सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Wednesday, November 30, 2011

भट्टराई र प्रचण्डलाई असन्तुष्ट लडाकूको एक हप्ते अल्टिमेटम

१४ मंसिर, रोल्पा । रोल्पाको पाँचौ डिभिजनका असतुष्ट लडाकूहरुले आफ्नो ९ बुँदे माग पूरा गर्न प्रधानमन्त्री डा. बाबुराम भट्टराई र माओवादी अध्यक्ष प्रचण्डलाई एक हप्ते अल्टिमेटम दिएका छन् ।
विभिन्न शिविरको निरीक्षणका क्रममा बुधबार दहवन पुगेका प्रधानमन्त्री भट्टराई र माओवादी अध्यक्ष प्रचण्डसहितको टोलीसँगको छलफलमा घाइते तथा अपाङ्ग योद्धा संघर्ष समितिले ९ बुँदे र ४० बर्ष माथीका प्रौढ लडाकूहरुले ८ बुँदे मागबारे ध्यानाकर्षण गराएका हुन् । उनीहरुले मंसिर २१ गतेसम्म आफूहरुको माग पुरा नभएमा मंसिर २२ गते सर्घषका कायक्रमहरु सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।
जवाफमा माओवादी उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री भट्टराई र माओवादी अध्यक्ष प्रचण्डले भने घाइते तथा आपाङ्ग लडाकूका लागि विशेष प्याजेक ल्याउने आश्वासन दिनु भएको छ ।
संघर्ष समितिले घाइते तथा अपाङ्ग लडाकूहरुलाई राज्यले समान पत्र दिनु पर्ने, आजीवन उपचारको ग्यारेन्टी र पेन्सनको व्यवस्था हुनु पर्ने, स्वच्छिक अबकासको रमक एकमुष्ट दिनु पर्ने लगायतका माग अघि सारेका छन् । माग पूरा नभए लडाकू समायोजन प्रक्रिया नै अवरुद्ध हुने गरी शिविरभित्रै आन्दोलन गर्ने संघर्ष समितिको चेतावनी छ ।
यस्तै ६४ जनाको हस्ताक्षर संकलन गरी प्रौढ लडाकूहरुले स्वेच्छिक अवकाशमा जाने प्रौढ लडाकूहरुलाई दर्जाको आधारमा नभई सेवा अबधिको आधारमा आर्थिक प्याकेज उपलब्ध गराउनुपर्ने लगायतका ८ बुदेँ माग पत्र सहितको भट्टराई र प्रचण्डको ध्यानाकर्षण गराएका छन् । प्रौढ लडाकूहरुको तर्फबाट बटालियन सह कमाण्डर बिर बहादुर केसीले प्रधानमन्त्री भट्टराई र पचण्डलाई ध्यानाकर्षण गराउनु भएको हो ।

वाइफाइ चलाउनुहुन्छ ? सावधान ! बाँझो बन्नुहोला

पुरुष मित्रहरु, तपाइाले आफ्नो ल्यापटपमा वाइफाइ मार्फत इन्टरनेट प्रयोग गर्दै आउनुभएको छ भने सावधान । अझ काखमै ल्यापटप राखेर इन्टरनेट चलाउनुहुन्छ भने त आजैदेखि त्यो बानी छोड्नुहोस् । नत्र यसले तपाइालाई बाँझो बनाउन सक्छ ।
अर्जेन्टिनाका वैज्ञानिकहरुले हालै गरेको अनुसन्धानले वाइफाइ विकिरणले शुक्रकिटलाई नाश गर्छ र पुरुषको प्रजनन शक्तिमा क्षति पुराउँछ । अझ काखमा ल्यापटप राखेर चलाउादा वाइफाइ विकिरणाको असर झनै धेरै हुने वैज्ञानिकहरुले बताएका छन् ।
आफ्नो शोधका क्रममा वैज्ञानिकहरुले २९ जना स्वस्थ पुरुषको शुक्राणु परिक्षण गरेका थिए । जसमा चार घण्टा लगातार वाइफाइ कनेक्सनबाट इन्टरनेट चलाएपछि लिइएको पुरुषको विर्यको नमुनामा शुक्राणु विकिरणबाट प्रभावित भएको पाइयो ।
केही समयपछि विर्यको नमुनामा रहेका एक चौथाइ शुक्रकिट नष्ट भएको पाइयो । त्यस्तै विकिरणका कारण ९ प्रतिशत शुक्रकिटको डिएनए प्रभावित भएको पाइयो । जबकी कप्युटर अली टाढा राखेर वाइफाइ इन्टरनेट चलाउने पुरुषहरुको विर्यको नमुनामा जम्मा १४ प्रतिशत शुक्राणु मात्र नष्ट भएका पाइए ।
वैज्ञानिक टोलीका प्रमुख कोनराडो एभेडानोले वायरलेस कम्युनिकेसनको विद्युतचुम्बकीय विकिरणका कारण यस्तो असर देखिएको बताए । उनले सबै मोडेलका ल्यापटपबाट यस्तो असर पर्छ वा काखबाहेक सरीरका अरु भागमा राख्दा कम असर पर्छ भन्ने विषयमा अझै अनुसन्धानको आवश्यक रहेको बताए । वायरलेस कनेक्शन नभै तारमार्फत ल्यापटपमा इन्टरनेट चलाउादा यस्ता विकिरण नदेखिने र प्रजनन शक्तिमा यस्तो प्रकारको असर नपर्ने उनको भनाइ छ ।

कुकुरले बस चलाएपछि !!!

अस्ट्रेलियाको उत्तरी सहर डार्विनमा बस्ने पेशाले सेल्स असिस्टेन्ट रहेका फिल न्युटनलाई आफ्ना आँखाले देखेको कुराप्रति विश्वासै लागेन जब उनले सडकमा एक कुकुरले डबल डेकर बस चलाइरहेको देखे । यस्तो दृश्य देख्दा उनीमात्र होइन त्यहाँका अरु मानिस पनि अचम्ममा परे ।
३० वर्षका प्रत्यक्षदर्शी फिलका अनुसार उक्त कुकुर बसको ड्राइभिङ सिटमा बसिरहेको थियो र उसका पञ्जा स्टेरिङमा थिए ।
बस आफ्नै गतिमा गुडिरहेको थियो र अगाडि गएर ठोक्किने खतरा भएपनि उक्त कुकुरलाई कुनै परवाह थिएन । त्यो बेला बसलाई नरोकेमा दुर्घटना हुने सम्भावना थियो त्यसैले फिलले दौडिँदै गएर बसको खुलै रहेको झ्यालबाट पसी तत्काल ह्याण्डब्रेक लगाए र बस रोकियो । बस झ्वाट्ट रोकिएपछि कुकुर अर्को झ्यालबाट फुत्त भाग्यो ।
वास्तवमा दुइवर्षको जर्मन जातको कुकुर वुड्ले ले आफ्नो मालिकको नक्कल गर्दै बसको ह्याण्डब्रेक हटाएको थियो जसका कारण बस पार्किङबाट गुड्दै सडकसम्म आएको थियो ।

Tuesday, November 29, 2011

राजधानीको हाँस तथा कुखुरामा बर्ड फ्लु

१३ मंसिर, काठमाडौं ।
 राजधानीका हाँस तथा कुखुरामा एभियन एन्फ्लुएन्जा अर्थात् बर्ड फ्लुको किटाणु भेटिएको छ । सरकारले नेपाललाई ‘बर्ड फ्लु मुक्त राष्ट्र’ घोषणा गरेको पाँच महिना नबित्दै काठमाडौं र भक्तपुरको सिमानामा पर्ने जडिबुटी क्षेत्रको सुकुम्बासी बस्तीका हाँस तथा कुखुरामा बर्ड फ्लुको किटाणु भएको पुष्टी भएको छ ।
चन्द्रबहादुर तामाङको फार्ममा रहेको हाँस तथा कुखुरामा बर्ड फ्लुको किटाणु भेटिएको स्वास्थ्य विभागले जनाएको छ । गत कात्तिक २३ र २४ गते कुखुरा तथा हाँसमरेपछि नमुना परीक्षणका लागि टेकुको प्रयोगशालामा पठाइएको थियो । परीक्षणमा एच ५ भेटिएपछि बेलायतको भेटनरी ल्याब एजेन्सी वेभ बि्रजमा पठाइएको नमुानामा बर्ड फ्लुुको पुष्टी गरेको हो ।
बर्ड फ्लुको किटाणु भेटिएपछि प्रभावित क्षेत्रमा कुखुरा तथा हाँस मारिएको छ । स्वास्थ्य विभाग अन्तरगतको एभियन एन्फ्लुएन्जा नियन्त्रण महाशाखाको टोली र एनिमल रेपिट टोलीले संयुक्त रुपमा मनोहरा वस्तीभित्रका सबै कुखुरा तथा हाँस विषादीको माध्यमबाट मारेर खाडलमा पुरेको छ ।
मनोहरा वस्तीमा करिब १३ कुखुरा र २०० हाँस नष्ट गरिएको वरिष्ठ पशु चिकित्सक तथा नियन्त्रण टोलीका इन्चार्ज डा नारायणप्रसाद घिमिरेले जानकारी दिनुभयो । टोलीले तामाङले पालेको कुखुरा तथा हाँसको खोरको सरसफाइ गर्नाका साथै औषधि छर्केको छ । हाल प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।
बर्ड फ्लु भनेको एचिएन इन्फ्लुयन्जा टाइप ए अर्थात एच५एन१ नामक सुक्ष्म भाइरसका कारण लाग्ने प्राणघातक रोग हो । यो पंक्षी रुघा हो । बर्ड फ्लु संक्रमित पंक्षीहश्रको प्रत्यक्ष सम्पर्कमा आउँदा यो भाइरस स्वस्थ्य व्यक्तिको शरीरमा प्रवेश गर्छ । रोगी पंक्षप्को मासु, अण्डा, सुली लगायतका बाहिर निस्किने पदार्थबाट रोग सर्ने गर्छ ।

पुरुषको आँखा छातिमा, महिलाको औँठीमा

कुनैपनि सेक्सी महिलालाई झ्वाट्ट हेर्दा पुरुषको आँखा उनको कुन अंगमा गड्ला ? मृगका जस्ता आाखा, स्याउदाना जस्ता गाला, हिमाल जस्ता दन्तलहर वा उठेको वदन र कसिलो नितम्ब ?
फ्रान्समा गरिएको एक अध्ययनले पुरुषहरु कुनै सुन्दरी महिलालाई चियाउने मौका पाए भने अधिकांस समय उनको आकर्षक वदन अर्थात छातिमा हेरेर गुजार्छन् ।
यद्यपि यो अध्ययनको नतिजा थाहा नभएको भएपनि हामी धेरैले यस्ता कुराको अड्कल काट्न सक्थ्यौँ । तर यदि कुनै महिलाले अर्को सुन्दरी महिलाको सरीरको कुन भाग बढि हेर्लान् भनेर प्रश्न गरियो भने भन्न गाह्रो छ ।
ती सुन्दरीले लगाएका लुगा, जुत्ता , महंगो व्याग वा हिराका लुर्का वा कसिलो ज्यानमा अर्की महिलाको नजर बढि पर्नसक्छ भनेर अड्कल काटिएला । तर यो अड्कल गलत सावित भएको छ ।
फ्रेन्च कम्पनी मिराटेकले विश्वका विभिन्न सात देशका महिलामा गरेको अध्ययन अनुसार कुनैपनि महिलाले अर्की सुन्दरी महिलाले लगाएको स्वयम्वरको औँठी हेरेर बढि समय बिताउँछन् ।
सुन्दरीले औँठी लगाएकी छैनिन् वा उनको बिहे भएको छैन भनेमात्र अरु गहना वा लुगातिर महिलाको ध्यान जान्छ । यदि लुगापनि खासै प्रसंसा गर्न योग्य रहेनछ भने मात्र सरीरका अरु अंगमा मात्र महिलाको ध्यान जाने गर्छ ।
अध्ययन अनुसार महिलाको छातिमा बढि नजर पुराउने पुरुषहरुमा फ्रान्सेली तन्नेरीहरु अघि छन् ।

संविधानसभाको म्याद ६ महिना थप

१३ मंसिर, काठमाडौं ।
 संविधानसभाको म्याद फेरि छ महिना थपिएको छ । संविधानसभाको म्याद ६ महिना थप गर्न सरकारले ल्याएको अन्तरिम संविधानको ११ औं संशोधन विधेयक मंगलबार बसेको संसदको बैठकले दुई तिहाई बहुमतले पारित गरेको हो ।
संसदमा भएको मतदानमा म्याद थपको पक्षमा ५०४ र विपक्षीमा ३ मत परेको थियो । बैठकमा ५०८ जना सभासदको उपस्थिति थियो ।

अब संविधानसभाको म्याद २०६९ साल जेठ १४ गते सम्म भएको छ । २ वर्षका लागि गठन भएको संविधानसभाको म्याद तीन पटकमा गरि १ वर्ष छ महिना थप गरिएको छ ।
पछिल्लो पटक सर्वोच्च अदालतले समेत संविधानसभाको म्याद बढीमा ६ महिना नबढ्ने गरी थप्न आदेश लिएको छ । साथै अब थपिने समयमा पनि संविधान निर्माण हुन नसके जनमत संग्रह, पुनः संविधानसभाको निर्वाचन लगायतका विकल्पमा जान पनि भनेको छ ।

फिस्टेल एयरको हेलिकोप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना

१३ मंसिर, काठमाडौं ।
 फिस्टेल एयरको हेलिकोप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको छ । अष्टे्रलियन नागरिकको उद्धारका लागि गएको हेलिकोप्टर दुर्घटनामा परेको हो ।
विरामी लिएर उडान भर्ने क्रममा दुर्घटनामा परेको फिस्टेल एयरले जनाएको छ । विमानमा रहेका चालक दिपक राणा, सहयोगी अनुषा गुरुङ र विरामी सकुशल रहेका छन् ।
दुर्घटनामा परि विमानको पछिल्लो भाग क्षतिग्रस्त भएको छ ।

Monday, November 28, 2011

धरहरा भन्दा अग्लो बिँडी

चुरोट बिँडीको एउटा खिल्लीको लम्बाइ कति सम्म होला ? बढिमा ८-१० सेन्टिमिटर । तर अब यो उत्तर सही रहेन । क्युबामा हालै एउटा यस्तो बिँडी बनाइएको छ जसको लम्बाइ हाम्रो धरहराको उचाइँ भन्दा धेरै छ ।
६७ वर्षा जोस कास्टलर नामका व्यक्तिले बनाएको यो बिँडीले लामो बिँडीको रुपमा गिनिज बुकमा नाम लेखाएको छ ।
यो अद्भुत बिँडीको लम्बाइ ८१ दशमलब ८ मिटर रहेको छ । जबकी हाम्रो धरहराको उचाइँ जम्मा ६१ दशमलब ८८ मिटर छ । बिँडी निर्माता कास्टलरले क्यूबा दुनियाको सबैभन्दा राम्रो सर्ुर्ति उत्पादक भएकाले सबैभन्दा लामो बिँडी पनि आफ्नै देशको नाममा होस् भनेर आफुले उक्त बिँडी बनाएको बताए 

अब विद्रोही विरुद्ध मुसाको फौज

आफ्नो अवहेलना गरेपछि गणेश भगवानले बाहन मुसोलाई वाणको तार काटिदिन पठाएको धर्मशास्त्रहरुमा पढ्न पाइन्छ । तर अब धर्मशास्त्रको त्यो घटना किम्बदन्तीमा मात्र सिमित रहेन । युद्धका लागि संसारै ध्वस्त पार्ने बम समेत बनिसकेका बेला मुसाको महत्व भने अझै घटेको रहेनछ । हालै कोलम्बिया सरकारले विद्रोही विरुद्ध लड्नको लागि मुसालाई तालिम दिएको घटनाले यसैलाई पुष्टि गर्छ ।
बामपन्थी व्रि्रोही सँग मुकाबिला गर्न कोलम्बिया सरकारले मुसाका फौजलाई मैदानमा उतार्ने भएको हो । समाचार अनुसार कोलम्बियाले प्रहरीले अहिले मुसालाई बारुदी सुरुङ पत्ता लगाउने तालिम दिइरहेको छ ।


अहिले मुसाको लागि चलिरहेको तालिम अन्तिम चरणमा पुगेको र तालिम पछि उक्त मुसाको फौजलाई हिंसाग्रस्त क्षेत्रमा खटाइने बताइएको छ । यी मुसा फौजलाई ती जनताको रक्षाको लागि खटाइनेछ जसले बारुदी सुरुङमा परी वर्षोनी ज्यान गुमाउने वा घाइते हुने गरेका छन् ।
कोलम्बियाको वामपन्थी विद्रोही संगठन दक्षिण अमेरिकाको सबैभन्दा पूरानो गुरिल्ला संगठन हो । जसको बारुदी सुरुङ आक्रमणमा अहिलेसम्म सयौँको ज्यान गैसकेको छ ।

कस्तो केटासँग विहे नगर्ने ?

तपाई आफ्नो प्रेमी वा श्रीमानलाई खुब माया गर्नुहुन्छ हैन तर तपाईँले सोच्नुभएको प्रेमी छान्नुभन्दा पहिले वा विहे गरेको अहिलेको श्रीमान तपाईको लागि योग्य थियो ? विहे गरिसक्नुभएको छ भने अब यसमा चिन्ता नलिनुस्तर विहे गर्नुभएको छैन भने तलकोकुरामा ध्यान दिनुस् । 

कस्तो केटासँग विहे नगर्ने भन्ने कुरा धेरैलाई होइनग्ल्यामर म्यागाजिनले हरदम उदृत गर्ने,विहेवारी गरेको एक्सपर्टफादर प्याट कोनरसँग यसको जवाफ छ ।
अष्टे«लियामा जन्मेर हाल न्यु जर्सीमा बस्दै आएका क्याथोलिक पुजारी कोनरले ४० बर्षसम्म गरेको अध्ययनबाट केहि कुरा पत्ता लगाएका छन् । कस्तो खालको केटा वा केटीसँग विहे गरेपछिको दाम्पत्य जीवन सुखमय हुँदो रहेनछ भन्ने उनले खुलाएका छन् र उनले केहि सुझाव पनि दिएका छन् । 

उनले हचुवाको भरमा यस्तो सुझाव भने दिएका होइनन्२०० दम्पत्तीसँगको लामो छलफलपछि निश्कर्ष निकालेका हुन् । उनले अहिले उच्च शिक्षा पढिरहेका युवतीहरुलाई यस्तो केटासँग प्रेम गर्नुयस्तो केटासँग विहे गर्नु भन्दै प्रशिक्षण पनि दिँदै हिँडेका छन् ।
उनले केटीहरुले कस्तो केटा छान्न नहुने भनेर दिएका धेरैमध्ये ८ टिप्स यस्ता छन् :
१. आफ्नी आमासँग नजिक रहेको केटा वा आमाले विहे गर्न बल गरेको केटा
२. जो पैसामा दरिद्र 
३. जोसँग साथी नै छैनन
४. केटा जसले समाजको छेउमा तपाईको कद घटाउने काम गर्छ
५. जसले आफुलाई कुरिरहेका कोहि मानिसप्रति रुखो व्यवहार देखाउँछ
६. जो धेरै हाँस्दैनहसाउँन पनि जान्दैन
७. जो अधिकार बाँड्न चाँहदैनपरिवारमा एक्लै अघि बढ्न खोज्छ
८. जो तपाईको आवश्यकता वा माग पुरा गर्ने तत्परता नै देखाउँदैन

पेटबाट निस्कियो ४२१ सिक्का, १९६ नट र १७ बोल्ट

४२१ सिक्का, १९६ नट, १७ बोल्ट र तीन बटा तालाको साँचो । यो कुनै दराजमा राखिएको होइन, भारत छत्तिसगढको कोरबा जिल्लाका २८ वषर्ीय कुलेश्वर सिंहको पेटबाट निकालिएको हो ।
तीन घण्टासम्म चलेको अपरेसनपछि डाक्टरले कुनेश्वरको पेटबाट यी सामान निकालेका हुन् । जुन ६ किलोभन्दा बढी छ । अपरेशनको केही घण्टापछि कुलेश्वरको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मानसिक रुपमा कमजोर कुलेश्वरले यो सब कहिले खाए भन्ने परिवारलाई कुनै पत्तो छैन । उनकी श्रीमती कुसुमले आफ्नो श्रीमानले यी सब कहिले खाए भन्ने आफूलाई थाहापत्तो नभएको बताइन ।
सुरुमा उनले पेट दुखेको भन्दै आएका थिए । डाक्टरहरुले सामान्य रोग भन्दै उपचार गरेपनि हाल गरिएको परिक्षणका क्रममा भेटिएको थियो । उपचारमा संलग्न चिकित्सक एसएन यादवले मानसिक रोगीहरु यस्ता बस्तुहरु खान रुचाउने बताए ।

पूर्वराजा डान्स पार्टीमा

नेपाल समाचारपत्र, (काठमाडौं),
 राजनीतिक दलहरु शान्तिप्रक्रिया र संविधान निर्माणको विवादमा रुमल्लिरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाह भने शनिबार राति पत्नीसहित सोल्टी होटलमा आयोजना भएको डान्स पार्टीमा सहभागी हुनुभयो। 

आफ्नै बुहारी हिमानी शाहले हिमानी ट्रस्टका लागि आर्थिक संकलन फन्ड रेजिङ गर्न आयोजना गरेको डान्स पार्टीमा पूर्वराजा ज्ञानेन्द्र करिब २ घण्टा सहभागी हुनुभएको थियो भने डान्स पार्टीमा रौनक थप्न केही स्टेप डान्ससमेत गर्नुभएको थियो। राजधानीका खानदानीवर्ग शाही नातेदार दरबारमा उच्च ओहदामा लामो समय काम गरेका कर्मचारीहरु तथा लब्धप्रतिष्ठित व्यक्तिहरुको डान्स पार्टीमा सहभागिता थियो।

करिब ६ देखि मध्यरातसम्म चलेको डान्स पार्टीमा प्रवेश टिकट एक व्यक्तिलाई ५ हजार र जोडीलाई ७ हजार तय गरिएको थियो। ट्रस्टले जोडीको रुपमा महिला-महिला वा पुरुष-पुरुषलाई पनि स्वीकार गरेको थियो। डान्स पार्टीका लागि करिब ३ सय टिकट बिक्री गर्ने भनिए पनि ३ सयभन्दा बढी टिकट बिक्री भएका थिए। पेय पदार्थ र डिनरसहितको डान्स पार्टीमा रातो र कालो मात्रै ड्रेस लगाउन पाइने व्यवस्था गरिएको थियो।

डान्स पार्टीमा पूर्वराजा ज्ञानेन्द्र शाहले भने कालो सुट कालो टोपी र रातो हाइनेक लगाउनुभएको थियो। उहाँको कोटको माथिल्लो गोजीमा रातो रुमाल अलिकति बाहिर देखिने गरी राखिएको थियो। पूर्वराजदम्पती शाह करिब ९ बजे सोल्टी होटल पुगेर करिब ११ बजेतिर बाहिरिनुभएको थियो। अन्य शाही नातेदारहरु भने मध्यरातसम्म नाच्नमा मस्त भएका थिए।

बाबुरामको मुस्ताङको साइज घट्यो, सुबिधा बढ्यो

११ मंसिर, काठमाण्डौ ।
 प्रधानमन्त्री बाबुराम भटट्राईले आइतवारदेखि सुबिधा थपिएको आरामदायी मुस्ताङ गाडी चढ्ने भएका छन् । मुस्ताङ म्याक्सको उत्पादक गोल्छा अर्गनाइजेसनले सुरक्षा र सुबिधा थपेर प्रधानमन्त्रीका लागि नयाँ मुस्ताङ तयार पारेको आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
‘नयाँ गाडीमा सिट आरामदायी छ, तातो चिसोको ब्यबस्था हुने एअर कन्डिसन छ, टीभी र फि्रजसहित सवै सुबिधा छ’- प्रधानमन्त्री भट्टराईका चालक भिमसेन थापाले भने- ‘पहिलाको गाडी साँचोले खोल्नुपर्दथ्यो, अहिलेको गाडीमा सेन्ट्रल लक सिष्टम छ, पहिले ट्रक चलाएजस्तो लाग्थ्यो, अहिले जापानी गाडी चलाएजस्तो सजिलो छ ।’
केही दिनअघि नै बालुवाटार आइपुगेको नयाँ मुस्ताङको दर्ता र नम्बर प्लेट मिलाउन समय लागेका कारण प्रधानमन्त्रीले आजदेखि मात्र चढ्न लागेका हुन् । स्रोतका अनुसार नयाँ स्वरुपको मुस्ताङ चढेर प्रधानमन्त्री भट्टराई आइतवार बिहान तीन दलको वैठकमा सहभागी हुन सिंहदरवार जानेछन् ।
यसअघि प्रधानमन्त्रीले चढ्ने मुस्ताङ गाडीमा १४ सिट थियो भने नयाँ मुस्ताङमा ७ सिटमात्र छ । पुरानो मुस्ताङको मूल्य १६ लाख पर्छ भने नयाँ मुस्ताङको २० लाख ५० हजार । यसअघि चढ्ने मुस्ताङ बालुवाटारमा जगेडामा राखिने भएको छ ।
स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने भन्दै प्रधानमन्त्री भट्टराईले मुस्ताङ चढ्न थाल्नुभएको थियो । यो अभियानलाई तिब्रता दिन भट्टराईले सवै मन्त्रीहरुलाई मुस्ताङ गाडी नै चढाउने योजना बनाएको बुझिएको छ । प्रधानमन्त्रीका स्वकीय सचिव बिश्वदीप पाण्डेले संबिधानसभाको म्याद थपसँगै सवै मन्त्रीलाई मुस्ताङ चढाउने योजना बनाएको बताए ।

झण्डै २ करोडको चर्पी

हामीले दन्ते कथाहरुमा एकादेशका राजारानी सुनका पलङमा सुत्ने गरेका, सुनको थालमा खाने गरेका भन्ने जस्ता कुराहरु सुनेका छौँ । खाने र बस्ने ठाउँ राम्रो चाहिने भएकाले होला ठूलाबडाहरु यस्ता चीज महंगा रत्न तथा धातुबाट बनाउँथे । सत्य, त्रेता तथा द्धापर युगका धनीमानीहरुले यसो गर्दा हुन् । तर अहिले कलियुगमा भने खाने थाल र सुत्ने खाट होइन दिशापिसाव गर्ने चर्पी सुनको बन्न थालेको छ ।
गाउँमा खाल्डे पाइखाना प्रयोग गर्नेका लागि मात्र होइन सहरबजारमा फ्लस जडित चर्पि प्रयोग गर्नेलाई लागि समेत यो समाचार अवश्य अनौठो लाग्नसक्छ । महंगीले नुन जुटाउन पनि गाह्रो परिरहेको बेला सुनको चर्पीको कुरा धेरैका लागि अप्रासंगिक पनि लाग्ला तर चीनमा भएको ट्वाइलेट सम्मेलनमा सुनको चर्पी प्रदर्शन गरिएको छ ।
चर्पी कति मुल्यवान वा महत्वपूर्ण हुन्छ भन्ने देखाउन एक १६ वर्षकी किशोरीले यो मुल्यवान चर्पीको डिजाइन प्रस्तुत गरेकी छिन् । यो ट्वाइलेटको मुल्य १ लाख २९ हजार पाउण्ड अर्थात झण्डै १ करोड ६५ लाख रुपैयाँ पर्ने बताइएको छ । यस्तो डिजाइनका लागि ती किशोरीलाई पुरस्कार समेत प्रदान गरिएको छ ।
ती किशोरीले चर्पी मुल्यवान हुन्छ भन्ने मात्र प्रमाणित गरेकी छैनिन् आफ्नो डिजाइनमा दिशापिसाव गरेपछि अनिवार्य फ्लस गर्नुपर्छ भन्ने कुरा समेत व्यवहारमा लागु गराउन खोजेकी छिन् । उनले यस्तो डिजाइनको ट्वाइलेट बनाएकी छिन् की दिशापिसाव गरेपछि ट्वाइलेटको ढोका खोल्न फ्लसको बटन थिच्नुपर्छ । ढोका खोल्नका लागि अनिवार्य फ्लसको बटन थिच्नुपर्ने भएपछि दिशा पिसाव गरेर फ्लस नगर्नेहरुलाई पनि फ्लस गर्नुपर्ने बाध्यता भएको छ ।
३ दिनसम्म चलेको ११ औा विश्व ट्वाइलेट सम्मेलनमा १५ देशका १ सय १५ जना प्रतिस्पर्धीले आ आफ्नो ट्वाइलेटको डिजाइन प्रस्तुत गरेका थिए । जसमा झण्डै २ करोडको सुनको ट्वाइलेट बनाउने किशोरीले बाजी मारिन् ।

Sunday, November 27, 2011

स्याङजाको एलादीमा बस दुर्घटना १ को मृत्यु २३ घाइते, ७ जनाको अवस्था गम्भीर

मंसिर ११ –
स्याङ्जाको एलादी–८ रामबाच्छाबाट एलादी जाँदै गरेको बस फेँदीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मनकामना गाविस ३ का टुकबहादुर विकको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थल वालिङ बजार देखि १० किलोमिटर टाढा पर्छ । ध१ख १५९ नम्बरको बस ब्रेक फेल भएर सडकदेखि करिब ५ मिटर तल खसेको प्रहरी नायब निरीक्षक रनबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार ७ जना गम्भीर छन् र १० जनालाई उपचारको लागि पोखरा रिफर गरिएको छ । बाँकी घाइतेको प्रथामिक स्वस्थ्य केन्द्र वालिङमा उपचार भैरहेको छ । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
 मेरी बास्सै 2011 नोवेम्बर 26 ( पार्ट एक )
मेरी बास्सै 2011 नोवेम्बर 26 (पार्ट दुई  )

तितो सत्य  2011    नोवेम्वेर  24 ( पार्ट एक )
तितो सत्य  2011    नोवेम्वेर  24(पार्ट दुई  )
तितो सत्य  2011    नोवेम्वेर  24(पार्ट  तीन )               

बिहे गर्दा प्रहरी हिरासतमा

१० मंसिर, खोटाङ ।
 राजीखुसी बिहे गरेका खोटाङका एक युवालाई प्रहरीले हिरासतमा राखेको छ । आˆना नाबालिका छोरीलाई फकाएर बिहेको नाटक गरी बलत्कार गरेको भन्दै केटीको आफन्तले केटाविरुद्ध मुद्दा दर्ता गराएपछि प्रहरीले पक्राउ गरेको हो । मात्तिम-३ की १३ वर्षीया अनिता खड्कालाई सोही गाविस-९, बस्ने १८ वषर्ीय ओमराज परियारले फकाएर भगाएको आरोपसहित केटीका बाबु तुलबहादुर खड्का, दाजु बाबुराम र छिमेकी मनमाया भुजेलले केटाविरुद्ध प्रहरीमा बलत्कारको आरोपमा मुद्दा दर्ता गराएका हुन् ।
तर, यता तीन वर्षदेखिको प्रेम सम्बन्धपछि, गत कात्तिक १६ गते दुवैजनाले बिहे गरेका थिए । पछि सोही विषयमा समाजको रोहवरमा इलाका प्रहरी कार्यालय मात्तिममा छलफल गरी समाजले केटीलाई केटाकै घरमा बस्न भनेको भए पनि केटीका आफन्तले प्रहरीलाई घुस दिएर मुद्दा दर्ता गराएको आरोप केटा पक्षले लगाएको छ ।

Saturday, November 26, 2011

एमाले राष्ट्रिय प्रतिनिधि परिषद् बैठक फेरि सर्ने

काठमाडौं, मंसिर १० -
CPN UML_Nepal
 राष्ट्रिय प्रतिनिधि परिषद्को नयाँ मिति घोषणालगायतका विषयमा छलफल गर्न एमाले केन्द्रीय कमिटी बैठक पार्टी मुख्यालय बल्खुमा जारी छ ।
बैठक यसअघि दुई पटक सारिएको थियो । बुटवलमा सम्पन्न आठौं महाधिवेशनपछि एकपटक पनि राष्ट्रिय प्रतिनिधि परिषद् बैठक बसेको छैन । स्रोतका अनुसार शनिबारकै केन्द्रीय कमिटी बैठकले परिषद् बैठक फागुनमा गर्ने टुंगो लगाउनेछ ।
बैठकमा संविधानसभाको म्याद थप, राष्ट्रिय सहमतिको सरकार, संविधान निर्माणलगायतका विषयमा पनि छलफल भइरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

सकियो हज, भोलिदेखि नेपाली टोली मुलुक फर्कने

मदिना (साउदी अरब) , मंसिर १० 
- हजका सबै काम सकिएपछि नेपाली हजयात्री भोलीदेखि मुलुक फर्कने भएका छन् । अहिले सबै नेपाली हजयात्री मदिना मनौव्वरामा छन् ।
Madina
मक्कामा हजका सबै काम सकेपछि गत साता नेपाली हयजयात्री यहाँ आएका थिए । मदिनास्थित मस्जिदे नबुईमा हजयात्रीले प्रार्थना गर्नुका साथै अन्य विभिन्न एबादत गर्छन् ।
हजयात्तीले मस्जिदे नबुईमा चालिस पटकको नमाज -दिनमा ५ पटकका हिसाबले) पढ्छन् । हजयात्रीले मदिनामा आफू र आफ्ना परिवार एवं आफन्तजनका लागि दुआ (प्रार्थना) समेत गर्नेछन् । यो वर्ष नेपालबाट आठ सय ६८ जना हजमा आएका छन् ।
मस्जिदे नबुईमै इस्लामका सन्तेष्टा मोहम्मद सल्लल्लाहु अलैहिवस्सल्लमको समाधिस्थ (कब्रस्तान) छ । उनको जन्म भने मक्कामा भएको थियो । मदिना मोहम्मदको सहर पनि हो । मस्जिदे नबुई उनले नै बनाएका थिए ।
आइतबार एक सय ४६ नेपाली हजयात्री मदिना विमानस्थल र जेद्दास्थित किंग अब्दुल अजिज अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै काठमाडौं जानेछन् । आगामी मंसीर १९ गतेसम्म सबै हजयात्री नेपाल फर्किसक्नेछन् । नेपाली हजयात्री गत कात्तिकमा हजका लागि मक्का आएका थिए ।

फेसबुकले के यस्तो गरायो...

facebook
Add caption

काठमाडौ, मंसिर १० - फेसबुकमा स्टाटस राख्दा कसैको भावनामाथि चोट पुग्ला कि भन्ने सोच्नुहुन्छ कि हुन्न ? यदि सोच्नुहुन्न भने तपाइँका फेसबुक 'साथी' तपाइँबाट रुष्ट भएका या तपाइँलाई 'फसाउने' योजना बुनिरहेका हुन सक्छन् । जस्तो 'मेरो लभ स्टोरी'का पटकथा लेखक कुमार भट्टराईको एउटा स्टाटसले हिरोइन बिनीता बरालसँगको सम्बन्ध धरापमा पर्‍यो ।
शुक्रबार अपराह्न कुमारले विनीता अभिनित फिल्म 'चपली हाइट' अर्ध अश्लील भएको फिल्मकै एक सदस्यले आफूलाई बताएको भन्दै स्टाटस राखे । 'तपाइँलाई लाज लाग्दैन ?' विनीताले तत्कालै त्यसमा 'कमेन्ट' गरिन् । 'ऊ मेरो एकदमै मिल्ने साथी थियो,' विनीताले कान्तिपुरसित भनिन्, 'तर अब रहेन ।' स्टाटसले आफ्नो 'मुड अफ' गराएको भन्दै उनले तत्कालै कुमारलाई एसएमएसमार्फत स्टाटस मेट्न चेतावनी दिइन् । 'र मैले मेटेँ पनि,' कुमारले सुनाए, 'तर मैले सुनेको कुरा लेख्न किन नपाउने ?'
यी दुईको विवाद चुलिएको छ । 'यो त उदाहरणमात्रै हो,' मनोविज्ञ डाक्टर नन्दिता शर्मा भन्छिन्, 'सही उपयोग गर्न नजानेर यस्तो धेरै भइरहेका छन् ।' आफ्ना भावना अभिव्यक्त गर्न मान्छेहरू 'प्लाटर्फम' खोजिरहेका हुन्छन् ।
यो व्यस्त समाजमा एक अर्काबारे कुरा बुझिदिने दिनदिनै घट्दै गइरहेका छन् ।

बैद्य पक्षबाट फिर्ता जग्गा पुनः कब्जा

१० मंसिर, बर्दिया । एकीकृत माओवादीको उपाध्यक्ष मोहन बैद्य पक्षले बर्दियामा हिजो फिर्ता गरिएको जग्गा फेरि कब्जा गरेको छ ।
प्रमुख तीन दलका स्थानीय नेता सम्मिलित सहजीकरण समितिले हिजो फिर्ता गरेको काँग्रेस नेता विनयध्वज चन्द र उनका परिवारको राजापुरस्थित ४५ विघा जग्गा बैद्य पक्षले आज पुनः आफ्नो कब्जामा लिएको हो । केही भूमिहनिसहित गएका बैद्य पक्षका कार्यकर्ताले जग्गामा झण्डा गाडेका छन् ।

दलीय सहमतिअनुसार सशस्त्र द्वन्द्वकालमा माओवादीबाट कब्जा गरिएका घरजग्गा फिर्ताको प्रक्रिया हिजोदेखि सुरु भएको थियो । बैद्य समूहले यसअघि देखि नै कब्जा सम्पत्ति फिर्ता गर्न आउनेलाई लखेट्ने चेतावनी दिँदै आएको थियो दलहरुबीच गत १५ कात्तिकमा शान्तिप्रक्रिया अगाडि बढाउने सिलसिलामा भएको ७ बुँदे सहमतिमा कब्जा सम्पत्ति सम्वन्धित व्यक्तिलाई फिर्ता गर्ने उल्लेख छ ।

सीता एयरको विमान राँझा विमानस्थलमा दुर्घटना

१० मंसिर, काठमाडौं ।
 सीता एयरको विमान नेपालगञ्जको राँझा विमानस्थलमा दुर्घटना भएको छ । जुम्लाबाट नेपालगञ्जका लागि उडेको विमान अवतरणको क्रममा अगाडीको पाँग्रा नखुल्दा दुर्घटनामा भएको बताइएको छ ।
दुर्घटनामा परि विमानको अगाडीको भागमा क्षति भएको छ । विमानमा रहेका १८ जना यात्रु र चालक दलका सदस्यहरु सकुशल रहेको छन् ।

लामो समय कुर्सीमा बस्दा सेक्सलाइफमा खतरा

तपाइँ अफिसमा लामो समयसम्म कुर्सीमा बसेर काम गर्नुहुन्छ भने सावधान । एक अध्ययनले लामो समयसम्म कुर्सीमा बसेर काम गर्ने मानिसको यौन जिवन प्रभावित हुने देखाएको छ ।
अध्ययन अनुसार लामो समयसम्म कुर्सीमा बसेर काम गर्ने मानिसको ढाडको हड्डीमा समस्या उत्पन्न हुने गर्छ । जबकी ढाडको हड्डीको सेक्सका दौरान निकै महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले ढाडको हड्डीमा समस्या देखिएपनि मानिसको सेक्स जिवन प्रत्यक्ष रुपमा प्रभावित हुने अध्ययनकर्ताहरु बताउँछन् ।
खासगरी विवाहित मानिसहरु आफ्नो करियरका लागि पनि अफिसको काममा ज्यानै फालेर लाग्ने गर्छन् । यसको मतलब उनीहरु सुम्पिएको काम पूरा गर्न लामो समयसम्म कुर्सीमा बसेर काम गरिरहन्छन् । यसो गर्दा विवाहित मानिसहरुमा यौनेच्छा कम हुँदै जाने र अन्नतः वैवाहिक जिवन नै खतरामा पर्ने अध्ययनकर्ताहरु बताउँछन् ।

निर्वस्त्र बिनिता भन्छिन-’नांगिएको हैन’

साइन गरिसकेको चलचित्रबाट निकालिएपछि म्युजिक भिडियोकी मोडल बिनिता बरालले केही समयअघि आत्महत्या गर्नेसम्मको धम्की दिएकी थिइन निमार्तालाई । पहिलो चलचित्रबाटै निकालिनुपरेको पीडाकै वीच उनले अर्को चलचित्र ‘चपली हाइट’मा काम पाइन् ।
त्यही इखले होला नायिका बिनिता चर्चामा आउन जे पनि गर्न तयार भएकी छन् । चपली हाइटमा प्रसस्त अश्लिल र भद्दा शब्द बोल्न तयार भएकी बिनिताले हालै कम्मरमाथिको भाग नाङ्गै रहेको तस्वीर खिचाइन । चलचित्रको पोष्टरका लागि राजीव श्रेष्ठले खिचेको यो तस्वीरमा नायकले बिनिताको संवेदनशील अंगलाई हातले समातेर लाज ढाकिदिनु परेको छ ।
सुरुमा कामना मासिकको कभरपेजमा छापिएको यो तस्वीर दुई दिनपछि शुक्रबार नामक साप्ताहिकको पनि कभरपेजमै छापियो । फिल्मको प्रचारका लागि योजनाबद्ध ढंगले गरिएझै लाग्ने तस्वीर सार्वजनिक प्रकरणमा भने फोटोग्राफर, नायिका र निर्माताले नयाँ नाटक सुरु गरेका छन् ।

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

१० मङ्सिर, विराटनगर ।
 मोरङको दुलारी गाविस-१ स्थित राजमार्गमा गएराति मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा टि्रपर चालक धादिङ नौविसे-१ का २५ वर्षीय विनोद लामा रहेको मोरङ प्रहरीले जनाएको छ । पश्चिम जाँदै गरेको ना ३ ख ७०४२ नम्बरको टि्रपरबाट सिण्डीकेटलाई पैसा बुझाउन ओर्लने क्रमम राति ११ बजेको समयमा लामालाई मोटरसाइकलले ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार हुँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक भने मोटरसाइकल छोडर फरार भएका छन् ।

Friday, November 25, 2011

अनौठो बालकको जन्म : चार हात , चार खुट्टा

भारतको उत्तरप्रदेशस्थित ज्योतिबाफूलेनगरको जोहा इलाकामा बाजो देवी नामकी महिलाले विचित्रको बच्चा जन्माएकी छिन् । स्थानीय अस्पतालमा उक्त बालकलाई देखेर सर्वसाधारण मात्र होइन डाक्टरहरु पनि चकित बनेका छन् ।
उक्त अनौठो नवजात शिशुका ८ वटा हातखुट्टा छन् । बालकका ४ वटा हात र ४ वटा खुट्टा छन् । अस्पतालमा उक्त शिशुलाई हेर्नेहरुको ताँती लागेको छ । बच्चा अहिलेसम्म जिवित भएपनि बााच्ने सम्भावना कम रहेको डाक्टरहरुले बताएका छन् ।
गर्भमा रहादा भ्रुण अवस्थामै जब सरीरका अंगको विकाश हुनथाल्छ त्यसबेला उत्पन्न हुने गडबडीले यस्ता सारिरिक समस्या देखा पर्ने गरेका चिकित्सकहरु बताउाछन् । यस्तो सारिरिक विचित्रपन भएको शिशु जन्मिने सम्भावना लाखमा एक मात्र हुने उनीहरुको भनाइ छ ।

गुड्दै गरेको स्यान्ट्रो कारमा आगलागी

९ मंसिर, नुवाकोट ।
 गल्छी-त्रिशूली सडकखण्डअन्तर्गत नुवाकोटको रातमाटेमा शुक्रबार बिहान एउटा गुडिरहेको स्यन्ट्रो कारमा एक्कासि आगलागी भएको छ ।
देवीघाटबाट गल्छीतर्फ जाँदै गरेको बा४च ८०१३ नम्बरको स्यान्ट्रो कारमा गुडिरहेको अवस्थामा रातमाटे-७ छविकाल्लामा हृवारहृवार्ती आगो लागेको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । कार चालक काठमाडौँका गोकुलप्रसाद भट्टराई भने सकुशल छन् । आगो लागेको थाहा पाएलगत्तै बाहिर निस्किएकाले भट्टराईलाई भने जोगिएका हुन् । कार पूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । देवीघाट चौकीबाट गएको प्रहरी टोली घटनास्थल पुगेको छ । कार जल्नुको कारण भने खुल्न सकेको छैन ।

Thursday, November 24, 2011

अब बिगबोसमा सन्नीको ब्लु फिल्म

इण्डो-क्यानेडियन पोर्न स्टार सन्नी लियोन भारतीय टेलिभिजनको रियालिटी शो बिग बोसमा छिरेपछि त्यसले ‘बिग बोस’लाई मात्र चर्चित बनाएको छैन स्वयम् सन्नीलाई समेत थप चर्चित बनाएको छ ।
बिग बोसमा छिरेपछि सन्नीका लागि नयाँनयाँ अफर पनि प्राप्त हुँदै गएका छन् । बलिउडका केही निर्माता निर्देशकले उनलाई आफ्नो फिल्ममा लिने इच्छा जाहेर गरेका छन् । बिग बोसमा छिरेपछि उनको माग धेरै भएको छ । त्यसैले पनि अब बिग बोसमा उनको प्रवेशलाई आधार बनाएर पोर्न फिल्म बन्ने भएको छ ।
एक अमेरिकन पोर्न कम्पनीले बिग बोसमा सन्नीको इन्ट्रीलाई आधार बनाएर पोर्न फिल्म बनाउने भएको हो ।
अमेरिकी पोर्न इन्डस्ट्री बिग बोसमा सन्नीको लोकपृयतालाई क्याच गर्ने प्रयासमा छ , त्यसैले यहीँ विषयमा आधारित बिकाउ निलो चलचित्र बनाउने तयारीमा छ । समाचारका अनुसा फिल्ममा सन्नी पोर्न स्टारकै रुपमा बिग बोसमा प्रवेश गर्नेछिन् । जहाँ उनले पुरुष तथा महिला प्रतिस्पर्धीसँग सेक्स गर्नेछिन् ।
बिगबोस समाप्त भएपछि सन्नी लियोन क्यालिफोर्निया फर्किएलगत्तै सन्नीको बिग बोसमा आधारित पोर्न फिल्मको सुटिङ सुरु हुने बताइएको छ ।

बम राखेको एसएमएस आएपछि उडान अवरुद्ध

८ मंसिर, काठमाडौं ।
 अग्नि एयरको विमानमा बम राखेको एसएमएस आएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उडान अवरुद्ध भएको छ । अग्नि एयरको बुकिङ कर्मचारी विष्णु दुलालको मोवाइलमा काठमाडौं-विराटनगरमा उडान भर्ने विमानमा बम राखेको एसएमएस आएको प्रहरीले जनाएको छ ।
बम खोजलताल भएपनि भेटिएको छैन । अहिले प्रहरीले बम राखिएको आशंकामा खोजविन गरिरहेको छ । एसएमएस पठाउने व्यक्तिको पहिचान भइसकेको भन्दै विमानस्थल प्रहरीका डिएसपी नारायण बस्ताकोटीले उनलाई पक्राउ गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।