सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Sunday, November 27, 2011

स्याङजाको एलादीमा बस दुर्घटना १ को मृत्यु २३ घाइते, ७ जनाको अवस्था गम्भीर

मंसिर ११ –
स्याङ्जाको एलादी–८ रामबाच्छाबाट एलादी जाँदै गरेको बस फेँदीमा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मनकामना गाविस ३ का टुकबहादुर विकको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थल वालिङ बजार देखि १० किलोमिटर टाढा पर्छ । ध१ख १५९ नम्बरको बस ब्रेक फेल भएर सडकदेखि करिब ५ मिटर तल खसेको प्रहरी नायब निरीक्षक रनबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार ७ जना गम्भीर छन् र १० जनालाई उपचारको लागि पोखरा रिफर गरिएको छ । बाँकी घाइतेको प्रथामिक स्वस्थ्य केन्द्र वालिङमा उपचार भैरहेको छ । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment