सुचना सहित्य र मनोरञ्जनको एउटै संगम तपाईको आफ्नै ब्लग ' दिमिक एक्सप्रेस '

Saturday, November 26, 2011

सकियो हज, भोलिदेखि नेपाली टोली मुलुक फर्कने

मदिना (साउदी अरब) , मंसिर १० 
- हजका सबै काम सकिएपछि नेपाली हजयात्री भोलीदेखि मुलुक फर्कने भएका छन् । अहिले सबै नेपाली हजयात्री मदिना मनौव्वरामा छन् ।
Madina
मक्कामा हजका सबै काम सकेपछि गत साता नेपाली हयजयात्री यहाँ आएका थिए । मदिनास्थित मस्जिदे नबुईमा हजयात्रीले प्रार्थना गर्नुका साथै अन्य विभिन्न एबादत गर्छन् ।
हजयात्तीले मस्जिदे नबुईमा चालिस पटकको नमाज -दिनमा ५ पटकका हिसाबले) पढ्छन् । हजयात्रीले मदिनामा आफू र आफ्ना परिवार एवं आफन्तजनका लागि दुआ (प्रार्थना) समेत गर्नेछन् । यो वर्ष नेपालबाट आठ सय ६८ जना हजमा आएका छन् ।
मस्जिदे नबुईमै इस्लामका सन्तेष्टा मोहम्मद सल्लल्लाहु अलैहिवस्सल्लमको समाधिस्थ (कब्रस्तान) छ । उनको जन्म भने मक्कामा भएको थियो । मदिना मोहम्मदको सहर पनि हो । मस्जिदे नबुई उनले नै बनाएका थिए ।
आइतबार एक सय ४६ नेपाली हजयात्री मदिना विमानस्थल र जेद्दास्थित किंग अब्दुल अजिज अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै काठमाडौं जानेछन् । आगामी मंसीर १९ गतेसम्म सबै हजयात्री नेपाल फर्किसक्नेछन् । नेपाली हजयात्री गत कात्तिकमा हजका लागि मक्का आएका थिए ।

No comments:

Post a Comment