सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, November 26, 2011

मोटरसाइकलको ठक्करबाट एकको मृत्यु

१० मङ्सिर, विराटनगर ।
 मोरङको दुलारी गाविस-१ स्थित राजमार्गमा गएराति मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा टि्रपर चालक धादिङ नौविसे-१ का २५ वर्षीय विनोद लामा रहेको मोरङ प्रहरीले जनाएको छ । पश्चिम जाँदै गरेको ना ३ ख ७०४२ नम्बरको टि्रपरबाट सिण्डीकेटलाई पैसा बुझाउन ओर्लने क्रमम राति ११ बजेको समयमा लामालाई मोटरसाइकलले ठक्कर दिएको हो । ठक्करबाट गम्भीर घाइते भएका उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार हुँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक भने मोटरसाइकल छोडर फरार भएका छन् ।

No comments:

Post a Comment