सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, December 21, 2011

१ करोड २२ लाख नक्कली भारुसहित ३ जना पक्राउ

६ पुस, काठमाडौं । १ करोड २२ लाख नक्कली भारतीय रुपैयाँसहित ३ जना पक्राउ परेका छन् । यो नेपालमा अहिलेसम्म बरामद भएको सबैभन्दा धेरै भारु हो । प्रहरी प्रधान कार्यालयको प्रतिआतंकवाद सेल र महानगरीय प्रहरी बृत कालिमाटीको टोलीले बुधबार एक नेपाली र दुई विदेशीलाई १ करोड २२ लाख नक्कली भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।
खोटाङ चिसापानीका दिपबहादुर नेपाली, भारत बेतियाका नसिम आलम र फिलिपिन्सका डेनिस सेनचेज रहेका छन् । प्रहरीका अनुसार दुबईबाट नयाँदिल्ली हुँदै काठमाडौं आएका सेनचेजले नै नक्कली भारतीय रुपैयाँ ल्याएका हुन् ।
मंगलबार काठमाडौं आएका उनी सोल्टी होटलमा बसेका थिए । बुधबार विहान पैसा लिएर कलंकीस्थित मकालु पेट्रोल पम्प नजिक पुगेका सान्चेजसहितका तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । उनी काठमाडौं आएका थाहा पाएलगतै प्रहरीले पिछा गरेको थियो । नक्कली भारतीय रुपैयाँ विस्कुट, पाउडर लगायतको प्याकेटमा लुकाएर दुई बटा काटुर्नमा राखिएको थियो ।
पक्राउ परेका आलमले अमान नाम गरेका व्यक्तिले आफूलाई सुन आएको छ लिन जानु २५ हजार दिन्छु भन्दै पठाएको बताएका छन् । नेपालीले भने आफू आलकको साथीका रुपमा आएको बताएका छन् । यस्तै सान्चेजले आफूलाई दुबईका हालमले पठाएको बताएका छन् । प्रहरीले उनीहरुलाई कालिमाटीमा राखेको छ । उनीहरुविरुद्ध खोटा चलन अन्तरगत मुद्धा चलाइने प्रहरीले बताएको छ ।
यसैबीच होटलमा बास बसेका विदेशी पर्यटकको नगद तथा जिन्सी सामग्री चोरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, लमजुङले चार जनालाई पक्राउ गरेको छ । खुदी गाविसको वडा नं. १ तल्लो बजारको मेमरी रुफटप होटलमा बास बसेका स्विजरल्यान्डका नागरिक ३४ वर्षीय डुबर डानियलका साथमा रहेको विदेशी मुद्रासहित पासपोर्ट, क्रेडिट कार्ड, ट्राभल चेक चोरी गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा खुदी-३ का १८ वषर्ीय विकास तामाङ, रोशन तामाङ, खुदी-९ का अर्जुन तामाङ र देवबहादुर तामाङ रहेका छन् ।

पर्यटकको नगद तथा जिन्सी सामान चोरी भएको थाहा पाएपछि होटलकी प्रोपाइटर मनमाया थापाले प्रहरीमा उजुरी दिएपछि सोधपुछका लागि प्रहरीले स्थानीय उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ७६ यु.एस. डलर र ५४० हङकङ डलर बरामद भएको प्रहरीले जनाएको छ । रातको ९ बजे होटलमा बसेका डानियलको झोलाबाट ३५० यु.एस. डलर र ५०० स्विस डलरसहित अन्य सामग्री चोरी भएको थियो । यस्ता चोरीका घटनाले जिल्लाको पर्यटन विकासमा नकारात्मक असर पार्ने पर्यटन व्यवसायीहरुले बताएका छन् ।

No comments:

Post a Comment