सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Monday, November 28, 2011

पेटबाट निस्कियो ४२१ सिक्का, १९६ नट र १७ बोल्ट

४२१ सिक्का, १९६ नट, १७ बोल्ट र तीन बटा तालाको साँचो । यो कुनै दराजमा राखिएको होइन, भारत छत्तिसगढको कोरबा जिल्लाका २८ वषर्ीय कुलेश्वर सिंहको पेटबाट निकालिएको हो ।
तीन घण्टासम्म चलेको अपरेसनपछि डाक्टरले कुनेश्वरको पेटबाट यी सामान निकालेका हुन् । जुन ६ किलोभन्दा बढी छ । अपरेशनको केही घण्टापछि कुलेश्वरको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मानसिक रुपमा कमजोर कुलेश्वरले यो सब कहिले खाए भन्ने परिवारलाई कुनै पत्तो छैन । उनकी श्रीमती कुसुमले आफ्नो श्रीमानले यी सब कहिले खाए भन्ने आफूलाई थाहापत्तो नभएको बताइन ।
सुरुमा उनले पेट दुखेको भन्दै आएका थिए । डाक्टरहरुले सामान्य रोग भन्दै उपचार गरेपनि हाल गरिएको परिक्षणका क्रममा भेटिएको थियो । उपचारमा संलग्न चिकित्सक एसएन यादवले मानसिक रोगीहरु यस्ता बस्तुहरु खान रुचाउने बताए ।

No comments:

Post a Comment