सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Thursday, December 29, 2011

१३ पुष, काठमाण्डु ।

 इन्टरनेट ह्याकिङ गर्ने एक समूहले अमेरिकी सुरक्षा कम्पनीका तथ्यांकहरुबाट हजारौँ इमेल, पासवर्ड तथा क्रेडिट कार्डसँग सम्बन्धित जानकारीहरु चोरेको दाबी गरेको छ । ह्याकर समूह अनोनिमसले स्ट्रेटफोर कम्पनीबाट यसरी चोरिएका डाटाहरु अमेरिकी रक्षा मन्त्रालय, मिडिया समूह तथा कानुन व्यवस्था लागु गर्ने सस्थाहरुका रहेको जनाएको छ । कम्पनीले आफ्ना डाटाहरुलाई पूर्ण सुरक्षित नराखेको (एनक्रिप्ट) कारण आफु सूचना ह्याक गर्न सफल भएको ह्याकर समूहको दाबी छ ।
क्रेडिट कार्डसम्बन्धि सूचना ह्याक गरेपछि आफुहरुले लाखौँ डलर आम्दानी गरेको र त्यो रकम स्वयंसेवी सस्थाहरुलाई दान गरेको ह्याकर समूहले आफ्नो अनलाइन सन्देशमा उल्लेख गरेको छ ।
अस्टिनमा रहेको स्ट्रेटफोर कम्पनीले आफ्नो वेभसाइट ह्याक भएको स्विकार गर्दै आफ्नो सर्भर तथा इमेल सेवा बन्द गरिएको जनाएको छ । एनोनिमस ह्याकर समूह विकिलिक्सको समर्थक समूह हो । जसले यसअघि विकिलिक्सलाई आर्थिक सहयोग गर्न नमान्ने विभिन्न निकायको वेबसाइट ह्याक गर्ने गर्दथ्यो ।

No comments:

Post a Comment