सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Friday, November 25, 2011

गुड्दै गरेको स्यान्ट्रो कारमा आगलागी

९ मंसिर, नुवाकोट ।
 गल्छी-त्रिशूली सडकखण्डअन्तर्गत नुवाकोटको रातमाटेमा शुक्रबार बिहान एउटा गुडिरहेको स्यन्ट्रो कारमा एक्कासि आगलागी भएको छ ।
देवीघाटबाट गल्छीतर्फ जाँदै गरेको बा४च ८०१३ नम्बरको स्यान्ट्रो कारमा गुडिरहेको अवस्थामा रातमाटे-७ छविकाल्लामा हृवारहृवार्ती आगो लागेको स्थानीय प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । कार चालक काठमाडौँका गोकुलप्रसाद भट्टराई भने सकुशल छन् । आगो लागेको थाहा पाएलगत्तै बाहिर निस्किएकाले भट्टराईलाई भने जोगिएका हुन् । कार पूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । देवीघाट चौकीबाट गएको प्रहरी टोली घटनास्थल पुगेको छ । कार जल्नुको कारण भने खुल्न सकेको छैन ।

No comments:

Post a Comment