फुडल्याण्डमा बिशेष प्रस्तुती दिंदैछन् । १२ सय रुपैयाँ शुल्क लाग्ने कार्यक्रम साँझ ७ बजेदेखि सुरु हुनेछ ।

· पप गायक दीपक वज्राचार्य र डिजे कोनक्स सम्मिलित टोलीले पाँच तारे होटल र्‍याडिसनमा लाइभ प्रस्तुती दिनेछन् । प्रवेश शुल्क एक हजार ५ सय रुपैयाँ लाग्ने कार्यक्रम साँझ ७ बजेबाट सुरु हुने छ ।
·  गायिका सितल मोक्तान र शिवानी मोक्तान र डिजे अनिषसहितको टोलीले झम्सिखेलस्थित मोक्षमा बिशेष प्रस्तुती दिंदैछन् । साँझ ८ बजेबाट सुरु हुने कार्यक्रम हेर्न ५ सय र एक हजारगरि दुई दर तोकिएको छ ।
·  गत बर्षकी मिस नेपाल सदिक्षा श्रेष्ठ, पूर्व मिस टिन प्रयङ्का कार्की, यो सालकी सेकेण्ड रनरअप अनुपमा गुरुङ, डिजे राजु, डिजे आशुतोष लगायतको टोलीले पाँचतारे होटल अन्नपूर्णमा बिशेष कार्यक्रम गर्दैछन् । साँझ ७ बजेबाट सुरु हुने कार्यक्रममा प्रवेशका लागि १२ सय ९९ रुपैयाँ लाग्नेछ ।
·  भारतीय गायिका स्नीति मिश्र र नेपाली गायिका अभयाले सुन्धाराको सिभिल मलमा ‘सेलिब्रेसन २०१२’मा आफ्ना प्रस्तुती दिनेछन् । अपरान्ह दुई बजेदेखि सुरु कार्यक्रममा परोदुवा कारवाहकलाई निशुल्क प्रवेश दिइनेछ ।
· प्लाटिनम क्लबमा डिजे केक र डिजे कमारको उपस्थीतिमा डान्स पार्टी आयोजना हुँदैछ । साँझ ७ बजेपछि सुरु हुने पार्टीमा प्रवेश गर्न महिलाले ९ सय र पुरुषले १२ सय तिर्नुपर्नेछ ।
·क्याफे रेनियामा डिजे तान्त्रीक , डिजे र्‍याविट र फिन जोकको उपस्थितिमा द नाई दी लाष्ट डान्स पार्टी हुँदैछ । समय भने खुलाइएको छैन । प्रवेश शुल्क भने प्रति व्यक्ति ७ सय रुपैया तोकिएको छ ।
·  वीट्स एण्ड बाइट्स फुड कोर्टमा डिजे विश्व र डिजे एक्लीप्सले दिदैछन् । साझ साढे ५ बजेदेखि ९ बजेसम्म डिजे विश्वले प्रस्तुती दिने छन् भने साढे ९ बजेदेखि राती एघार बजेसम्म डिजे एक्लीप्सले आफ्नो प्रस्तुति दिने छन् । त्यस्तै जनवरी एक तारिखमा साढे पाच बजेदेखि राती ९ बजेसम्म धर्मेन्द्र सेवानले दिने छन् भने ६ जनवरीमा साढे ५ बजेदेखि राती ९ बजेसम्म मेराइन र मार्सलल्सले आफ्नो प्रस्तुती दिनेछन् ।
· नेपाल पुलिस क्लबमा डिजे विकास र डिजे विकेको उपस्थितिमा डान्स पार्टी हुँदैछ । साँझ ६ बजेवाट शुरु हुने कार्यक्रममा प्रवेश शुल्क ७ सय रुपैयाँ तोकिएको छ ।
· अरेबियन नाइट्स क्लबमा गायिका रेश्मा सुनुवार, सिमा संग्रौला, डिजे रे,र डिजे निरले आफ्नो प्रस्तुति दिदैछन् । साँझ ७ बजेवाट कार्यक्रम शुरु हुनेछ ।
· ब्लुवर्ड मल त्रिपुरेस्वरमा डिजे तान्त्रिकको उपस्थितिमा डान्स सहितको प्राइवेट पार्टी हुदैछ । साँझ सात बजेवाट पार्टी शुरु हुनेछ । प्रवेश शुल्क १९ सय ९९  रुपैयाँ तोकिएको छ ।
राजधानीमा मात्रै नभएर देशका प्रमुख शहरहरुमा पनि अंग्रेजी नयाँ वर्षको प्रभाव हरेक वर्ष वढ्दो छ । राजधानीका वाहिरका विभिन्न  शहरहरुमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरिएका छन् । 

No comments:

Post a Comment